वासिङटन र तेहरानबिचको आपसी सम्झौता सार्वजनिक
- असार ४, २०८३
चीन एसिया प्रशान्त आर्थिक सहकार्य सङ्गठन (एपेक) सन् २०२६ को संयोजक बन्ने भएको छ । विभिन्न पक्षहरूसँगै मिलेर एसिया प्रशान्त सहकार्यलाई गहन पारी एसिया प्रशान्त क्षेत्रका जनतालाई अझ बढी लाभ दिँदै जान चीन इच्छुक छ ।
नोभेम्बर १६ मा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले एसिया प्रशान्त आर्थिक सहकार्य सङ्गठन (एपेक) को ३१ औँ नेतागणको अनौपचारिक सम्मेलनमा उक्त कुरा बताउनुभएको हो । उहाँको सो भनाइ पेरूको राजधानी लिमाबाट पूरै विश्वभर फैलिएको छ । बितेको १२ वर्षपश्चात् चीन पुनः एकपल्ट एपेकको संयोजक बन्ने भएको छ । उहाँको भनाइबाट एसिया प्रशान्तको भावी विकासतर्फ शक्तिको प्रदान गर्ने चीनको अठोट र कर्तव्य प्रतिबिम्बित गरिएको छ ।
यसपालिको सम्मेलनमा राष्ट्राध्यक्ष सीले पुनः चिनियाँ योजना प्रस्तुत गर्नुभएको छ । राष्ट्राध्यक्ष सीले यस एपेक सम्मेलनमा ३ वटा प्रस्ताव प्रस्तुत गर्नुभयो । ती प्रस्ताव यस प्रकार छन् ः खुलस्त र सम्पर्क राख्न सकिने एसिया प्रशान्त सहयोगात्मक प्रारूपको स्थापना गर्नु, हरित र सिर्जनशील एसिया प्रशान्त जीवन्त वृद्धि शक्तिलाई हुर्काउनु र साझा लाभ तथा सहिष्णुतायुक्त एसिया प्रशान्त विकास विचारधारालाई सुदृढ पार्नु । ती ३ वटा प्रस्तावले एसिया प्रशान्तका एकरूपताको निर्माणलाई अघि बढाउन र एसिया प्रशान्त विकास हुने नयाँ युगको सिर्जना गर्नको लागि सही दिशा देखाएको छ ।
Leave a Reply