नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
संयुक्त राज्य अमेरिकाको ४७ औँ राष्ट्रपति भएर डोनाल्ड ट्रम्प सन् २०२५ जनवरी २० का दिन वाशिङ्गटन डीसीको ह्वाइट हाउसमा प्रवेश गर्नेछन् । सन् २०१६ मा पहिलोपटक राष्ट्रपति भएर सो भवनमा छिरेका ट्रम्पले सन् २०२० को चुनाव हारेपछि आफ्ना समर्थकहरूलाई अमेरिकाको संसद् भवनमा आक्रमण गराएका थिए ।
ट्रम्पले राष्ट्रपतिमा आफ्नो दोस्रो विजयलाई अमेरिकाको लागि ‘स्वर्ण युग’ दाबी गरे पनि आफू फासीवादी इजरायल समर्थक घोषणा गरेर प्यालेस्टिनी जनताको नरसंहार र भूमि कब्जालाई सहयोग घोषणा गर्नु युद्ध सरदार स्वीकार गरेको हो । रूसविरूद्ध युक्रेनमा अमेरिकी छद्मयुद्धको २४ घण्टामा रोक्ने ट्रम्पको दाबी व्यवहारमा नदेखिन सक्छ । किनभने, बितेका दिनमा अमेरिकी हतियार उद्योगीहरूले युक्रेन र इजरायललाई हतियार बेचेर नाफा कुम्ल्याएका थिए ।
अमेरिकाको विद्युतीय कार निर्माता टेस्लाका प्रमुख एलन मस्कले ट्रम्पको चुनाव प्रचारमै ठुलो रकम सहयोग गरेका थिए । ट्रम्पले विजय सम्बोधन टेस्लाका मालिक मस्कलाई ‘स्टार’ (तारा) भनेर प्रशंसा गरेका थिए । लगत्तै टेस्लाको सेयर मूल्य १५ प्रतिशतले बढ्यो । ट्रम्पले मस्कलाई नै सरकारी खर्चको लेखा परीक्षकको जिम्मेवारी दिने प्रतिबद्धता गरे । यसरी बिरालोलाई साक्षी बनाएर ट्रम्पले अमेरिकी अर्थतन्त्रलाई डावाडोल बनाउने छन् ।
डोनाल्ड ट्रम्प उमेरले ७८ वर्षका भए । ट्रम्पका बुबा घरजग्गा बिक्री कम्पनीका मालिक थिए । ट्रम्पले आफ्नो कार्यकालमा सन् १९६०–७० को दशकमा न्युयोर्क, ओहायो, भर्जिनियालगायतका राज्यमा घर–जग्गा व्यवसाय गरी धनाढ्य बनेका हुन् । मादक पदार्थ सेवनलाई निरूत्साहित गरेको दाबी गर्ने ट्रम्पले सन् २००६ मा भोड्का उत्पादन गरेका थिए । राष्ट्रपतिको पहिलो कार्यकालमा पोर्नस्टारलाई पैसा दिएर सम्बन्ध राखेको आरोप पनि ट्रम्पमाथि लागेको थियो । ट्रम्पलाई अदालतले ३४ ओटा मुद्दामा दोषी ठहर गरेको छ । ट्रम्पविरूद्ध सङ्घीय र राज्यका अदालतमा फौजदारी मुद्दा लागेको छ ।
ट्रम्प सन् १९८७ मा रिपब्लिकन पार्टीको सदस्य भएका थिए । सन् १९९९ मा उनी रिफर्म पार्टीमा प्रवेश गरे । सन् २००२ मा डेमोक्रेटिक पार्टीमा लागेका ट्रम्प सन् २००९ मा पुनः रिपब्लिकन पार्टीमा फर्केका थिए । राजनीतिक अडान नभएका ट्रम्पसँग सन् २०१६ मा ३ अर्ब ७ करोड डलर सम्पत्ति भएको र हाल उनको सम्पत्ति ६ अर्ब ६ करोड डलर पुगेको सार्वजनिक भयो ।
सन् १९७७ मा चेक मोडल तना जोलिनकोभा विकल्यास्टरसँग विवाह गरेका ट्रम्पले उनीसँग सन् १९९२ मा सम्बन्ध विच्छेद गरेर अमेरिकी अभिनेत्री मार्ला मापलेजसँग विवाह गरेका थिए । सन् १९९९ मा मापलेजसँग सम्बन्ध विच्छेद गरी ट्रम्पले सन् २००५ मा स्लोभानियाकी मोडल मेलानिया नाउससँग विवाह गरेका थिए । ट्रम्पको सबै श्रीमतीबाट गरी ५ सन्तान छन् ।
आचरणले ट्रम्प सामाजिक होइन । सामाजिक नभएका व्यक्ति उद्योग–व्यापार र राजनीतिमा लायक हुँदैन । पुँजीवादी राजनीतिमा गलत विषय जायज हुने हुँदा ट्रम्प अमेरिकाको दोस्रो कार्यकालको लागि राष्ट्रपतिमा निर्वाचित भए । यसो हुनुमा मतदाताहरूले नबुझेको मान्नुपर्दछ ।
अघिल्लो कार्यकालमा खर्बाँै डलर कर कटौती गरी धनीहरूलाई फाइदा पु¥याएका ट्रम्प यसपटक धनीहरूकै सहयोगमा राष्ट्रपति जितेका हुन् । राष्ट्रपतिका उम्मेदवार ट्रम्प र ह्यारिसले चुनाव प्रचारको विज्ञापनमा ५–५ अर्ब डलर खर्च गरेका थिए । उनीहरूले चुनावमा अर्बौँ अर्ब डलर अन्य खर्च गरेका थिए । अमेरिकी गरिबहरूको हित हुने ट्रम्पको वाचा हावा हो ।
ट्रम्पले पहिलो कार्यकालमा चीनविरूद्ध ‘व्यापार युद्ध’ गरेका थिए । यसपटक उनले चीनको सामानमा ६० प्रतिशत भन्सार लगाउने बताए । यसले चीनलाई घाटा हुनेछैन, अमेरिकी उत्पादन लागत बढेर अमेरिकी जनतालाई नै घाटा हुनेछ ।
ट्रम्पले भारतीय मूलको अमेरिकी कश पटेललाई अमेरिकी गुप्तचर संस्थाको प्रमुख बनाउने सार्वजनिक भयो । पटेल यसअघि ट्रम्पलाई युद्ध गराउने व्यक्ति भएको बताइन्छ ।
ट्रम्पले आप्रवासन नीति कडा बनाउने, अमेरिका प्रथम विदेश नीति अपनाउने र अमेरिकाकै इन्धन उत्खनन् गर्ने बताए । ट्रम्पले संसारमा ९०३ भन्दा बढी स्थानमा रहेको अमेरिकी सैन्य शिविर फिर्ता नलिएसम्म, नाटो सैन्य सङ्गठन, हिन्द–प्रशात सैन्य सङ्गठन, पाँच आँखा, अउकसलगायत सैन्य सङ्गठन विघटन नगरेसम्म संसारमा शान्ति कायम हुनेछैन । पहिले कार्यकालमा ट्रम्पले नाटो देशहरूसँग बजेटको दुई प्रतिशत युद्ध खर्च बुझाउन दबाब दिएका थिए । यस्तो विध्वंशको काम ट्रम्पले नत्यागेसम्म अमेरिका हिंस्रक देशमा गणना हुनेछ ।
ट्रम्प निर्वाचनबारे कसले के भने ?
चीनले पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र सहकार्यको सिद्धान्तमा चीन–अमेरिकाको सम्बन्धलाई निरन्तरता दिने र अमेरिकी जनताको रोजाइलाई सम्मान गर्ने सन्तुलित भनाइ सार्वजनिक ग¥यो ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना मित्र डोनाल्ड ट्रम्पको चुनावी विजयको लागि हार्दिक बधाई भन्दै चाप्लुसी देखाए । युक्रेनका राष्ट्रपति जेलेन्स्कीले युक्रेनमा न्यायोचित शान्ति ल्याउने विश्वास व्यक्त गर्दै साथ खोजे ।
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिका–इजरायलको नयाँ गठबन्धन सुरू हुने र नाटोमार्फत काम गर्न उत्सुक भएको उल्लेख गरी ट्रम्पको ‘चाकडी’ गरे ।
जापानका प्रधानमन्त्री सिगेरूले अमेरिकासँगको सम्बन्ध नयाँ उचाइमा पु¥याउन नजिकबाट काम गर्ने उल्लेख गर्दै चाप्लुसी गरे ।
मध्यपूर्वमा अमेरिकी सैन्य अखडाको रुपमा रहेको कतारले सुरक्षा र स्थिरता प्रवद्र्धन गर्न अमेरिकासँग काम गर्ने बतायो ।
दक्षिण कोरियाका अधिकारीहरूले दक्षिण कोरिया–अमेरिका गठबन्धन चम्कने उल्लेख गरी चाकडी गरे ।
रूसले ट्रम्पको कदमलाई मूल्याङ्कन गरेर समर्थन वा आलोचना गर्ने बतायो ।
नाटो प्रमुखले ट्रम्पको पुनरागमनले गठबन्धन बलियो हुने बताए ।
चुनावबारे हालको तस्बिर
निर्वाचन प्रचारको क्रममा ट्रम्पलाई सन् २०२४ जुलाई १३ र सेप्टेम्बर १३ मा हत्या गर्न खोजिएको सार्वजनिक भयो । यो घटनाले पनि ट्रम्पले सद्भावनाको मत पाए ।
कार्तिक २२ गते साँझसम्म रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पले २९५ इलेक्टोरल मत प्राप्त गरे भने डेमोक्रेटिक पार्टीकी उम्मेदवार ह्यारिसले २२६ इलेक्टोरेल मत प्राप्त गरिन् ।
जनताको मत ट्रम्पले ७ करोड २६ लाख ४१ हजार ५६४ र ह्यारिसले ६ करोड ७९ लाख ५७ हजार ८९५ प्राप्त गरे ।
अमेरिकाको ५० राज्यको र डिस्ट्रिक्ट अफ कोलम्बिया (सङ्घ अन्तर्गत) को ३ समेत ५३८ इलेक्टोरल मत छ । यसको ५० प्रतिशत बढी २७० इलेक्टोरेल मत प्राप्त भएको राष्ट्रपतिमा चुनिने बन्दोबस्त छ ।
प्रतिनिधिसभा (तल्लो सदन) को कुल ४३५ सदस्यमध्ये ट्रम्पको रिपब्लिकन पार्टीले २०६ र ह्यारिसको डेमोक्रेटिक पार्टीले १९१ स्थान प्राप्त गरे ।
माथिल्लो सदन (राष्ट्रिय सभा) सिनेटको १०० स्थानमध्ये ट्रम्पको रिपब्लिकन पार्टी ५२ स्थान र डेमोक्रेटिक पार्टीले ४४ स्थान प्राप्त गरे ।
अमेरिकाले संविधानअनुसार इलेक्ट्रोरोल मत बहुमत प्राप्त भएको तर जनताको मत कम प्राप्त भए पनि राष्ट्रपतिमा निर्वाचित हुनेछन् । सन् २००१ मा रिपब्लिकन पार्टीका जर्ज डब्लु बुशले डेमोक्रेटिक पार्टीका अल गोरभन्दा ५ लाख ४० हजार २० मत कम भए पनि राष्ट्रपतिमा निर्वाचित भएका थिए । यसरी जित्ने ४ जना राष्ट्रपति छन् ।
Leave a Reply