जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ९
- बैशाख ११, २०८३
काठमाडौ, ११ माघ । नेपाल मजदुर किसान पार्टीको ४४ औं स्थापना दिवसका अवसरमा विभिन्न जिल्लामा विविध कार्यक्रम आयोजना भइरहेको छ ।
यसैक्रममा बुधबार रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरस्तरीय कार्यकर्ता भेलाको आयोजना गरेको छ । भेलामा नेमकिपाका केन्द्रीय सदस्य तथा रूपन्देहीका अध्यक्ष हरिसुन्दर वासीले नेमकिपा देशभक्त जनताको पार्टी भएको हुँदा राष्ट्रिय पार्टी हो वा होइन भन्ने प्रश्नको औचित्य नभएको प्रस्ट पार्नुभयो ।
अध्यक्ष वासीले जनताको प्रजातन्त्र प्राप्तिको लागि वर्गसङ्घर्ष गर्नुपर्नेमा जोड दिनुभयो । नेपालका एमाले र माओवादी दुबैले रूसी संशोधनवादीहरूले जस्तै सबैको साझा पार्टी र वर्ग समन्वयको आधारमा समाजवादमा जाने संशोधनवादी दृष्टिकोणलाई नै अँगालेको चर्चा गर्दै अध्यक्ष वासीले वर्गसङ्घर्षको सिद्धान्त छोड्नेहरू कम्युनिष्ट हुनैसक्दैन भन्नुभयो ।
व्यापक नेपाली कामदार जनताको हितलाई कुण्ठित पार्न भारतीय एकाधिकार पूँजीले हस्तक्षेप गरिरहेको उल्लेख गर्दै अध्यक्ष वासीले नेपाली शासक दलहरू क्षेत्रीय सङ्कीर्णतालाई उचालेर फासीवादतर्फ जान लागेको स्पष्ट पार्नुभयो ।
नेपाल व्रmान्तिकारी विद्यार्थी सङ्घ १२ औं राष्ट्रिय सम्मेलन तयारी समितिका सदस्य सुरेश परियारले वैज्ञानिक समाजवादमा सम्पूर्ण जनताको शिक्षा र स्वास्थ्यको दायित्व राज्यले पूरा गर्छ भन्नुभयो ।
नेमकिपा जिल्ला सदस्य कमला विक र नेव्रmाविसङ्घ रूपन्देहीका अध्यक्ष तुलसा विकले पार्टीको गौरवशाली इतिहासबारे चर्चा गर्नुभयो ।
कैलाली
यसैगरी नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ कैलालीको आयोजनामा जिल्लास्तरीय विद्यार्थी प्रशिक्षण कार्यक्रम गणेशपुरमा सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले राजनीति वर्गीय लडाइँ भएको भएको बताउँदै नेमकिपा सर्वहारा वर्गको हितका निम्ति पूँजीवादी व्यवस्थाको अन्त्य र समाजवादी व्यवस्था स्थापना गर्न सङ्घर्षरत छ भन्नुभयो ।
आफूलाई कम्युनिष्ट दाबी गर्ने नेपालका ठूला पार्टीहरू पूँजीवादी पार्टी नै भएको उहाँले उदाहरणसहित स्पष्ट पार्नुभयो । नेमकिपाका कैलाली जिल्ला समितिका अध्यक्ष रमेशकुमार रावलले पूँजीवादी व्यवस्थामा काम गरी खाने जनताको हितमा केही नहुने बताउँदै पूँजीवादी सरकारले पूँजीपति वर्ग वा हुनेखानेकै पक्षमा ऐन नियम बनाउँछ भन्नुभयो ।
नेमकिपा कैलालीका उपाध्यक्ष ज्योति बडुवालले नेमकिपा स्थापना कालदेखि नै बहुमत जनताको हित र हकअधिकारका निम्ति सङ्घर्ष गर्दै आएको प्रस्ट पार्दै विद्यार्थी कार्यकर्ताहरूले पार्टीको सिद्धान्त र विचार बुझ्न र बुझाउन आवश्यक छ भन्नुभयो ।
नेक्राशिसङ्घका केन्द्रीय सदस्य गुप्तबहादुर शाहीले शिक्षाको निजीकरण र व्यापारीकरण भएकै कारण कामदार जनताका छोराछोरीहरू शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था आएको स्पष्ट पार्नुभयो ।
नेक्राविसङ्घ कैलाली जिल्ला समितिका अध्यक्ष तीलक सिजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा सचिव हिक्मत भण्डारीले पनि बोल्नुभएको थियो ।
यसैगरी नेमकिपा स्थापना दिवसको अवसरमा कैलालीको जानकी गाउँपालिका २ कालिकापुरमा कार्यकर्ता भेला भयो । भेलामा नेमकिपा कैलाली अध्यक्ष रमेशकुमार रावलले जनतालाई समाजवादी क्रान्तिबारे बुझाउनुपर्ने आवश्यकता आंैल्याउँदै समाजवादविना काम गरी खाने जनताको हित नहुने बताउनुभयो ।
नेक्राकिसङ्घ जिल्ला अध्यक्ष गजबहादुर दर्लामी मगरको सभापतित्वमा भएको उक्त भेलामा गगन थापामगरले पनि बोल्नुभएको थियो ।
त्यस्तै जानकि गाउँपालिकाको कञ्चनपुरमा पनि पार्टी स्थापना दिवसको अवसरमा कार्यकर्ता भेला भयो । भेलामा नेमकिपा केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले राजनीति भनेको जनताको निःस्वार्थपूर्वक सेवा गर्ने हो भन्नुभयो ।
नेक्रायुसङ्घ कैलालीका सचिव कुलबहादुर पुनमगरको सभापतित्वमा भएको कार्यक्रममा रमेशकुमार रावल, गगनबहादुर थापा, रामबहादुर दर्लामी र कल्पना भण्डारीले पनि बोल्नुभएको थियो ।
सुर्खेत
नेपाल मजदुर किसान पार्टीको ४४ औं स्थापना दिवसको अवसरमा नेपाल क्रान्तिकारी युवा सङ्घ जिल्ला समिति सुर्खेतले वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ एरी चोकमा माक्र्सवाद विषयक अध्ययन गोष्ठी सम्पन्न भयो । गोष्ठीमा नेमकिपा सुर्खेतका अध्यक्ष बमबहादुर शाहीले पूँजीवादको गर्भबाट समाजवादको जन्म हुन्छ भन्नुभयो ।
उहाँले पार्टीका प्रकाशनहरू अध्ययन गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा नेक्राकिसङ्घ ऐनबहादुर शाहीले सम्पूर्ण क्रान्तिकारीहरू हरेक पार्टीबाट परिवर्तनको पक्षमा लाग्नेछन् र नेतृत्व नेमकिपाले गर्ने छ भन्नुभयो । कार्यक्रमको सभापतित्व युवा सङ्घ सुर्खेतका अध्यक्ष गोविन्दनाथ योगीले गर्नुभएको थियो । गोष्ठीमा लालबहादुर थापा र खेमराज कँडेलले बोल्नुभएको थियो ।
त्यस्तै माघ ८ गते नेपाल मजदुर किसान पार्टी नगर समिति वीरेन्द्रनगरको आयोजनामा स्थापना दिवसको सप्ताहव्यापी कार्यक्रम बा·े सिमलमा सम्पन्न भयो ।
सभापति सूर्यबहादुर शाही हुनुहुन्थ्यो । अतिथि नेमकिपा सुर्खेतका अध्यक्ष बमबहादुर शाहीले पार्टी केन्द्रीय परिषद्को निर्णयहरूबारे जानकारी दिनुभयो । उक्त कार्यक्रममा गणेश खड्का, गोविन्दनाथ योगी, अक्कल राना र जानकी सुनारले पनि बोल्नुभएको थियो ।
Leave a Reply