विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय फ्रेमवर्क कन्भेन्सन–कोप २९ (COP29) का पक्षहरूको सम्मेलनको २९ औँ सत्र अजरबैजानको बाकुमा आयोजना हुँदै छ । यो सम्मेलन आवश्यक सहमतिमा पुग्न नसकेमा विश्वव्यापी जलवायु शासन सम्भवतः ‘अनिश्चितता’ को युगमा प्रवेश गर्नेछ ।
सम्मेलनमा राष्ट्रहरू विशेषगरी संरा अमेरिकाले भविष्यमा विश्वव्यापी जलवायु शासनमा प्रमुख शक्तिको जिम्मेवारी लेला कि नलेला भनेर चिन्तित छन् । कोप–२९ लाई जलवायु सङ्कटलाई सम्बोधन गर्न कार्यहरू प्रवद्र्धन गर्ने महत्वपूर्ण अवसर मानिन्छ । यस वर्षको मे सम्म, १५१ देशहरू कार्बन तटस्थता लक्ष्यहरूमा प्रतिबद्ध छन् । तीमध्ये १२० देशले कानुन वा नीति कागजातहरूमार्फत आफ्नो समर्पणलाई निहित गरेका छन् ।
बढ्दो गम्भीर जलवायु चुनौतीहरूको सामना गर्दै चीनले आफ्नो अर्थतन्त्र र समाजको व्यापक हरित रूपान्तरणलाई गति दिँदै कार्बन चुचुरो र कार्बन तटस्थताका लक्ष्यहरू लिएर अगाडि बढिरहेको छ । नयाँ युरोपेली आयोग पनि युरोपेली सङ्घको हरित सङ्क्रमणको गति बढाउन प्रतिबद्ध छ । आर्थिक वर्ष २०२४ मा विश्व बैङ्क समूहले जलवायु वित्तमा रेकर्ड ४२.६ अर्ब प्रदान ग¥यो । बेलायतले आफ्नो अन्तिम कोइलाबाट चल्ने पावर स्टेसन बन्द गरेको छ र अष्ट्रेलियाले नेट–शून्य उत्सर्जन र ऊर्जा सङ्क्रमणको लागि जोड दिइरहेको छ ।
अर्कोतर्फ, सन् २०२३ मा विश्वव्यापी कार्बन उत्सर्जनको १३.५ प्रतिशत संरा अमेरिकाले ओगटेको छ । यदि यसले वास्तवमै ‘बाइडेनको जलवायु विरासतलाई उजागर ग¥यो’ भने सन् २०३० सम्ममा देशको हरितगृह ग्यास उत्सर्जन सन् २००५ को तुलनामा ४ अर्ब टनले बढ्नेछ ।
कोप–२९ अघि विश्व मौसम सङ्गठनले आफ्नो पछिल्लो रिपोर्ट जारी गरेको छ । ‘कोप–२९ को लागि जलवायु २०२४ अद्यावधिकको स्थिति’ ले वायुमण्डलमा तीन प्रमुख हरितगृह ग्यासहरू – कार्बन डाइअक्साइड, मिथेन र नाइट्रस अक्साइड – को उपस्थिति २०२३ मा रेकर्ड उच्चस्तरमा पुग्यो र वर्ष २०२४ मा त्यही प्रवृत्ति कायम छ । असाधारण उच्च मासिक विश्वव्यापी औसत तापमानको विस्तारित वृद्धिपछि रेकर्डमा २०२४ सबैभन्दा तातो वर्ष भएको छ । धेरै देशहरूको जलवायु योजनाहरू अपेक्षित लक्ष्यहरूभन्दा धेरै कम भएकाले, कोप–२९ ले आफ्ना दुई मुख्य स्तम्भहरू – ‘महत्वाकाङ्क्षा बढाउने’ र ‘कार्यलाई सक्षम पार्ने’ मार्फत तीनवटा मुख्य ध्यान प्राथमिकताहरूलाई सम्बोधन गर्ने आशा गर्दछः आपत्कालीन उत्सर्जन घटाउने, मानिसहरूलाई विपत्तिबाट जोगाउन थप कार्य गर्ने, जलवायु सङ्कट र जलवायु वित्तको पर्खाल भत्काउने । पक्षहरूको लागि एउटा निष्पक्ष र महत्वाकाङ्क्षी नयाँ जलवायु वित्तीय लक्ष्यमा पुग्ने, पेरिस सम्झौताको धारा ६ मा सुधार गर्ने, विश्वव्यापी वित्तीय संस्थाहरूलाई सुदृढ गर्ने र जलवायु कार्यका लागि निजी क्षेत्रको प्रतिबद्धता सुनिश्चित गर्ने उद्देश्य रहेको छ । वित्तीय छलफल कोप–२९ सम्मेलनको मुख्यबिन्दु हो ।
जलवायु सङ्कटलाई सम्बोधन गर्दा, सबैभन्दा महत्वपूर्ण मुद्दा वित्तपोषण वा प्रविधि होइन, तर विद्यमान जलवायु शासन प्रणालीहरूले जलवायु सङ्कटलाई प्रभावकारीरूपमा सम्बोधन गर्न नसक्ने तथ्य हो । दुई महिनाअघि, संयुक्त राष्ट्र सङ्घले भविष्यको शिखर सम्मेलन आयोजना ग¥यो र ‘भविष्यका लागि सम्झौता’ लाई अपनायो जसले नयाँ क्षेत्रहरू समेट्छ र दशकौँदेखि समाधान हुन नसकेका मुद्दाहरूलाई सम्बोधन गर्दछ, जसमा दिगो विकास, जलवायु र विकास वित्तपोषणमा सहमतिका धेरै बुँदाहरू समावेश छन् । तर, हामीले अझै पनि हाम्रो प्रयासलाई तीव्रता दिनुपर्छ ।
कोप–२९ मा, ‘चीन प्याभिलियन’ लाई उपस्थित र मिडियाबाट विशेष ध्यान प्राप्त भयो । एकातिर, चीनले आफ्नो कार्बन तटस्थता प्रयासमा ठोस प्रगति गरिरहेको छ, प्रभावकारी नीति र दृढ कार्यहरूद्वारा हरित, न्यून कार्बन विकासको लागि दृढताका साथ जोड दिँदै छ र जलवायु न्यायको पालना गर्दैै छ । अर्कोतर्फ, विश्वव्यापी जलवायु शासनमा बढ्दो अनिश्चितताको सन्दर्भमा धेरै देशहरूले विश्व जलवायु कार्यमा चीनले अग्रणी भूमिका खेल्ने आशा राखेका छन् ।
वर्तमानमा विश्वव्यापी जलवायु शासनले व्यक्तिगत देशहरूको एक्लै कार्य गर्ने घटनालाई हटाउन आवश्यक छ । संस्थागत निर्माणको सन्दर्भमा, विश्वव्यापी जलवायु कार्यले पहिले जलवायु शासन प्रणालीको पुनर्निर्माण गर्नुपर्छ । विश्वव्यापी पारिस्थितिक सहमतिको आधारमा हामीले कानुनी अधिकार र बलियो व्यावहारिक क्षमताको साथ नयाँ संस्था सिर्जना गर्न र कानुनी स्थिति भएका सदस्य राष्ट्रहरूका लागि जलवायु संस्थाहरू योजनाबद्ध रूपमा कार्य गर्नमा ध्यान केन्द्रित गर्नुपर्छ । आर्थिकरूपमा हामीले धनी देशहरूको नेतृत्वमा रहेको अव्यावहारिक ढाँचाबाट मुक्त हुनुपर्छ । कानुनी सर्तहरूमा, उच्च प्रविधि, पेट्रोकेमिकल, उत्पादन र व्यापार क्षेत्रहरूका विशाल उद्योगहरूमाथि कर लगाउने र जलवायु शासनको लागि यी कोषहरू विनियोजन गर्न भुक्तानी हस्तान्तरणजस्ता प्रत्यक्ष वा अप्रत्यक्ष विधिहरू प्रयोग गरी विचार गर्न लायक हुनसक्छ । कोप–२९ एक जलवायु सम्मेलन हुनसक्छ कि प्रतिबद्धताहरूको समर्थन र जलवायु संस्थागत विचारविमर्शमा प्रगति गर्नको निम्ति धेरै महत्वपूर्ण आयोजना हो ।
(लेखक हुझाउ विश्वविद्यालयको इन्स्टिच्युट फर सस्टेनेबिलिटीका प्रोफेसर र अनुसन्धानकर्ता हुनुहुन्छ ।)
– ग्लोबल टाइम्सबाट
अनुवाद : प्रकाश
Leave a Reply