भर्खरै :

नेमकिपा स्थापना दिवसमा कोरियाली मजदुर पार्टीको शुभकामना

 
काठमाण्डौ, ८ माघ । नेपाल मजदुर किसान पार्टीको ४४ औं स्थापना दिवसको अवसरमा प्रजग कोरियाको कोरियाली मजदुर पार्टीले सोमबार शुभकामना सन्देश पठाएको छ । शुभकामना सन्देशमा कोरियाली मजदुर पार्टी केन्द्रीय समितिले नेमकिपाको ४४ औं स्थापना दिवसको अवसरमा पार्टी र सबै पार्टी सदस्यहरुलाई न्यानो बधाई ज्ञापन व्यक्त गरेको छ ।
‘स्थापनापश्चात तपाईको पार्टीले बहादुरीका साथ साम्राज्यवादविरोधी, स्वाधीनता र समाजवादको झण्डा उँचो राख्दै नयाँ समाज निर्माणका लागि सङ्घर्ष गर्दै आएको छ ।’, शुभकामना सन्देशमा लेखिएको छ ।
दुई पार्टीबीचको मित्रता र सहकार्यको सुखद् सम्बन्ध आगामी दिनमा अझ अघि बढ्ने विश्वास व्यक्त गर्दै सन्देशमा नेमकिपाका न्यायपूर्ण गतिविधिको सफलताको लागि शुभकामना व्यक्त गरेका छ ।
सन्देशमा भनिएको छ,‘हाम्रा दुई पार्टीहरुबीचको मित्रता र सहकार्यको सुखद् सम्बन्ध आगामी दिनमा अभ बलियो र विकास हुँदै जानेमा हामी दृढ विश्वास व्यक्त गर्दछौं र यो अवसरलाई तपाईको पार्टीका न्यायपूर्ण गतिविधिको पूर्ण सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।’
कोरियाली मजदुर पार्टीको सन्देश नेमकिपालाई पठाउँदै काठमाण्डौस्थित प्रजग कोरियाको राजदुतावासले पनि नेमकिपासँगको सम्बन्धले अझै उचाई लिने आशा व्यक्त गरेको छ ।
नेपाल मजदुर किसान पार्टीको स्थापना विसं २०३१ माघ १० गते भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *