वासिङटन र तेहरानबिचको आपसी सम्झौता सार्वजनिक
- असार ४, २०८३
“मेरो नाम न्गुयन थि डिन्ह हो । तर, क्रान्तिका विभिन्न अवस्थाहरूमा भिन्नाभिन्नै नामहरू प्रयोग गरेकी छु । मेरो घर भियतनाममा बेन्ट्री (Bentre) को गुआन ट्रोम (Guong Trom) जिल्लाको लुङ ह्वा (Luang Hoa) गाउँमा छ । म एक गरिब किसान परिवारबाट आएकी हुँ । मेरो दस दाजुभाइ र दिदीबहिनीहरूमध्ये म सबभन्दा कान्छी हुँ । यसकारण, मलाई सबै उट् (कान्छी) भनेर बोलाउँथे ।
मेरो सारा परिवार किसान हुन् । तर, मैले सन् १९३० को विद्रोहमा भाग लिएकी थिएँ । त्यसबेला ठुलो दमन भएको थियो । मेरो एक जना दाज्यु जेल पर्नुभयो । त्यसबेला म एघार वर्षकी थिएँ, तिनीहरूले मेरो दाजुलाई समातेपछि शत्रुले आतङ्क सुरु ग¥यो । त्यसैले मैले धनी किसानहरूको विरोधमा लड्न सुरु गरेँ । म सा¥है सानी थिएँ, मलाई केही पनि थाहा थिएन तर म आतङ्कको विरोध गरेँ । मेरो दाज्यु जेलबाट छुट्नु भएपछि उहाँले मलाई धेरै कुराहरू सिकाउनुभयो । सन् १९३५ मा मैले क्रान्तिकारी आन्दोलनमा भाग लिएँ र त्यस आन्दोलनका नेताहरूले सम्चारेको रूपमा स्वीकार गर्नुभयो । त्यसबेला मैले के जानिसकेकी थिएँ भने हामीहरूले फ्रान्सेली र धनी किसानहरूको विरोधमा क्रान्ति गर्नु छ ।
क्रान्तिको निम्ति राम्रो समय आयो । फ्रान्सेली कम्युनिस्ट पार्टीले सरकारमा भाग लियो र हामी भियतनाममा खुला भएर लड्न सक्ने भयौँ । म एक प्रचारक र कार्यकर्ता भएँ । सन् १९३८ देखि १९४५ सम्म म क्रान्तिकारी सङ्गठनकी एक क्रियाशील सदस्य भएँ । १९३९ मा फ्रान्सेलीहरूले कम्युनिस्ट पार्टीले पनि क्षति व्यहोर्नुप¥यो । हामीले एक प्रजातान्त्रिक मोर्चा बनाउने निर्णय ग¥यौँ । सन् १९३९ को दमन फ्रान्सेली उपनिवेशवादीहरू र तिनीहरूका पिछलग्गूहरूद्वारा चलाइएको थियो । ती पिछलग्गूहरूले सबै चिनिएका कार्यकर्ताहरू गिरफ्तार गर्ने काम गरे र अलि–अलि गरेर गुप्तरूपले काम गर्ने कार्यकर्ताहरूलाई समेत गिरफ्तार गरे । क्रान्तिसँग सम्बन्धै नभएका थुपै्र किसानहरूलाई पनि तिनीहरूले गिरफ्तार गरे । सन् १९४० मा म जेल परेँ, दुई वर्षअघि मात्रै मेरो विवाह भएको थियो । तर, सन् १९३९ मै मेरो लोग्ने जेल परिसक्नुभएको थियो । उहाँ १९४२ मा जेलमै बित्नुभयो । १९४० मा म जेल पर्दा मसँग ६ महिनाको बालक थियो तर तिनीहरूले त्यस बालकलाई मसँग जेलमा राख्न दिएनन् । म एकदम डरलाग्दो घना जङ्गलको बा–रा (Ba–ra) भन्ने कारागारमा थिएँ ।
कारागारमा सबै गरेर एक हजार राजनैतिक बन्दीहरू थिए, जसमध्ये सय जना त आइमाईहरू नै थिए । सन् १९४३ मा मुटुको रोगी भएँ र म छोडिएँ । म मेरो गाउँबाट बाहिर जान सक्दिनथेँ, कठपुतली पुलिसले निरन्तररूपले मेरो चेवा गरिरहन्थ्यो र मसँग कसैले मित्रता गर्नासाथै त्यसलाई गिरफ्तार गथ्र्यो । सुरुमा मैले क्रान्तिकारी सङ्गठनसँग सम्बन्ध राख्न सकिनँ तर म जनतासँग लगातार खास गरेर किसान जनतासँग घनिष्ठ भई नै रहेकी थिएँ । सन् १९४४ मा मात्रै नेताहरूसँग सम्पर्क भयो र सङ्घर्षलाई चालू राखेँ । भियतमिन्ह (Vietminh) मोर्चामा काम गरेँ र १९४५ को जन विद्रोहमा भाग लिएँ । त्यसपछि मेरो काम लगातार मोर्चामा भयो । म प्रान्तीय महिला सङ्गठनको समितिको सदस्यको रूपमा चुनिएँ ।
मेरो परिवार गाउँको स्कूलबाट धेरै टाढा थियो । यसकारण, सानी छँदा म कहिल्यै स्कूल जान पाइनँ । म गरिब भएकी हुनाले प्रान्तीय स्कूलमा जाने आशा त झनै गर्न सक्तिनथेँ । सन् १९३५ मा मैले मेरो क्रान्तिकारी गतिविधि सुरु गर्दा म लेखपढ गर्न जान्दिनथेँ । विद्रोहपछि खालि एक महिनाको निम्ति कोचिन–चीन (Kochin-china) मुक्त भयो ।”
राष्ट्रिय मुक्ति मोर्चाको सशस्त्र सेनाको प्रधानकार्यालयको राजनैतिक विभागको कार्यालयका न्गुयन थि डिन्हले हामीलाई बताउनुभयो । उहाँले एक किसानी लुगा लगाउनुभएको थियो । कालो, सेतो बुट्टाको सानो ओढ्ने र रबरको चप्पल लगाउनुभएको थियो । उहाँको कपाल डल्लो पारेर पछाडि जुरो बनाउनुभएको थियो । उहाँ बिस्तारै बोल्नुहुन्थ्यो । उहाँले पहिलेका सङ्घर्षका सुरुका वर्षहरूको बयान गर्दा उहाँले भावना लुकाउन सक्नुहुन्नथ्यो । हामीलाई के थाहा थियो भने उहाँ नै बेन्ट्री प्रान्तमा हतियार उठाउने पहिलो व्यक्ति हुनुहुन्थ्यो । उहाँ नै त्यस आन्दोलनकी नेतृ हुनुहुन्थ्यो । हामीले आशा के गरेका थियौँ भने उहाँले त्यसबारे बताउनुहोला तर उहाँ यति नम्र हुनुहुन्थ्यो कि उहाँले त्यस विषयलाई छोडिदिनुभयो । हामीले नै त्यस विषयबारे बताउन अनुरोध गर्नुप¥यो । उहाँ हाँस्नुभयो र भन्दै जानुभयो, “विद्रोह २६ अगस्ट १९४५मा भएको थियो । २३ सेप्टेम्बरको दिनदेखि रक्षात्मक लडाइँ सुरु भयो । बेन्ट्रीमा हामी शत्रुसँग लड्यौँ र प्रान्तलाई ५ महिनासम्म कब्जामा राख्यौँ । १२ डिसेम्बरको दिन १९४५ मा शत्रुले आफ्ना सेनाहरू त्यहाँ केिन्द्रत ग¥यो, केही दिनपछि प्रान्त कब्जा ग¥यो, जङ्गलमा लुक्यौँ र शत्रुको विरोधमा जनतालाई उठाउन प्रचार कार्य ग¥यौँ । हाम्रो लडाइँ प्रभावशाली थियो र एकै वर्षभित्र अर्थात् सन् १९४८ देखि १९४९ सम्म हामीले बेन्ट्रीको दुईतिहाइ भागलाई मुक्त ग¥यौँ । सन् १९५० मा शत्रुले त्यो क्षेत्र फेरि एकचोटि कब्जा ग¥यो ।
तर, फेरि एकचोटि क्रान्तिकारीहरू जङ्गलमा फर्के र सङ्घर्ष चालु राखे । त्यस समयमा मुक्त गाउँहरू थिएनन् । अरु नेताहरू र म व्यक्तिगतरूपले विद्रोहका लागि उत्साहित गर्ने जनतामाझ काम गर्न थाल्यौँ ।
सन् १९४६ मा दक्षिणको क्रान्तिको विषयमा रिपोर्ट दिन राजनीतिक सङ्गठनले मलाई हनोइ पठायो । त्यसबेला केही पहाडहरू मात्रै मुक्त भएका थिए । बाटो कठिन र खतरनाक थियो, जहाँतहीँ शत्रु थिए, समुद्र र राजमार्गबाट मात्रै जानसक्ने सम्भावना थियो तर अन्तमा मैले हनोइ पुग्ने र राष्ट्रपति हो चि मिन्हसित भेट्ने व्यवस्था गरेँ ।
नोभेम्बर महिनामा उहाँले मलाई दक्षिणमा मात्र सामान पठाउने कामको जिम्मा दिनुभयो । मैले दस टन हतियार फाइ–एन (Phy-Yen) भन्ने ठाउँमा ल्याएँ, त्यो स्वयम् वास्तवमा ऐतिहासिक यात्रा साबित भयो ।
परिस्थिति एकदमै तनावपूर्ण थियो । हवाई हमला हुँदै थियो र जलपोतले सय डुङ्गा डुबाइदिएको थियो । डुङ्गाको यात्रा डरलाग्दो थियो । आँधी चल्यो तैपनि म सुरक्षितरूपले मेरो प्रान्तको किरानामा पुगेँ । त्यस्तो अवस्थामा पनि शत्रुले कहिल्यै छोडेन । हामीहरूलाई इलाका चिन्नै गा¥हो भइरहेको थियो । तर, हामीले एक सम्चारे भेटायौँ र अन्तमा पुग्यौँ । यो कथा भनिएको यो पहिलोपटक हो ।
हतियार आइपुगेकोले हाम्रा सशस्त्र सेनाहरू खुसीले गद्गद् भए । बेन्ट्री प्रान्त सन् १९५० देखि १९५३ सम्म कब्जा गरिएको थियो । १९५१ मा मलाई जनताको जीवनसँग भिज्ने आदेश दिइयो र जङ्गल नभएको माकाई (Macai) सहरको जिम्मा दिइयो । तर, त्यो प्रान्त दमनले दबाइएको थियो । परिस्थिति अप्ठेरो थियो । हाम्रा कामरेडहरू दिउँसो ताडको रुखमा लुक्न बाध्य थिए र त्यसमा महिलाहरू पनि थिए । चिउँडोसम्म पानी आउने सुरुङमा गुप्तरूपले बस्नुपर्दथ्यो ।
एकचोटि म भूमिगत थिएँ । शत्रुले मलाई भेट्टायो र सुरुङमा जाने ढोका खोज्न थाल्यो । तपार्इँहरूलाई थाहै छ, यदि सुरुङभित्र लुकेको कसैलाई समात्ने योजना बनाए भने तिनीहरूले उसलाई त्यही मारिदिन्थे र उसको कलेजो निकालेर ६०० रूपैयाँमा (पियास्टर मा) बेच्थे । अन्तमा, तिनीहरूले मलाई पक्राउ गरिहाले । तर, एकै मुखले सबै जनताले दाबा गरे कि म ‘भूमिगत’ वाला होइन । तिनीहरूले मलाई मारेनन् तर बडो निर्दयतापूर्वक पिटे । तिनीहरूले मलाई क्रान्तिकारी कार्यकर्ता हो कि भनेर सोधे । मैले होइन, म साधारण एक किसान हुँभन्ने जवाफ दिएँ । त्यसबेला केही शत्रु हाम्रो नियमित सेनासँग भिड्न पुगे र त्यसैबेला जनताको मद्दतले मैले भाग्ने र सुरुङमा लुक्ने मौका पाएँ ।
तिनीहरूले मलाई फेरि खोजे तर जनताले म अर्कै ठाउँमा भागिसकेको कुरा तिनीहरूलाई बताए । शत्रुले मलाई क्रान्तिकारी नेता भनेर फेरि खोजीनीति चालु राखे तर मैले राति भाग्ने मौका पाएँ । त्यस दिन तिनीहरूले आफ्नो फौज पठाएर १२ जवान कामरेडहरूलाई गोली ठोकेपछि २ जना अरु कम्युनिस्टहरूलाई समेत मारेर तिनीहरूको कलेजो निकाले ।
सन् १९५२–५३ को बेला हामीले केही इलाका र जनताको ठुलो सङ्ख्यालाई मुक्त गरेका थियौँ । त्यस प्रान्तको आन्दोलन धेरै बलियो थियो । अनि, फेरि मैले बेन्ट्रीमा फर्किने आदेश पाएँ । शान्ति स्थापना गरिसकेपछि नेतृत्वले मलाई त्यही प्रान्तमा रहेर जेनेभा सम्झौता लागु गराउन र जनतालाई शत्रुको विरोधमा सङ्गठित गर्न, तिनीहरूसँगै काम गर्न निर्णय ग¥यो । अनि, म बेन्ट्रीको सङ्गठनको प्रधानको रूपमा नियुक्त गरिएँ । सेना र मिलेसियाजस्ता विभिन्न सङ्गठनहरूमा काम गर्ने मेरो धेरैजसो कामरेडहरू उत्तर गए र दक्षिणमा एक सानो दलमात्रै बाँकी रह्यो । सन् १९५८–५९ मा प्रान्त, सहर र गाउँ–गाउँमा नेताहरू गिरफ्तार गरिए । बेन्ट्रीमा १५५ गाउँहरूमध्ये ३० वटामात्र हाम्रो थियो । तीनचौथाइ क्रान्तिकारी नेताहरू गिरफ्तार गरिए । यस्तो पनि एउटा नगर थियो जहाँ हाम्रो एक जनामात्रै साथी थियो । त्यसबेला हामीले सशस्त्र सङ्घर्ष होइन कि राजनैतिक सङ्घर्षको तरिका अपनाइराखेका थियौँ ।
फ्रान्सविरोधी रक्षात्मक लडाइँमा शत्रुलाई म को हुँ भन्ने कुरो थाहा भयो र मलाई तिनीहरूले मार्न खोजेका थिए । जेनेभा सम्झौतापछि पनि तिनीहरूले त्यही काम गर्न खोजे तर तिनीहरूले म उत्तरतिर छु भन्ने विचार गरेर मलाई खोज्न छोडे । सन् १९५४ र १९५६ को बिचमा जनताको मद्दतले मैले मेरो नाम र ठेगाना बदल्दै गएँ । सन् १९५७ मा जासुसहरूले दक्षिणमा मेरो उपस्थिति पत्ता लगाए, ५ लाख रूपैयाँ (पियास्टर) मलाई जिउँदै समातेर ल्याउनेलाई इनाम घोषित गरियो र मलाई मार्नेलाई एक लाख इनाम घोषित गरियो । मेरो तस्बिर जहाँतहीँ थियो तर जनताले नै धेरै कठिनाइको बेलामा मेरो जीवन बचाइदिए र मलाई पक्राउबाट बचाए ।”
