विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
नेक्राविसङ्घ ३ वडाको आयोजनामा आमा याङ्ग्री ट्रेकिङ भ्रमण लगिएको थियो । त्यस ट्रेकिङ भ्रमणमा ३ वडाका विद्यार्थीहरू जाने थाहा पाएपछि मलाई पनि त्यस भ्रमणमा सहभागी हुने रहर लाग्यो । हेलम्बुबाट धेरै माथि आमा याङ्ग्री जाने कुराले आफूलाई आमा याङ्ग्रीमा सन् २०२० तिर पहिलोपटक आफू पुगेको सम्झना आइरहेको थियो । त्यसबखत मेलम्ची घुम्ने सुरमा इन्द्रावती नदी हेर्दै हेलम्बु हुँदै आमा याङ्ग्री पुगेको थियो । हिउँदको समय थियो । त्यस्तो चिसोमा थाहा नपाएर बेसक्याम्पमा रात बिताएर सुत्न नसकेको र बिहानै ३ बजे चिसोमा उठेर आमा याङ्ग्री टुप्पोमा जान हिँडेको थियो । बिहानको सूर्योदयसँगै बिहान ७ः३० बजेतिर सूर्यविनायकमा बसको प्रतिक्षामा बस्यौँ । हाम्रो केही बेरको पर्खाइमा बस आइपुग्यो । त्यसपछि हाम्रो यात्रा सुरु भयो ।
हामी गाडीमा कुराकानी गर्दै गीत सुन्दै गयौँ । हामी मेलम्ची खाना खानको लागि रोक्यौँ । त्यसबेला हामी एकक्षण इन्द्रावती नदीको छेउछाउमा पानीमा खेल्दै फोटो खिच्यौँ । त्यहाँ एउटा दृश्यले मेरो ध्यान तान्यो । त्यो दृश्य थियो, नदीले बगाएर ल्याएको घर र नदीको सतह धेरै माथि आउनु । मलाई लाग्यो, एउटा घर बनाउन कति मेहनत र खर्च लाग्छ । शासकहरूले वातावरणबारे नसोच्दा र दूरदृष्टि नहुँदा एउटा साधारण मानिसले आफ्नो बास गुमाउनुपर्ने कुराले मन पोल्यो । त्यहाँ बालुवाका ग्रेगरहरू देख्दा नदी बग्ने माथिल्लो भागमा क्रसरहरूको पैसा मोहले मेलम्चीको जनताले पानीबाट उत्पन्न प्रकोपबाट दुःख भोग्नुपरेको जस्तो मलाई महसुस भयो । केही समयपछि खाना खाएर बसबाट तार्केघ्याङतिर लाग्यौँ । बसबाट झ्याल बाहिर हेर्दा ढुङ्गा खस्न लागेको जस्तो पहाड र अर्को छेउमा नदी बिचमा बस गुडिरहेको डरलाग्दो यात्रामा ड्रात्र दाइले सानो बाटोमा बस कुदाउनु सामान्य आँट होइन । हामी तार्केघ्याङमा पुग्यौँ । त्यहाँ याङ्ग्री पिक होटलमा हामीले बुकिङ गरेर बस्यौँ । एकक्षणपछि राजन दाइले हामी विद्यार्थीहरूलाई होटलको बैठक या हलमा जम्मा हुन अनुरोध गर्नुभयो । त्यहाँ विद्यार्थीहरूले आ–आफ्नो परिचय दिनुभयो । त्यसपछि राजन दाइले नेक्राविसङ्घको महत्व र अनुशासनको बारेमा विद्यार्थीहरूलाई जानकारी दिँदै विद्यार्थीहरू विभिन्न मन भुलाउने अनावश्यक गीत सङ्गीतमा लाग्न नहुने र देशमा विद्यार्थीहरूलाई सचेत गराउने शिक्षा दिनेजस्ता विभिन्न व्यवहारिक कुरामा सचेत गराउनुभयो । यस्तो कुरा सुन्दा र विद्यार्थीलाई सचेत गराउने जुन काम नेक्राविसङ्घबाट भयो त्यसले मेरो मन छोयो । नेक्राविसङ्घप्रति मेरो आस्था बढ्यो । केहीबेर परिचय र सचेत गर्ने कार्यक्रम सकेपछि हामी खाना खानको लागि गयौँ । भोलिपल्ट सखारै उठेर हामी ट्रेकिङको लागि तयार भयौँ । केही समयपछि बोलेरो गाडी चढेर तार्केघ्याङबाट बेस क्याम्पसम्म हामी केही साथीहरू गयौँ । बोलेरो गाडी जाँदै गर्दा बिचमा नै गाडीको हेडलाइटले काम गरेन र बन्द भयो । त्यसपछि मनिष गोरा दाइ र एकजना हामीसँगै आएको दाइले आफूसँग भएको टर्च र मोबाइलबाट लाइट देखाएर बोलेरोलाई अगाडि बढायौँ । रातको समय हिलो बाटो हेडलाइट नभएको गाडीको कुराले जिउलाई सिरिङ्ग बनाएको थियो । तर, यहाँ पनि ड्रात्र दाइको आँट र उहाँप्रति हाम्रो विश्वासले गन्तव्य पुग्न धेरै मद्दत गर्यो । दोस्रो टिप आउन चाहेका साथीहरू भने तार्केघ्याङदेखि हिँडेर आउनुपर्यो । त्यहाँ साथीहरूलाई हाम्रो तुलनामा केही दुःख भयो । गन्तव्यतिर जाँदै गर्दा देशको राष्ट्रिय चरा डाँफेलाई देख्दा हामीलाई स्वागत गर्न बसेको जस्तो अनुभूति गरायो । सुन्दर चरा शान्त प्रकृतिमा रमाइरहेको देख्दा कसको मन खुसी हुँदैन र ? जहाँ गरिब, दुःखी र असहायले पाएको सबै पीडाबाट स्वतन्त्र रहोस् भन्ने मेरो कामना थियो । हामी गन्तव्यस्थलमा पुग्यौँ । मन प्रसन्न भयो । हुस्सुले ढाकेको र पानी परेकोले हामीले त्यहाँको हिमालको दृश्यावलोकन गर्न पाएनौँ । भिजेको लुगा र चिसो यात्राबाट फर्केको कुराले यो ट्रेकिङ मनमस्तिष्कमा अझै ताजा छ ।
Leave a Reply