हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
पाँचौँ बालिकाको जन्म
सन् १८५१ को मार्च महिनामा जेनीले अर्की छोरी जन्माउनुभयो । तिनको नाम फ्राँजिस्का राखियो । छोरी जन्मँदा त्यति शारीरिक कष्ट भएन । तर, शारीरिक कारणले भन्दा पनि उहाँ मानसिक कारणले दुःखी हुनुभयो । यस्तैबेलामा माक्र्सले दुःखले विह्वल भई एङ्ग्ेल्सलाई पत्र लेख्नुभयो, “घरमा एक पैसा पनि छैन ।”
सन् १८५१ अगस्ट महिनामा माक्र्सले वडेमेयरलाई लेखेको चिट्ठीले त्यसबेलाको माक्र्स परिवारको एक मर्मस्पर्शी झलक देखाउँथ्यो, “तिमीलाई थाहा होला, मेरो स्थिति कस्तो दुःखपूर्ण छ । यदि यस्तै अवस्था धेरै दिनसम्म रहन गयो भने मेरी जहानको अवस्था सा¥है खराब हुनेछ । आफ्नो आधारभूत आवश्यकता पूरा गर्न दिनका दिन अनेक कठिनाइ र सङ्घर्षहरूसँग लगातार लडिरहनुपर्दा उनी सा¥है कमजोर …. तर तिमी सोच्न सक्छौ मेरी जहानको भार हलुका हुँदैन । उनी बिरामी छिन् । उनी मानसिक र शारीरिकरूपले कमजोर भएकी छिन्, उनी बिहान सबेरैदेखि रातीसम्म डरलाग्दो गरिबीसित लड्न बाध्य छिन् ।”
२७ फेब्रुअरीमा माक्र्सले लेख्नुभयो, “मेरो लुगा बन्धक गइसकेको छ र पैँचो नपाएर मासु खान सकिएको छैन । अब म बाहिर निस्कन सक्ने अवस्थामा छैन ।”
१६ अप्रिलको दिन जेनीकी सानी छोरी बितिन् । त्यसबेलाको जेनीको डायरीले उहाँको मार्मिक स्थिति थाहा हुन्छ, “सन् १८५२ को इस्टर चाडमा हाम्री सानी छोरी फ्राँजिस्का निमोनियाले बिरामी भइन् । तीन दिनसम्म बिचरी छोरी मृत्युसँग सङ्घर्ष गर्दै सा¥है कष्ट सहँदै मरिन् । सानी नानी मरेको शव हाम्रो पछिल्लो सानो कोठामा राखिएको थियो । अर्को कोठामा सुत्न जाँदा रात भइसकेको थियो । तीनवटी केटीहरू हामीसँगै सुतिरहेका थिए । हामी अर्को कोठामा चिसो निर्जिव भइसकेकी ती सानी नानीको लागि रूँदै थियौँ । केही दिन अगाडि मेरो घरमा आउने एक फ्रान्सेली शरणार्थीकोमा गएँ । उनले सा¥है सौहार्द र सहानुभूतिपूर्वक व्यवहार गरेर दुई पाउण्ड दिए । त्यो पैसाले हामीले मुर्दा राख्ने बाकस (कफिन) को लागि खर्च गर्यौँ, त्यसमा मेरी छोरी शान्तिपूर्वक आराम गर्नेछिन् । सानो मुर्दा चिहानमा लैजाँदा हाम्रो लागि त्यो समय सा¥है असह्य थियो ।”
माक्र्सको कार्यमा मद्दत
कोलोनमा माक्र्सका साथीहरू १८५१ को मे महिनामा पक्राउ परे । सरकारले उनीहरूलाई कडा सजाय दिन अनेक प्रकारका जाली कागजात बनाइरहेको थियो । माक्र्स बेलायतमा बसेर आफ्ना साथीहरूको लागि सबुत प्रमाणहरू जम्मा गर्दै हुनुहुन्थ्यो । त्यसबेला जेनीको परिवार सा¥है व्यस्त थियो । अमेरिकी साथीलाई जेनीले लेखेको एक पत्रमा भनिएको छ, “जालसाजीविरूद्धको सारा सबुत प्रमाण यहीँबाट पठाउनुपर्छ, त्यसको लागि मेरा श्रीमान्ले रात–दिन धेरैबेरसम्म काम गर्नुपर्छ । मेरा श्रीमान्ले जर्मन पठाउन लेखेका चिट्ठीपत्रहरू खोलेर जफत गरिने हुनाले लेखिएका पत्रहरू अनेक किसिमबाट जर्मन पठाउन हामीले ५–६ प्रति बनाएर सार्नुपर्छ । मेरा श्रीमान्लाई मुद्दाको सबै कुरोमा जवाफदेही बनाइदिएकोले अब सबै मामिला मेरो श्रीमान् र पुलिसको बिचमा सङ्घर्षको रूपमा पुगिसकेको छ । मेरो व्याकुलताको लागि माफ गर्नुस् किनभने मेरो पनि त्यसमा केही हिस्सा छ । म मेरा हातका औँला नदुखेसम्म सारिरहन्छु । हाम्रो घर पूरै अफिसजस्तो भइसकेको छ । २–३ जना लेखिरहन्छन्, अर्को नयाँ खबर लिएर आउँछ । संसारको सबभन्दा लाजमर्दो सरकारको नीचताको विरोधमा सबुत प्रमाण तयार गर्न वा हामी जीउँदो हुन केही पैसा पनि त जम्मा गर्नैपर्यो । यस्तो समयमा मेरी तीनवटै मायालु छोरीहरू गीत गाउँछन् र सिटी बजाउँछन्, होहल्लाले गर्दा उनीहरूले आफ्ना बुबाको कडा गाली पनि सहनुपथ्र्याे । कस्तो जीवन ।”
माक्र्सका सबै साथीहरू माक्र्सबाट टाढा रहँदा जेनी रातदिन माक्र्सको सेवामा अटल रहनुभयो । माक्र्स बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म ब्रिटिस म्युजियम भनिने पुस्तकालयमा अध्ययन र अनुसन्धानमा लाग्नुभयो† फेरि घरमा फर्केर रातको ३–४ बजेसम्म लेख्न र अध्ययनमा व्यस्त रहनुभयो । यस्तो बेलामा माक्र्सलाई जेनी सघाउने गर्नुहुन्थ्यो । माक्र्स पनि आफ्नी जीवनसङ्गिनी जेनीको स्वास्थ्यमा ध्यान दिनुहुन्थ्यो र उहाँप्रति असीम माया व्यक्त गर्नुहुन्थ्यो । सबै प्रकारको दुःख–सुखमा उहाँ सरिक हुनुभयो । जेनी र उहाँको जीवन, पुराणको काल्पनिक र अतिशयोक्ति गरी लेखिएका सीता, सावित्री र दमयन्तीले पाएको दुःखसँग तुलना गर्न सकिन्नथ्यो । पुराण कल्पनामा आधारित छ भने जेनीको कथा पूरै यो संसारजतिकै यथार्थ थियो । यस्तो सुख र दुःखका जीवनसङ्गिनी जेनीको विषयमा माक्र्स कतिको चिन्तित देखिनुहुन्थ्यो भन्ने कुरा ८ सेप्टेम्बरमा एङ्गेल्सलाई लेख्नुभएको चिट्ठीबाट थाहा हुन्छ, “मेरी जहान बिरामी छिन् । छोरी जेनी पनि बिरामी छिन् । लेनचेनलाई एक किसिमको स्नायुको जरो आएको छ । फीसको लागि पैसा नभएर म डाक्टर बोलाउन सक्दिनँ । अन्दाजी ८–१० दिनदेखि रोटी र आलुमा गुजारा गर्दै छु† यो पनि नपाउने स्थिति छ । मैले खानाको लागि केही लेखिनँ किनभने मसँग अखबार किन्न पैसा छैन । अब त सबभन्दा राम्रो कुरो के हुनेछ भने घरपतिले हामीलाई बाहिर निकाली दिऊन् किनभने तिर्नुपर्ने २२ पाउन्डको बहालको झन्झटको बोझ मेरो टाउकोबाट हट्नेछ । घरपति त्यति दयालु होलान् भन्ने म सोच्दिनँ । झन् रोटी पसले, दूध बेच्ने, तरकारी र मासु पसलेको ऋणी छु । कसरी म यो ‘राक्षसी’ विपत्तिबाट बाहिर निस्कन सकुँलाजस्तो लाग्छ । गएको हप्तामा मैले ज्यामीहरूसँग केही सिलिङ त केही पेन्ससम्म पनि सापट लिनुपर्यो । यो मेरो लागि सा¥है दुःखको क्षण थियो । तर, यस्तो नगरेको खण्डमा हामी भोकै मर्ने निश्चय थियो ।”
जेनीको धैर्य
सा¥है आर्थिक समस्याको समयमा पनि माक्र्स ब्रिटिस म्युजियममा दस घण्टा अध्ययन गर्न जानुहुन्थ्यो । जेनीले घरको अभाव, केटाकेटीहरूको रूवाबासी, भोको र अँध्यारो मुख हेरेर बिताउनुपर्दा आमा जेनीको मातृ हृदय छियाछिया हुन्थ्यो । जेनीले कहिलेकाहीं माक्र्ससँग यस स्थितिबारे बताउनुहुन्थ्यो । तर, माक्र्स पनि उहाँको दुःखलाई अनुभव गर्नुहुन्थ्यो र भन्नुहुन्थ्यो, “मैलेभन्दा तिमीले धेरै दुःख कष्ट र भन्नै नसकिने चिन्ता, अपमान र पिरसँग सामना गर्दै छ्यौ ।” आफ्ना सानासाना केटाकेटीहरूको अभाव र आँखामा आँसु हेरेर जेनी सा¥है दुःखी हुनु स्वाभाविक हो । सम्भवतः जेनीको प्रेरणाकै कारण यस्तो अवस्थामा पनि माक्र्स भन्नुहुन्थ्यो, “चाहे जेसुकै होस् मेरो आफ्नो लक्ष्यतिर जानु छ । म आफूलाई बुर्जुवा (पुँजीवादी) समाजको पैसा कमाउने मेसिन बनाउन दिन्नँ ।” माक्र्सको त्यस्तो अठोटलाई सहयोग गर्ने जेनी साँच्चै सहनशीलता र धैर्यकी प्रतिमूर्ति हुनुहुन्थ्यो ।
कहिलेकाहीँ माक्र्स यी सब झन्झट र अभावले केही हप्तासम्म त एक अक्षर पनि लेख्न सक्नुहुन्नथ्यो । रातदिन अभाव, दुःख र चिन्ताले उहाँको मन खिन्न रहन्थ्यो र कल्पिरहनुहुन्थ्यो । तर, माक्र्सको यस्तो चिन्ता र दुःखको बेलामा जेनीको मायाले माक्र्सलाई न्यानो पार्न नसके सायद उहाँको दिमागी बिरुवामा घाम लाग्न छोड्यो । जेनी धन्य हुनुहुन्छ, आफू मरेर पनि सर्वहारा जनताका महान् कार्यलाई अगाडि बढाउन उहाँ मुटुमा बिझेको काँडालाई बिर्सेर, आँखाको खस्नै लागेको आँसुलाई आँखाको गहमै सुक्न दिएर हाँस्दै माक्र्सलाई खुसी राख्ने प्रयत्न गर्नुहुन्थ्यो । उहाँको हरेक सुस्केरा पनि सायद हाँस्ने चेष्टा हुन्थ्यो ।
जेनी आमालाई हेर्न जानुभयो
सन् १८५५ मा जेनीले अर्की बच्ची इलेनर जन्माउनुभयो । एङ्गेल्सको सहायता र न्युयोर्क ट्रिब्युनबाट पाउने पारिश्रमिकले परिवार जेनतेन चल्दै थियो । तर, आफ्नो दुःखकष्ट सहेर जेनी आफ्ना बालबच्चा र लोग्नेको मुख हेरेर सन्तोष र आनन्दको सास फेर्दै हुनुहुन्थ्यो । दुर्भाग्यवश ६ अप्रिल १८५५ को दिन उहाँको एकमात्र छोरो एड्गरको मृत्यु भयो । उनी भर्खर ९ वर्षका मात्र थिए । उनलाई जेनी र माक्र्स अति मन पराउनुहुन्थ्यो । आखिरमा उनी पनि गइहाले । उनको मृत्युले जेनी परिवारलाई पूर्ति गर्नै नसकिने क्षति पु¥यायो । जेनी माक्र्सलाई अवर्णनीय र असह्य चोट पर्यो ।
३० मार्चको दिन छोरा बिरामी हुँदा एङ्गेल्सलाई कोरेको पत्रमा माक्र्सले लेख्नुभएको थियो, “मेरी पत्नी खाली शङ्कैले एक हप्तादेखि बिरामी छिन्, यसरी उनी कहिल्यै बिरामी भएकी थिइनन् । मलाई सा¥है आकुलव्याकुल भइरहेछ । पीर बोझले मेरो टाउको रिँगिरहेछ ।” १२ अप्रिलको दिन फेरि माक्र्सले लेख्नुभयो, “केटो मरेदेखि घर एकदम शून्य छ । ऊ यस घरको जीवन र आत्मा थियो । जहिले पनि हामी उसको अभाव अनुभव गरिरहन्छौँ, त्यसको बयान गरी सम्भव छैन । मैले अनेक प्रकारको दुःख सहेको छु तर अहिले मैले के जाने भने वास्तविक दुःख के हो ।” एड्गरको वियोगमा लाजेलको समवेदना पत्रको उत्तरमा माक्र्सले २८ जुलाईमा लेख्नुभयो, “… मेरो आफ्नो छोराको मृत्युले मलाई सा¥है कमजोर अनुभव गराउँदै छ, मानौँ त्यो दुर्घटना हिजोमात्रै भएको अनुभव हुँदै छ । मेरी जहान् त त्यही चोटले पूरै थला परिन् ।”
अनेक प्रकारको दुःख, कष्ट र शोक हेरिसकेर पनि जेनीले सुख पाउनुभएन । साँच्चै जेनी पनि माक्र्सजतिकै धैर्यवान् आईमाई हुनुहुन्छ, मानौँ उहाँको हृदय नौनीभन्दा पनि नरम र बज्रभन्दा पनि कठोर छ । जस्तोसुकै दुःख, कष्ट र पिरले पनि उहाँलाई धेरै दिन असर पार्न सकेन । जीवन एक सङ्घर्ष हो, यो वाक्य जेनीको लागि ठ्याक्कै मिल्थ्यो । सन् १८५५ मा जेनीकी आमा बिरामी भइन् । त्यसकारण, त्यसै वर्ष गर्मी महिनामा जेनी आफ्नी तीनै छोरीहरू लिएर ट्रीर (जर्मनी) मा आमालाई भेट्न जानुभयो । आमा आफ्नी छोरी जेनी र नातिनीहरूको मुख हेरेर सन्तोषले मरिन् । जेनीजस्ती धैर्यवान् छोरीलाई जन्माउने लुडविग फानवेस्टफालेनले सदाको निम्ति आँखा चिम्लिन् । जेनीले आफ्नी आमाको सम्पत्तिबाट केही सय डलर र आफ्ना नजिकका सम्बन्धितहरूबाट केही सम्पत्ति पनि पाउनुभयो । त्यस रकमबाट सन् १९५६ को शरदमा जेनी परिवारलाई बेलायतको नयाँ घरमा सर्न सजिलो भयो ।
फेरि आर्थिक सङ्कट
सन् १९५७ मा पुनः पुँजीवादी व्यवस्थामा आर्थिक सङ्कट देखापर्यो । न्युयोर्क ट्रिब्युनबाट पाउने माक्र्सको पारिश्रमिक आधा भयो । एङ्गेल्सलाई २० जनवरी १८५७ मा लेखेको पत्रले माक्र्सको अवस्था थाहा हुन्थ्यो । पत्रअनुसार माक्र्सको आर्थिक अवस्थाको वर्णन यस्तो थियो, …. “वास्तवमा मेरो स्थिति ५ वर्षअघिको भन्दा पनि खराब भइसकेको छ ।” तर, एङ्गेल्स यस्तो दुःख टुलुटुलु हेरेर किन बस्नुहुन्थ्यो । उहाँले माक्र्सलाई सहयोग गर्नुभयो । यस्तै बेलामा आर्थिक सङ्कट र पुत्र–वियोगले व्यथित जेनीको मातृ हृदयमा अर्को बज्रपात आइपर्यो– अर्थात् जुलाई महिनामा उहाँको गर्भबाट एक मरेको बालक जन्मियो । सन् १८६० को सुरुमा हेरफोग्ट भन्ने एक जर्मनीले अल्जेमाइन जाइटुङको विरोधमा ‘मेरो कारबाही’ भन्ने किताब छापेर माक्र्स र जेनीको समेत मानहानी हुने खालको गाली गलौज र अनेक झूटा आरोपहरू लगाए । तिनीहरूले त्यस्तो गर्नुको मुख्य कारण माक्र्सलाई बदनाम गर्नु थियो । यो एक प्रकारको घृणित षड्यन्त्र थियो । यस किताबले माक्र्स र जेनीलाई सा¥है मानसिक चोट पर्यो र जेनी थला पर्नुभयो । आखिर माक्र्सले फोग्ट र ल्विंडको षड्यन्त्रलाई अङ्ग्रेज मेजिस्ट्रेटको अगाडि नै भण्डाफोर गरिदिनुभयो र ‘हेरफोग्ट’ भन्ने एक किताब लेखेर सबै लाञ्छनाहरूको खण्डन गरेर फोग्टलाई एक सरकारी दलाल साबित गरिदिनुभयो । यस सम्बन्धमा पछि जेनीले लेख्नुभयो, “हाम्रो पुरानो शत्रु रूगे पनि भन्छ कि यो किताब एक प्रहसन हो ।” आखिर जेनी बल्लबल्ल स्वस्थ हुनुभयो । त्यसबेला उहाँ ४६ वर्षकी हुनुहुन्थ्यो । आर्थिक सङ्कट समाधान गर्न माक्र्स आफ्नो मामा फिलिप माक्र्स भेट्न हल्यान्ड जानुभयो ।
बालबच्चा
जेनीकी पहिली छोरी जेनी १७ वर्षकी भइन् । उनी आफ्ना बाबुजस्तै कालो कपाल, कालो आँखा र राम्रो जीउकी थिइन् । जेनी राम्री र फूर्तिली देखिन्थिन् ।
माहिली छोरी लाउरा १६ वर्षकी थिइन् । उनको कपाल घुँघुरेको र खैरोखैरो थियो । उनको आँखा आमाकै जस्तो चम्किलो र हरियो रङ्गको थियो, हेर्नमा आकर्षक थिइन् ।
यी केटाकेटीहरू एङ्गेल्सलाई दोस्रो बाबु वा काकाजस्तै मान्थे र मायाले जेनेरल भनेर बोलाउँथे ।
तेस्रो सबभन्दा सानी इलेनर हुन् । उनलाई सबैले टुसी भनेर बोलाउँथे । उनी सा¥है हँसिली केटी थिइन् । यसकारण, सबैले तिनलाई मनपराउँथे । उनी भर्खर ५ वर्षकी थिइन् । इलेनरको बारेमा फ्राऊ माक्र्सले लेखिन्, “यी बालिका हाम्रो केटो एड्गर मर्दा जन्मेकी थिइन् । हाम्रो हृदयमा त्यसप्रति जो प्रेम र कोमल भाव थियो, ती सबै हामीले तिनकै बहिनीमाथि थुपा¥यौँ । साथै यस्ती माया लाग्ने तस्वीरजस्तै राम्री स्वभावकी मधुर केटी पाउन गाहै होला । …. हामी सबै ठुल्ठुलो स्वरले उनको अगाडि परीहरूको कथा पढ्दापढ्दा थाक्छौँ । तर, निली चरी अथवा सानी सेती परीको कथा एक शब्द पनि बिर्सिनन् । यी परीहरूको कथा सुनेर केटीले जर्मन सिकिन् र उनी एकदम शुद्ध र व्याकरणअनुसार बोल्छिन् । साथै अङ्ग्रेजी पनि त्यसै सिकिन् । केटी कार्ललाई अति मनपर्छ । तिनको हाँसो, तिनको मीठो बोलीले बुबाको सबै दिक्दारी र थकाईलाई मेटिदिन्छिन् ।”
सन् १९४५ देखि हेलेन हेमुथ (लेनचेन) सँगै माक्र्स परिवारमा बस्थिन् । उनी घरको काम सबै गर्थिन् । उनी दुःख–सुखमा सहभागी थिइन् । माक्र्स परिवारमा कोही बिरामी पर्दा उनी नर्स हुन्थिन् र केटीकेटीका लागि आमा । जेनीका लागि सहयोगी र माक्र्सको लागि घरकी मालिक्नी । उनको विषयमा माक्र्सको भनाइ जेनीले लेख्नुभयो, “उनी भन्छन् – लेनचेन तिम्रो निम्ति एक ठुलो सम्पदा हो । उनी सो¥ह वर्षदेखि हामीसँगै छिन् र हाम्रो जीवनको दुःख–सुखसँग सा¥है बहादुरीका साथ सामना गर्छिन् ।”
स्रोत : विश्वका क्रान्तिकारी महिलाहरू
Leave a Reply