कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, २४ मङ्सिर । ‘च्वाप्वगुँथें तुयुगु योमरी ….’ बोलको छायाङ्कित गीत आइतबार एक समारोहबिच भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले लोकार्पण गर्नुभयो ।
भनपा वाचु त्व खँचा छोरी समूह–२०७९ को आयोजनामा भएको कार्यक्रममा अतिथि जोशीले आफ्नो मौलिक उत्पादनबाट तयार गरिने सबैले मनपराउने योमरीसम्बन्धी मार्मिक गीत प्रशंसनीय छ भन्नुभयो ।
साहित्य, कला र संस्कृतिलाई उजागर गर्नुका साथै समाजलाई परिवर्तनउन्मुख बनाउँदै लैजाने उहाँले बताउनुभयो ।
भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले स्थानीय मौलिक शब्दहरू प्रयोग हुनु सबल पक्ष रहेको उल्लेख गर्दै कथाले मागेको पहिरण कलाकारहरूले लगाएका भए सुनमा सुगन्ध हुने बताउनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ भक्तपुर नगर समितिका सचिव मञ्जु लाखाजुले मानिसले आफूलाई समयसापेक्ष बनाइराख्न प्रगतिशील प्रकाशनहरू पढ्ने बानी बसाल्दै जानुपर्ने आवश्यकता औँल्याउनुभयो ।
गीतका लेखक कृष्णप्रसाद दुमरूले भक्तपुर नगरपालिकाले गत वर्ष आयोजना गरेको योमरी उत्सव तथा सांस्कृतिक सम्पदा पदयात्रा कार्यक्रममा प्रस्तुतिका लागि लेखेको यो गीत स्रोताहरूले अधिक रूचाइएको कारण श्रव्यदृश्यसहित सम्पादन हुनु खुसीको कुरा भएको बताउनुभयो ।
आयोजक समूहका अध्यक्ष विष्णुकेशरी ख्याजुको सभापतित्वमा भएको उक्त कार्यक्रममा समूहका सल्लाहकार बद्रीराम छुस्याबाग, हेरा ख्याजु, कृष्णमाया कुस्मालगायतले बोल्नुभएको थियो ।
Leave a Reply