भर्खरै :

सहकारीले कृषि र घरेलु साना उद्योगलाई जोड दिनुपर्ने

सहकारीले कृषि र घरेलु साना उद्योगलाई जोड दिनुपर्ने

काठमाडौँ, २४ मङ्सिर । नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा काठमाडौँको टोखाको मिर्मिरे सहकारी संस्थाको सभाकक्ष सोमबार उदघाट्न भयो ।
कार्यक्रममा अतिथि सुवालले समुदायमा आधारित नभएका कतिपय सहकारी संस्थाको बचत ठगिएको सार्वजनिक भइरहेको र यस्तो स्थिति आउनुमा सरकार नै जवाफदेही हुनुपर्ने बताउनुभयो ।
बचत ठगहरूको घैघरानाबाट क्षतिपूर्ति भराउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, “कतिपय निजी बैङ्कहरूले पनि जनताको बचत वैदेशिक लगानीमा पठाएको बताइन्छ । यसबारे सरकार सचेत भएको छैन ।”
सांसद सुवालले भन्नुभयो, “सहकारी संस्थाले कृषि र साना तथा घरेलु उद्योगमा ध्यान दिनु आवश्यक छ । सरकारले कृषि उत्पादनलाई ध्यान नदिने र दाल, चामल, तरकारी भारतबाट आयात गर्ने देशघाती काम गर्दै छ । सरकारले सहकारीको बचत जलविद्युत्मा लगाई पेट्रोलियम पदार्थको विकल्प दिनु देशको हितमा हुनेछ ।”
चीनले अगाडि बढाएको बीआरआई मानव जातिको साझा हितसँग सम्बन्धित भएको, बीआरआईमा कुनै देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र सेना तैनाथ नगर्ने नीति उल्लेख छ । यसविपरीत एमसीसीमा अमेरिकी नीति र कानुन पालना गर्नुपर्ने र भारतको समर्थन आवश्यक हुने प्रावधान भएकोले एमसीसी देशघाती छ, उहाँले स्पष्ट पानुृभयो ।
सांसद सुवालले भन्नुभयो, “हात्तीको शरिर ठुलो हुँदा कुद्न नसकेझैँ सहकारी संस्थाको कार्य क्षेत्र ठुलो बनाइए सञ्चालन गर्न कठिन हुनेछ । यतातिर सञ्चालकहरूको ध्यान जरूरी छ ।
संस्थाका अध्यक्ष कृष्णमान श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा सहकारीकर्मी कृष्णगोविन्द लाखाजु, आई स्मार्ट सफ्टवेयर कम्पनीका प्रबन्ध निर्देशक विष्णु महर्जन, संस्थाका कोषाध्यक्ष राजु श्रेष्ठ, सहकारी प्रबन्धक जितेन्द्र डंगोललगायतले बोल्नुभएको थियो ।
संस्थामा १८४५ सदस्य, ३२ करोड ३२ लाख सम्पत्ति, जगेडा कोष ९ करोड र तरलता ४ करोड रहेको संस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *