अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
सरकारको बेवास्ताबाहेक जनतामा राजनीतिक चेतना र सांस्कृतिक स्तर नभएकोले पनि समाज पछि परेको हो; विकृति र विसङ्गति बढेको हो । सत्तासीन दलका नेता, मन्त्री र सांसदहरू जनताको राजनीतिक चेतना जगाउन र सांस्कृतिक स्तर उठाउने काममा कहिल्यै लागेनन् र लाग्दैनन् पनि । सरकारले आदर्शोन्मुख समाज बनाउन जनतालाई जागरूक बनाउनुपर्ने हो; उत्प्रेरित गर्नुपर्ने हो । समाजमा देखिएका, भएका विकृतिहरू अन्त्य गर्न जनजागरण अभियान सञ्चालन गर्नुपर्ने हो । देशको सामन्ती संस्कार र निरङ्कुश कार्यशैलीले पनि अन्धपरम्परा र अन्धविश्वास नहटेको हो । भ्रष्टाचार निवारण, सुशासन, सीमा विवाद अन्त्य, प्रजातान्त्रिक पद्धति, मानव अधिकार, स्वतन्त्रता, न्याय, समानताको सवालमा मात्र होइन पछाडि परेका, श्रमजीवी जनतालाई सचेत र सङ्गठित बनाउने काममा शासकहरू नलाग्दा सामन्ती र पुँजीवादी संस्कार बाँकी रहेको हो ।
दुई ठुला दलका नेताहरू स्थिर सरकार, सुशासन र विकासको निम्ति भनी सत्तामा गए; सिंहासनमा बसे । तर, उनीहरूले देशमा व्याप्त अन्धविश्वास हटाउन राजनीतिक चेतना दिएनन्; सांस्कृतिकस्तर उठाउने काम गरेनन् । दुई ठुला दलहरू मिलेर सरकार बन्नुको कारण आफ्ना पक्षका भ्रष्टाचारीहरू जोगाउन, स–साना दललाई माथि उठ्न नदिने रहेछ भन्ने टिप्पणी राजनीतिक विश्लेषक र बुद्धिजीवीहरूले गर्न थालेका छन् । राजनीतिक चेतना र सांस्कृतिक स्तर नहुँदा जनता पैसामा भुले; लोभलालचमा फसे । जनताले दलको सिद्धान्त र विचार हेरेर मतदान गरेनन्; देश र जनताको सेवा गर्ने दल चिनेनन् । फलतः श्रमजीवीवर्गका जनतामाथि अल्पमतवर्ग या पुँजीपतिवर्गको प्रतिनिधित्व गर्ने दलले रजाइँ गरिरह्यो । ठुलो दलको नेतृत्वमा सरकार बन्नुपथ्र्यो । दोस्रो ठुला दल प्रतिपक्षमा बस्नुपथ्र्यो । सरकारले गर्ने हरेक जनविरोधी र देशविरोधी ऐन–कानुन र सम्झौताको प्रतिपक्षले विरोध गर्नुपथ्र्यो । तर यहाँ दुई ठुला दल मिलेर सरकार गठन गरियो । यसअघि पनि ठुला दलको समर्थनमा तेस्रो ठुलो दलको नेतृत्वमा सरकार बन्यो ।
नेकाको समर्थनमा बनेको एमालेको सरकारले जनताको पिर मर्का र अप्ठेरोलाई सम्बोधन गरेन । शासकहरू आ–आफ्नो पद जोखिममा राखेर या थन्काएर अनियमित काम गर्छन्† भ्रष्टाचार गर्छन्; आपराधिक काम गर्छन् । सरकार दोषीमाथि कारबाही गर्दैन । जेल जीवन बिताइरहेका दोषीलाई सरकारको सिफारिसमा राष्ट्रपतिबाट माफी गराई रिहा गराउँछन् । शासक दलका अन्य नेता, मन्त्री, सांसद, जनप्रतिनिधि र कार्यकर्ताहरू पनि सरकारले गरेको गल्ती सुधार्नुको सट्टा ढाकछोप गर्छन्; अझ उल्टो गुणगान गर्छन् । आर्थिक अनुशासनको वास्तै हुँदैन† पदको जिम्मेवारी पूरा गर्दैन । समाजमा व्याप्त अन्धविश्वास, जातीय विभेद, लैङ्गिक विभेद, कुरीति र कुसंस्कृतिलाई उखेल्नेतर्फ सरकारको ध्यान नै गएन । जनताको समस्या र समाजको संरचना जे जस्तो भए पनि समाधान गर्नेतर्फ सरकार लागेको देखिँदैन । सरकारको नेतृत्व परिवर्तन हुँदैमा समाज परिवर्तन हुने होइन ।
कार्तिक २३ गतेको ‘अन्नपूर्ण पोस्ट’ मा ‘किन बन्द हुँदै छ १० घण्टा त्रिभुवन विमानस्थल ?’, सोही दिनको ‘कान्तिपुर’ मा ‘प्रदेश मन्त्रीकै हस्ताक्षरमा नक्कली परिचयपत्र, जापान लग्न १० देखि १३ लाख सङ्कलन’, ‘हवाई भाडाले आकास छोयो’, ‘नयाँ पत्रिका’ मा ‘निगमको वाइडबडी १७ दिनदेखि इटालीमै अलपत्र : मर्मतमा भएको ढिलाइले ५२ करोड घाटा’, ‘नागरिक’ दैनिकमा राष्ट्र सङ्घीय जलवायु सम्मेलन (कोप २९/मा तीन जनाको निम्तोमा ३० जना अजरबैजान जाँदै’ जस्ता समाचारका शीर्षकले पनि देशको स्थिति लथालिङ्ग भएको थाहा हुन्छ । देश डुबाउन पल्केकाहरूले थोत्रो कपडामा झुप्रामा बास बसेका दीनदुःखीहरूको दुःख बुझेनन्† विकृति, ढोँगी र समाजमा विचलन ल्याउने काम पनि सुधारेनन् । आफ्नै देशमा रोजगारी दिएर देशको विकास गरी संसारलाई चिनाउनुपर्ने बेला अरू त के सरकारले जनतालाई देशभक्तिको भावना पनि दिन सकेन । समाजमा सद्भाव, सदाचार, स्वच्छ प्रशासन, स्वच्छ आचरण, स्वच्छ राजनीति, राजनीति र संस्कृतिको निम्ति भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती, विकृति, विसङ्गति अन्त्य गरेर स्वच्छ छविको सरकार, आदर्शोन्मुख सुसंस्कृत समाज निर्माण गर्न सरकारले कहिले पाइला चाल्ने हो ? अतः सरकार गम्भीर हुनैपर्छ ।
Leave a Reply