भर्खरै :

कालीकोटमा निर्वाचन समीक्षा

कालीकोटमा निर्वाचन समीक्षा

कालीकोट, २२ मङ्सिर । नेपाल मजदुर किसान पार्टी तिलागुफा नगरपालिका वडा नं. ४ को उपनिर्वाचनबारे समीक्षा कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले निर्वाचन जनताको राजनैतिक स्तर नाप्ने ब्यारोमिटर भएकोले पार्टीले निर्वाचनको उपयोग गरिरहेको बताउनुभयो । उहाँले पुँजीवादी राजनीतिक दलले निकै मोटो रकम खर्च गर्दा पनि समर्थक मत प्रभावित नहुनुको पछाडि पार्टीका समर्थक र शुभचिन्तकको योगदान रहेको बताउनुभयो ।
उहाँले पार्टीका नेता तथा कार्यकर्ता हालसम्म कसैको भात मासुमा बिक्री नभएको इतिहास साबित गरिदिएको बताउनुभयो ।
नेक्राशिसङ्घका केन्द्रीय उपाध्यक्ष नरदीप शाहीले राजनीति देश र जनताको निःस्वार्थ सेवा गर्ने माध्यम भएको बताउँदै पार्टीका नेता तथा कार्यकर्ताहरू पुँजीवादी दलहरूको जालझेलमा फस्न नहुने बताउनुभयो । उहाँले पञ्चायतकालमा ज्यान जोखिममा राखेर पार्टीका गतिविधिमा सामेल साथीहरूको योगदानका कारण आज पनि पार्टीका जीवन्त रहेको बताउनुभयो ।
नेमकिपा जिल्ला समितिका अध्यक्ष एवम् निर्वाचित वडाध्यक्ष खड्गराज शाहीले भर्खरै सम्पन्न उपनिर्वाचनमा मादल चिह्नमा छाप लगाई पार्टीका उम्मेदवारहरूलाई विजयी गराउनुहुने सम्पूर्ण सचेत मतदाता र उपस्थित सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रम पार्टी वडा समिति संयोजक अलिबहादुर शाहीको अध्यक्षता सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *