लोकेश्वर साकोसको नगरस्तरीय टेबलटेनिस प्रतियोगिता सम्पन्न
- पुष २८, २०८१
भक्तपुर, २२ मङ्सिर । भक्तपुर नगरपालिकाको आयोजनामा मङ्सिर २८ गतेदेखि पुस २ गतेसम्म हुने भक्तपुर महोत्सवको प्रचारार्थ शनिबार नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाईको प्रमुख आतिथ्यमा साइकल ¥याली भयो ।
साइकल ¥यालीको उद्घाटन सभामा अतिथि गोसाईले नयाँ पुस्ताका साथीहरूले साइकल ¥यालीमार्फत जनतालाई सचेत पार्नुका साथै नयाँ संस्कृतिको विकास भएको बताउँदै निरन्तरताको निम्ति हौसला प्रदान गर्नुभयो ।
उहाँले भक्तपुर महोत्सव नेपालकै महोत्सव भएको उल्लेख गर्दै महोत्सवलाई सफल बनाउन उपत्यकावासीलगायत सम्पूर्णले आ–आफ्नो ठाउँमा प्रचारप्रसार गरी योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पुर्खाले सिर्जेको कला, संस्कृति र सम्पदालाई संरक्षण र पुनजागृत गर्न महोत्सवले महङ्खवपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
उहाँले पुर्खाले छोडेर गएको कला, संस्कृति र सीपको उजागर गर्दै बाह्य पर्यटकलाई आकर्षित गर्न यस्ता महोत्सवको आवश्यकता रहेको बताउनुभयो ।
भनपा ९ वडाका वडाध्यक्ष रवीन्द्र ज्याख्वले पर्यटकीय हिसाबले भक्तपुर सुरक्षित र सफा भएको सन्देश दिनुका साथै उहाँले महोत्सवमा भक्तपुरका जनताका जीवनशैली प्रदर्शन हुनुका साथै नयाँ पुस्तालाई मौलिक सीप पुस्तान्तरण हुनेमा जोड दिनुभयो । कार्यक्रममा भक्तपुर महोत्सवका सचिवालयका संयोजक गौतमप्रसाद लासिवाले स्वागत गर्नुभयो भने न्हुज किजु र सुमित बालाले पनि बोल्नुभएको थियो । साइकल ¥याली भक्तपुरको दत्तात्रयबाट सुरु भई थिमि, बोडे, पेप्सीकोला, हाडीगाउँ, वसन्तपुर दरबार, टेकु, त्रिपुरेश्वर, पाटनदरबार स्क्वायर, ग्वार्काे, कोटेश्वर, सूर्यविनायक हुँदै लिबालीमा पुगी समापन भएको थियो ।
Leave a Reply