भर्खरै :

शैक्षिक ऋण अभिमुखीकरण कार्यक्रम सम्पन्न

शैक्षिक ऋण अभिमुखीकरण कार्यक्रम सम्पन्न

भक्तपुर, १५ असोज । भक्तपुर नगरपालिकाको आयोजनामा शैक्षिक ऋणसम्बन्धी अभिमुखीकरण कार्यक्रम मङ्गलबार सम्पन्न भयो । कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले शैक्षिक ऋणको उद्देश्य, महत्व तथा विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गर्न पु¥याउने सहयोगबारे जानकारी दिनुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले विद्यार्थीलाई आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्नबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले शैक्षिक ऋण कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै यस कार्यक्रमअन्तर्गत योग्य विद्यार्थीहरूले अधिकतम रु. ७ लाखसम्म ४ प्रतिशत ब्याजदरमा शैक्षिक ऋण प्राप्त गर्न सक्ने व्यवस्था रहेको जानकारी गराउनुभयो ।
उहाँले शैक्षिक ऋणको सही सदुपयोग गर्दै अध्ययनमा लगनशील हुन र प्राप्त अवसरलाई आफ्नो शैक्षिक तथा व्यावसायिक भविष्य निर्माणमा उपयोग गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व, वडा नं. ७ का वडाध्यक्ष उकेश कवां तथा भक्तपुर नगरपालिकाको लेखा शाखा प्रमुख रामसुन्दर सुजखुले शैक्षिक ऋण प्राप्त गर्ने प्रक्रिया, आवश्यक कागजात, ऋणको सीमा तथा ब्याजदरबारे सहभागीहरूलाई जानकारी गराउनुभयो ।
अभिमुखीकरण कार्यक्रममा शैक्षिक ऋणका लागि आवेदन दिने प्रक्रिया, ऋण प्राप्त गर्न पूरा गर्नुपर्ने मापदण्ड, आवश्यक कागजात तथा ऋण भुक्तानीसम्बन्धी व्यवस्थाबारे स्पष्ट पारिएको थियो ।
भक्तपुर नगरपालिकाले आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्नबाट विद्यार्थीहरू वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले सञ्चालन गर्दै आएको शैक्षिक ऋण कार्यक्रममा यस वर्ष ८१ जना विद्यार्थी छनोट भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *