भर्खरै :

दार्चुलामा किसान भेला

दार्चुलामा किसान भेला

दार्चुला, २६ कार्तिक । नेपाल क्रान्तिकारी किसान सङ्घ जिल्ला सम्पर्क समिति दार्चुलाको आयोजनामा नौगाडमा किसान भेला भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नवराज कोइरालाले शासक दलहरूले नेपाली जनतालाई सधैँ भ्रममा राख्न खोज्ने बताउँदै कामदारवर्गका जनता आफ्नो हकहितको लागि आफँै सचेत र सङ्गठित भई उठ्नुपर्ने बताउनुभयो ।
शासक दलहरूले देशघाती एमसीसी सम्झौता संसद्बाट पारित गरी देशलाई साम्राज्यवादी अमेरिकी सेना भित्रिने मौका दिएको उहाँले प्रस्ट पार्नुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य बजिरसिं बिकले नेपाली जनता नेपाली भएर स्वाभिमानीपूर्वक जिउनुपर्ने बताउँदै देशको सार्वभौमिकता जोगाउन देशभक्त जनता एकजुट हुनुपर्ने बताउनुभयो ।
पार्टीका अर्का केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले पुँजीवादी व्यवस्थामा मजदुर–किसान जनताको हित नहुने र कामदारवर्गका जनताको राज्यसत्ता समाजवादले मात्र जनताको हित हुने प्रस्ट पार्नुभयो ।
आयोजक समितिका अध्यक्ष नन्दसिंह धामीको अध्यक्षतामा भएको कार्यक्रममा नेमकिपा कैलालीका अध्यक्ष रमेशकुमार रावलले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *