भर्खरै :

संरा अमेरिकी नाकाबन्दीले उसैलाई घाटा

मस्कोस्थित संरा अमेरिकी दुतावास

मस्को, जनवरी २७(सिन्ह्वा) । रुसका उर्जा मन्त्री अलेक्सान्द्र नोभाकले शनिबार संरा अमेरिकाले रुसमाथि बिस्तार गरेको नयाँ नाकाबन्दीले त्यहाँको घरेलु उद्योगलाई कुनै क्षति नगर्ने अरु त्यसले आफ्नो विकासको निम्ति थप अवसर प्राप्त भएको बताएका छन् ।
‘उनीहरु(रुसी कम्पनीहरु) यो अवस्थामा सन् २०१४ देखि नै काम गरिरहेका थिए र यो नाकाबन्दीले हाम्रा कम्पनीहरुका काममा कुनै प्रभाव पार्ने हामीले देखेका छैनौं… सन् २०१७ को नतिजा हेर्दा हामीले ज्यादै राम्रा उपलब्धि हासिल गरेका छौं तसर्थ नाकाबन्दीले घरेलु उद्योगको वृद्धिका लागि थप अवसर प्रदान गर्नेछ ।’, रुसी समाचार एजेन्सीहरुलाई नोभाकले भने ।
गएका शुक्रबार संरा अमेरिकी अर्थ विभागले रुस र युक्रेनका २१ व्यक्ति एवं नौ संस्थाहरुको नाम आफ्ना नाकाबन्दीको क्रमावलीमा चढाएको थियो ।
रुसी उर्जा मन्त्री नोभाकले संरा अमेरिकी नाकाबन्दीलाई ‘गैरकानुनी’ र ‘पश्चाताप गर्नु पर्ने’ कदम भनेको छ ।
‘त्यस्ता अवधारणा र काम आत्मघाती हुन् । त्यस्ता नाकाबन्दी बजार र प्रतिस्पर्धाको विकासको निम्ति प्रतिकूल हुनुका साथै विश्व व्यापार संगठनका नियम विपरीत पनि छन् ।’, उनले भने ।
साथै नाकाबन्दी लगाउने देशका कम्पनीहरुले नै यस्ता नाकाबन्दीबाट घाटा बेहोर्ने गरेको र आफै बढी प्रभावित हुने गरेको व्यवहारले देखाएको छ । नाकाबन्दी लगाउने देशको अपेक्षाभन्दा परिणाम विपरीत आउने गर्दछ ।, उनले भने ।
रुसी विदेशमन्त्रालयले शुक्रबार नै नयाँ नाकाबन्दी अतार्किक र ‘संवेदनाहीन’ भनी विरोध जनाएको थियो । मस्कोले त्यो नाकाबन्दीको जवाफ दिने अधिकार राख्दछ,विदेशमन्त्रालयले प्रतिक्रिया दिएको थियो ।
सिरिया युद्ध, युक्रेनको द्वन्द्व, क्रेमलिनलाई रुसमा मिलाएको र सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा रुसी चलखेलआदि विषयलाई लिएर रुस र संरा अमेरिकाबीचको सम्बन्धमा विगत केही समयदेखि तिक्तता रहँदैआएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *