भर्खरै :

मौलिक शैलीको र जस्तापाताले छोपेको पशुपति मन्दिर

मौलिक शैलीको र जस्तापाताले छोपेको पशुपति मन्दिर

भक्तपुर, २८ मङ्सिर । विश्व सम्पदा सूचीमा सूचिकृत सम्पदास्थलहरूमध्ये भक्तपुरको दरबार क्षेत्र र टौमढी क्षेत्र पनि हो । विश्व सम्पदा सूचीमा रहेका सम्पदाहरूलाई मौलिक शैलीमै बनाउनुपर्ने या राख्नुपर्नेमा सम्पदाप्रेमीहरूको दुई मत छैन ।
तर, भक्तपुर दरबार क्षेत्रमा रहेको पशुपति मन्दिरको पुनःनिर्माण कार्य पूरा नगरी त्यसै छोडेको छ । लामो समयसम्म निर्माणाधीन पशुपति मन्दिरको छानामा जस्तापाताले छोपिएको छ । जस्तापाताले छोपेको सो मन्दिरले दरबार क्षेत्रलाई मात्र होइन सम्पदास्थललाई नै गिज्याइरहेको छ । यसरी नै लामो समयसम्म छोडिएमा दरबार क्षेत्र विश्व सम्पदास्थलको खतरामा पर्नसक्छ ।
जस्तापाताले छोपेको सो मन्दिर पुरानै मौलिक शैली (फोटो) मा झैँ शीघ्रातिशीघ्र निर्माण सम्पन्न गर्नु आवश्यक छ । यसबारे मन्दिर पुनःनिर्माणको जिम्मा लिने ठेकेदार र पुरातत्व विभागको समयमै ध्यान जानु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *