समुद्रबाट चीनको ‘ग्राभिटी–१’ रकेट प्रक्षेपण, नौ उपग्रह अन्तरिक्षमा
- भाद्र ३१, २०८३
भक्तपुर, ३१ भदौ । भक्तपुर नगरपालिकाद्वारा असोज १ गतेदेखि सञ्चालनमा ल्याउन लागिएको वडा नं. १० स्थित शिशु स्याहार केन्द्रमा अभिभावक भेला सम्पन्न भयो ।
भेलामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले वडा नं. १० मा शिशु स्याहार केन्द्रको अभाव पूर्ति गर्न नगरपालिकाले केन्द्र सञ्चालनमा ल्याएको बताउनुभयो ।
उहाँले सानै उमेरदेखि बालबालिकालाई राम्रो संस्कार र शिक्षा दिनुपर्नेमा जोड दिँदै केन्द्रमा कार्यरत दिदी तथा शिक्षकहरूले बालबालिकालाई आफ्नै सन्तानसरह माया, हेरचाह र राम्रो संस्कार प्रदान गर्ने उहाँले बताउनुभयो ।
तालिम प्राप्त शिक्षकमार्फत बालबालिकाको हेरचाह गरिनुका साथै बाल विशेषज्ञमार्फत आँखा परीक्षणलगायत स्वास्थ्य परीक्षणसमेत गरिने उहाँको भनाइ थियो ।
महिलाहरूको रोजगारी सुनिश्चित गर्न तथा उनीहरूको श्रमशक्तिको अधिकतम सदुपयोग गर्न शिशु स्याहार केन्द्रले सहयोग पुग्ने प्रमुख प्रजापतिले बताउनुभयो । साथै, नगरपालिकाले ७० वर्ष उमेर नाघेका ज्येष्ठ नागरिकका लागि असोज ४ गतेदेखि आदर निकेतन सञ्चालन गर्न लागेको जानकारी दिँदै सरसफाइ र बालबालिकाको सुरक्षामा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले आइतबार बिदाको दिनमा समेत शिशु स्याहार केन्द्र सञ्चालन हुने बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौँमिखाले नगरवासीलाई सहज सेवा उपलब्ध गराउने र समाजलाई अझ व्यवस्थित तथा राम्रो बनाउने उद्देश्यले केन्द्र सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
नगरवासीका गुनासालाई सम्बोधन गर्दै नगरपालिका अघि बढ्ने र नगरको विकास तथा निर्माणसम्बन्धी गतिविधिबारे नागरिकलाई जानकारी गराउँदै जाने उहाँले बताउनुभयो ।
शिशु स्याहार केन्द्रका प्रमुख दीपेन्द्र प्रजापतिले शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै नगरपालिकाले शिक्षा क्षेत्रमा लगानी गर्दै आएको बताउनुभयो । नगरपालिकाले सञ्चालनमा ल्याउन लागेको नयाँ शिशु स्याहार केन्द्रमा हालसम्म ४० जना बालबालिका भर्ना भइसकेको उहाँले जानकारी दिनुभयो ।
केन्द्रमा २ जना शिक्षिका र २ जना आया दिदीले सेवा दिने व्यवस्था गरिएको र बालबालिकाको शारीरिक तथा मानसिक विकासमा विशेष ध्यान दिइने र दैनिक दुई पटक खाजाको व्यवस्था गरिएको केन्द्र प्रमुख प्रजापतिले बताउनुभयो ।
शिशु स्याहार केन्द्र सञ्चालनले बालबालिकाको प्रारम्भिक विकाससँगै अभिभावक, विशेष गरी महिलाहरूलाई आफ्नो रोजगारी तथा अन्य काममा सहज वातावरण सिर्जना हुने अपेक्षा गरिएको छ ।
Leave a Reply