समुद्रबाट चीनको ‘ग्राभिटी–१’ रकेट प्रक्षेपण, नौ उपग्रह अन्तरिक्षमा
- भाद्र ३१, २०८३
भक्तपुर, ३१ भदौ । विपद्का समयमा आवश्यक पर्ने रगतको अभाव हुन नदिन भक्तपुर युवा टीमले रक्तदान कार्यक्रम आयोजना ग¥यो । गोल्मढी बजार, सिद्धि गणेश मन्दिर परिसरमा भएको रक्तदान शिविरमा ५२ जनाले रक्तदान गरेको टीमका कार्यबाहक अध्यक्ष केदार तुईतईले जानकारी गराउनुभयो । विपद्पछिको सहयोग, रक्तदान जीवनदान भन्ने सन्देशसहित आयोजना गरिएको उक्त कार्यक्रममा सहभागी रक्तदातालाई टीमका संस्थापक अध्यक्ष तथा सल्लाहकार विश्वराम कवां, कार्यवाहक अध्यक्ष केदार तुईतुईं तथा टीमका पदाधिकारीहरूले प्रशंसा–पत्र प्रदान गर्नुभएको थियो ।
भक्तपुर युवा टीमले मित्रता, अनुशासन र स्वास्थ्यका लागि युवाहरूलाई खेलकुद, सामाजिक तथा मानवीय सेवामा सहभागी गराउने उद्देश्यले विभिन्न गतिविधि गर्दै आएको छ । विपद्का बेला घाइते तथा बिरामीका लागि रगतको आवश्यकता बढ्ने भएकोले युवाहरूले गरेको रक्तदानले मानवीय सेवामा महत्वपूर्ण योगदान पुग्ने आयोजकको भनाइ छ ।
Leave a Reply