न्गुयनको कथा शत्रुको हवाईजहाजहरूबाट मनपरी खसालिएका बमहरूको विस्फोटले मात्र रोकिन्थ्यो । निरन्तररूपले भियतनामी विरङ्गनाले भन्दै जानुभयो, “सन् १९५७ देखि १९५९ सम्म क्रान्तिकारीहरूको निम्ति परिस्थिति तनावपूर्ण थियो । खास गरेर मजस्ता आइमाइको निम्ति यस्तो दुःख थियो कि तिनले कहिले पनि आफ्नो घरमा सुत्न सक्दैनथे । शत्रुले लुक्ने खाल्डाहरू कहाँ छन् भन्ने कुरो पत्ता लगाए र मैले ताडको रुखहरूको टुप्पोमा सुत्न परेको थियो ।
यदि कुनै परिवारले मलाई आश्रय दिएको थाहा पाए भने तिनीहरू गिरफ्तार हुन्थे र तिनीहरूका सारा सम्पत्ति जफत हुन्थ्यो । बिनाहातहतियार जङ्गल पस्नु खतरनाक थियो । म जनतासँग झन्झन् घनिष्ठरूपले बस्न कोसिस गर्थेँ र पक्राउबाट बच्न म किसान व्यापारीको रूप बनाउँथे अनि म कसैको घरमा बस्दा म त्यस घरकी बिरामी छोरीको रूपमा बस्थेँ । त्यस परिवारले मलाई बचाउँथ्यो र म खुब सुँक्कसुँक्क रुन्थेँ । जनविद्रोह हुनुभन्दा पहिले अग्रदूत सङ्गठनले मलाई जनतालाई सशस्त्र बनाउने र सशस्त्र सङ्घर्षको प्रस्तावबारे प्रचार गर्न नियुक्त ग¥यो । मेरो प्रान्तमा मैले त्यसको नेतृत्व गरेँ र पछि समय आउनासाथै शस्त्रलाई उपयोग गर्ने अनुमति पाएँ, त्यो त सुखपछि आएको पानीको वर्षा साबित भयो । क्रान्तिकारीहरू खुसी भए, हामीसँग हतियार थिएन तर हामीसँग प्रशस्त अनुभव थियो । शत्रुको हतियार कसरी हात पार्ने र सफलतापूर्वक विद्रोहलाई सञ्चालन कसरी गर्ने हो कुरा हो भन्ने कुरा हामीलाई थाहा थियो ।
बेन्ट्री (Bentre) को विद्रोहमा खास गरेर सैनिक पक्षको नेतृत्व मैले नै गरेकी थिएँ । हाम्रा नाराहरू यस प्रकारका थिए –
१) शत्रुको राजनीतिक चौकीहरूलाई ध्वस्त पार्न र जनताका आफ्ना जग्गा फिर्ता लिन जनताको क्रान्तिकारी भावनालाई चर्काऊ ।
२) शत्रुको हातहतियार छिन्न जनताका गुप्तीहरूलाई प्रयोग गर र त्यसलाई हाम्रो सशस्त्र शक्तिहरूमा पठाऊ ।
३) हरेक ठाउँमा शत्रुलाई सुरक्षा अनुभव नगराउनको निम्ति गतिविधिलाई निरन्तरता देऊ ।
४) सकेसम्म छिटो हाम्रो सशस्त्र शक्तिहरूलाई विकास गर ।
५) सशस्त्र सङ्घर्ष सँगसँगै राजनैतिक सङ्घर्षलाई पनि अगाडि लैजाऊ ।
२० डिसेम्बर सन् १९६० को दिन म बेन्ट्रीको क्रान्तिकारी सङ्गठनको पहिलो सचिव र प्रान्तको सैनिक प्रमुखको रूपमा काम गर्दै थिएँ । सन् १९६१ को अन्तमा म राष्ट्रिय मुक्ति मोर्चाको प्रमुख कार्यालयको उपाध्यक्ष भएँ र सेनाको प्रमुख भएँ । सन् १९६४ मा राष्ट्रिय मुक्ति मोर्चाकी प्रमुख सैनिक कार्यालयको (Militery Chief of Staff) उपाध्यक्ष र महिला समितिको अध्यक्ष भएँ ।”
दक्षिण भियतनामको सशस्त्र मुक्ति सेनाकी उपप्रमुख सेना नेतृले अन्तमा भन्नुभयो, “मेरो क्रान्तिकारी जीवनले २० वर्ष ओगटेको छ । मैले धेरैचोटि मेरो जीवनको माया मारिसकेकी थिएँ । पहिलोचोटि मेरो लोग्ने बित्नुभयो । पछि मेरो छोरो उत्तरमा गयो । धेरै भएको छैन, मेरो छोरा पनि मारिएको मैले थाहा पाएँ । मैले फेरि विवाह गरेँ र दुई तीन वर्षमा मेरो लोग्नेसँग मैले एकचोटि मात्र भेटेकी छु । उहाँ पनि एक क्रान्तिकारी नेता हुनुहुन्छ । धेरैचोटि मरिसक्ने थिएँ, समुद्रमा आँधी–बेरी आउँदा र सुरुङमा मलाई शत्रुहरूले पक्राउ गर्दा म धेरैचोटि जनताको सहयोगबाट बाँचेँ । मेरो व्यक्तिगत जीवनमा मैले धेरै दुःख भोगेकी छु । तर, ‘सङ्गठन र जनताको शिक्षाले मैले आफ्ना दुःखकष्टमाथि विजय पाउन सकेँ, त्यसको निम्ति सङ्गठन र जनताप्रति म कृतज्ञ छु । मेरो लोग्ने जेलमा परेको सुन्दा मलाई ठूलो चोट परेको थियो र सन् १९६० मा मेरो एक्लो छोरो मारिएको सुन्दा पनि । मेरो छोरो जिउँदो भएको भए अहिले ऊ २५ वर्षको हुन्थ्यो होला । अहिले म केन्द्रीय कार्यालय (General Staff) को सदस्य छु । म मेरो देशको सेवा गर्न सक्षम छु । एक साधारण आइमाईलाई यस्तो ठाउँमा पु¥याउन मलाई शिक्षित गरेकोमा म क्रान्ति र क्रान्तिकारी कार्यकर्ताहरूप्रति आभारी छु ।
क्युवाली ऐक्यबद्धता समितिको तर्फबाट मैले क्युवा भ्रमण गर्ने निमन्त्रणा तपाईँहरूमार्फत पाएकी छु । वीर क्युवाली जनता, मेजर फिडेल क्यास्ट्रो, पार्टी र सङ्गठनका अन्य नेताहरूलाई निम्तोको निम्ति धन्यवाद दिन चाहन्छु । क्युवाली जनताले भियतनामी लडाकुहरूलाई आफ्नै वीरहरूको रूपमा सोचेको हुनाले म अत्यन्त प्रभावित भएकी छु । मेरा सफलताहरू मेरो व्यक्तिगत सफलता होइनन् । त्यो सफलता क्रान्ति, जनता र हाम्रा क्रान्तिकारी नेताहरूको सफलता हो । परिस्थितिले साथ दियो भने प्रधान कार्यालय (General Staff) र क्रान्तिकारी नेतृत्वले मलाई अनुमति दियो भने फिडेल क्यास्ट्रो र क्युवाली जनतालाई भेट्न त्यस निम्तो स्वीकार गर्नेछु भन्ने कुरा म क्युवाली जनतालाई वचन दिन चाहन्छु । धेरैधेरै धन्यवाद ।”
(न्गुयन थि डिन्ह (Nguyen Thi Dinh) दक्षिण भियतनामको सशस्त्र मुक्ति सेनाको उपसेना नेतृ हुनुहुन्थ्यो । क्युवाबाट निस्कने त्रि–महादेशीय (Tri Continental – अङ्क ७, सन् १९६८) को लागि क्युवाली ऐक्यबद्धता समितिका प्रतिनिधिहरू मार्ता रोजर्स र राउल भाल्डेसनले डिन्हसँग लिएको अन्तर्वार्ता)
साभार : विश्वका क्रान्तिकारी महिलाहरू
Leave a Reply