भर्खरै :

आजदेखि पाँचदिने भक्तपुर महोत्सव सुरू

आजदेखि पाँचदिने भक्तपुर महोत्सव सुरू

भक्तपुर, २७ मङ्सिर । ऐतिहासिक र सांस्कृतिक नगर भक्तपुरमा आज शुक्रबारदेखि पाँच दिन भक्तपुर महोत्सव सुरू भएको छ । मङ्सिर २८ देखि पुस २ गतेसम्म हुने भक्तपुर महोत्सवको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले एक विशेष समारोहबिच गर्नुहुनेछ ।
समारोहको उद्घाटन अघि शुक्रबार बिहान १० बजे टौमढीबाट सांस्कृतिक ¥याली सुरू हुनेछ । उक्त सांस्कृतिक ¥यालीमा टोल टोलमा रहेका विभिन्न डाफा भजन, सांस्कृतिक समूहहरूको बाजा टोली सामेल हुनेछ । ¥याली नगर परिक्रमा गर्दै दरबार क्षेत्रमा पुग्नेछ ।
मङ्सिर २९ गते र ३० गते दुई दिन भनपा वडा नं. १० स्थित क्वाठण्डौमा बाँसुरी बाजा प्रतियोगिता हुनेछ । बाँसुरी बाजा प्रतियोगितामा भाग लिने टोलीले नगर परिक्रमा गर्नुपर्छ । बाजा टोली दूधपाटी इनागबाट सुरू भई क्वाठण्डौमा पुगी समापन हुनेछ । मङ्सिर ३० गते पनि सोही बमोजिम हुनेछ ।
त्यस्तै महोत्सव अवधिभर सांस्कृतिक प्रदर्शनी हुन्छ । सांस्कृतिक प्रदर्शनी लाय्कु, टौमढी, दत्तात्रय र क्वाठण्डौमा हुनेछ । भक्तपुर नगरपालिकाले सांस्कृतिक टोलीको प्रदर्शनी गर्ने कार्यतालिका बनाएको छ । उक्त कार्यतालिकाको आधारमा सांस्कृतिक टोलीले आ–आफ्नो बाजा बजाउनुपर्ने हुन्छ । यसबाहेक सबैजसो वडामा विभिन्न प्रदर्शनी तथा मेला हुनेछ ।
मजदुर, किसान, युवा, विद्यार्थी, शिक्षक, महिला, कर्मचारी, उद्योगी, व्यापारी, साहित्यकार, कलाकार, सञ्चारकर्मी, स्काउट, सुरक्षाकर्मी सबैले साथ र सहयोग गरेर महोत्सव सफल पार्नुपर्छ† सफल पार्न आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने हुन्छ । मध्यकालीन वास्तु र कला संस्कृति संरक्षित विश्वकै एक ऐतिहासिक र उत्कृष्ट नगरको रूपमा परिचित भक्तपुरमा हुन लागेको भक्तपुर महोत्सवको आयोजना भक्तपुर नगरपालिकाले गरेको हो ।
उत्सवै उत्सव या चाड पर्व, नाचगान र बाजागाजाको यो सहर भक्तपुर महोत्सवले अझ उत्सवमय बनाउनेछ; भक्तपुरलाई देशमा मात्र होइन अन्तर्राष्ट्रिय समुदायको क्षेत्रमा पनि राम्रो सन्देश पु¥याउनेछ । यो नै भक्तपुर महोत्सवको महत्वपूर्ण पाइला हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *