यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
ललितपुर, २३ मङ्सिर । नेपाल मजदुर किसान पार्टी महालक्ष्मी नगर समिति ललितपुरको आयोजनामा अन्तर्राष्ट्रवादी कम्युनिस्ट नेतृ, महिला अधिकारकर्र्मी तथा मानवअधिकारवादी रोजा लक्जेम्बर्गका जीवनीबारे शनिबार थसी ललितपुरमा छलफल भयो ।
कार्यक्रममा नेमकिपा ललितपुरका सदस्य महन्त महर्जनले प्रथम विश्वयुद्धको बेला काउत्स्कीले अन्धराष्ट्रवादी र संशोधनवादी मार्ग रोजेपछि उनको गलत कार्यको विरोधमा रोजाले सङ्घर्ष गर्नुभएको थियो भन्नुभयो । बर्नस्टिनले वर्गसङ्घर्ष नगरी निर्वाचनमार्फत समाजवाद ल्याउने कुरा फलाकेपछि लेनिन, रोजा लक्जेम्बर्गले त्यसको विरोध गर्नुभएको उल्लेख गर्दै लेनिनले समाजवादी क्रान्तिको आवश्यकता भएको उल्लेख गर्नुभएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “यदि रोजा लक्जेम्बर्ग, क्लारा जेट्किनहरूले महिला अधिकारको लागि सङ्घर्ष नगरेका भए महिलाहरूले मत दिने अधिकार पाउँदैनथे । पुरुष सरह ज्याला वा तलब तथा शिक्षा प्राप्त गर्नेमा सम्मान अवसर पाउँदैनथ्यो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ ललितपुर जिल्ला समितिका सदस्य तथा नेमकिपा महालक्ष्मीका सदस्य रूपना महर्जनले महिलाहरू राजनीतिमा सहभागी नभएको अवस्था, पुरुष र महिलाबिच लैङ्गिक भेद भएको समयमा रोजा लक्जेम्बरजस्ता नेतृहरूले सङ्घर्ष गरेर अधिकार पाउन सफल भएको बताउनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ महालक्ष्मीका अध्यक्ष सुनिता महर्जनले अन्धविश्वासमा लागेर छाउगोठ प्रथा, दहेज प्रथा, देवकी प्रथा, गरिब महिलालाई बोक्सीको आरोपमा यातना दिने संस्कार अन्त्य गर्न रोजा लक्जेम्बर्ग र क्लारा जेट्किनजस्ता नेतृहरूबाट शिक्षा लिएर महिलाहरू राजनैतिकरूपमा सक्रिय हुनु आवश्यक छ भन्नुभयो ।
शोभना महर्जनको सभापतित्वमा भएको उक्त अन्तरक्रिया कार्यक्रममा के.आर. महर्जन, आशा महर्जन, अनिष महर्जन, इन्द्रराज महर्जन, शोभा महर्जन, बिकी महर्जनलगायतले रोजाको जीवनीबाट शिक्षा लिनुपर्छ भन्नुभयो ।
Leave a Reply