यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
काठमाडौँ, २३ मङ्सिर । नेपाल मजदुर किसान पार्टी चन्द्रागिरी नगर समितिको तेस्रो नगर सभा शनिबार सम्पन्न भयो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले पार्टीको विधानअनुसार हरेक ३ वर्षमा सम्मेलन तथा भेला गरी पार्टीको आन्तरिक समीक्षा र नगर सभा तेस्रो गतिविधि मूल्याङ्कनसहित आगामी योजना तय गर्नु पर्दछ भन्नुभयो ।
आत्मसमीक्षा, आलोचना र आत्मालोचनाले पार्टीलाई जीवन्त पार्ने भएकोले हरेक राजनीतिक कार्यकर्ता जनताबिच सतर्कतापूर्वक काम गर्नुपर्ने उहाँले बताउनुभयो ।
उहाँले नेपाली जनताले सही पार्टीको पक्षको वकालत गरिरहेको समयमा कार्यकर्ता साथीहरू पार्टी प्रकाशन लिएर जनतालाई सचेत पार्ने काममा लाग्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य राजवीर डंगोलले पार्टीका कार्यकर्ताहरू जनताबिच गएर जनतालाई सचेत पार्ने काममा ढिला गर्न नहुने भन्दै हाम्रो पार्टीको इमानदार, नैतिकवान र सिद्धान्तनिष्ठ विचारले जनतामा नयाँ किरण छोडेको छ भन्नुभयो ।
नेमकिपा चन्द्रागिरी नगर वडा नं. १२ का अध्यक्ष किरण सिं महर्जनले जनतामाथि हुने समस्या पार्टीको समस्याको रूपमा आत्मसात गरी समस्याबाट मुक्त गर्न कार्यकर्ताहरू तयार भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
नेमकिपा चन्द्रागिरी नगर समितिका अध्यक्ष गुणदास महर्जनको सभापतित्वमा भएको कार्यक्रममा नेपाल क्रान्तिकारी महिला सङ्घका चन्देश्वरी महर्जन, ज्ञानुमैया दराई, रवीन्द्र महर्जनले पनि बोल्नुभएको थियो ।
त्यही दिन भएको बन्द सत्रले रवीन्द्र महर्जनको अध्यक्षतामा ७ सदस्यीय नगर समिति सर्वसम्मतिबाट गठन ग¥यो ।
नयाँ निर्वाचित समितिका पदाधिकारीहरूलाई केन्द्रीय सदस्य नारायण महर्जनले बधाई ज्ञापन गर्नुको साथै शपथग्रहण गराउनुभएको थियो ।
Leave a Reply