भर्खरै :

रेफात अलरेर : प्यालेस्टिनी पीडा र प्रतिरोधलाई आवाज दिने गाजाका प्रिय कवि

रेफात अलरेर : प्यालेस्टिनी पीडा र प्रतिरोधलाई आवाज दिने गाजाका प्रिय कवि

“मृत्यु र युद्ध । युद्ध र मृत्यु । यी दुई पर्सोना नन ग्राटा हुन्, तैपनि हामी तिनीहरूलाई निक्लन बाध्य गर्न सक्दैनौँ । तिनलाई हुन देऔँ ।” – रेफात अलरेर

डिसेम्बर ६, २०२६ का दिन गाजाका लोकप्रिय अङ्ग्रेजी भाषाका कवि एवम् प्रोफेसर रेफात अलरेर इजरायली हवाई आक्रमणमा दुःखद रूपमा मारिए । इजरायली बमले उनकी बहिनी अस्माको अपार्टमेन्टलाई सपाट बनायो, साथै उनको भाइ सलाह, सलाहका छोरा, बहिनी अस्मा र अस्माका तीन छोराछोरीको एकै विस्फोटमा ज्यान गयो ।
“के एउटै प्यालेस्टिनीको जीवनले फरक पार्छ ? गर्छ ? इजरायलले प्यालेस्टिनीहरूको रगत बगाउँदा मात्रै गाजा प्राथमिकतामा पर्दैन र हुनु पनि हुँदैन,” अलरेरले इजरायली सेनाद्वारा घेराबन्दीमा राखिएको गाजापट्टीमा प्यालेस्टिनीहरूको कसौटीको वर्णन गर्दै ‘लाइट इन गाजाः राइटिङ्स बर्न अफ फायर’ मा लेखेका थिए ।
“प्यालेस्टिनी नक्बा (महाविनास) को प्रतीकको रूपमा गाजा हाम्रो आँखाको अगाडि निसास्सिरहेको छ, मारिएको छ र प्रायः टीभी वा सोसल मिडियामा लात् हुन्छ । यो समय बित्नेछ, म आशा गर्छु । यो समय बित्नेछ, म भनिरहन्छु । कहिलेकाहीँ म यसको अर्थ निकाल्छु । कहिलेकाहीँ म सक्दिनँ ।”
प्यालेस्टिन र देश बाहिर दुबै ठाउँमा धेरै माया र प्रशंसा गरिएका प्रसिद्ध प्यालेस्टिनी कवि अररेरले आफ्नो मृत्युलाई कथामा परिणत गरी मानिसहरू, संसार र भावी पुस्ताहरूसमक्ष पु¥याउन चाहन्थे । सन् २००८–२००९ मा गाजामा इजरायली हमलाको क्रममा आफ्नी पाँच वर्षीया छोरी शाइमाका लागि उनले ‘यदि म मर्नैपर्छ भने’ शीर्षकमा कविता रचना गरेका थिए, जुन कविता अहिले अमर भइसकेको छ ।
अप्रिल २६ का दिन इजरायली हवाई आक्रमणले गाजा सहरको पश्चिममा रहेको उनीहरूको घरमा आक्रमण गर्दा शाइमा आफ्ना श्रीमान् र पाँच महिनाको बच्चासहित मारिएकी थिइन् ।
यदि म मर्र्नैपर्छ भने
तिमी बाँच्नुपर्छ
मेरो कथा सुनाउन
मेरा चिजहरू बिकाउन
कपडाको टुक्रा (फफर) किन्न
र केही तार,
(लामो पुच्छर जोडी त्यसलाई सेतो बनाउनु)

ताकि एक बच्चा, गाजामा कतै
आँखामा स्वर्ग हेर्दा
आगोमा छाडेर गएका आफ्ना बुबालाई पर्खिरहेका छन् –
र कसैलाई बिदाइ नगर्नु
उसको शरीरमा पनि होइन
आफैलाई पनि होइन
तिमीले बनाएको चङ्गा,
मेरो चङ्गाभन्दा माथि उडिरहेको देख्छु
र एक क्षणको निम्ति सोच्छु एक परी त्यहाँ छ,
प्रेम फिर्ता ल्याउँदै छे
यदि म मर्नैपर्छ भने
यसले आशा ल्याउन दिऔँ,
यो एक कथा हुन दिऔँ ।
कवि अलरेरको दुःखद निधनपछि यो कवितालाई ४० भन्दा बढी भाषाहरूमा अनुवाद र प्रकाशन गरिएको छ । उनका मार्मिक पदहरूलाई आशा र प्रतिरोधको गीतको रूपमा हेरिन्छ किनभने इजरायलले गाजामा प्यालेस्टिनीहरूविरुद्धको नरसंहारी युद्ध अपराधहरू जारी राखेको छ ।
प्यालेस्टिन एक टाढाको कथा
४४ वर्षीय प्यालेस्टिनी कविले आफ्नो राष्ट्र र जनताको कारणलाई जोशका साथ मुखरित गरेका थिए र आफ्नो हृदय विदारक कथाहरू संसारलाई सुनाएका थिए ।
“र गाजाले जीवनको लागि हाँस्ने गरिरहँदा, हामी यो समयलाई बिताउन सङघर्ष गर्छौँ, प्यालेस्टिनको लागि हामीसँग निरन्तर लड्न र सहिदका कथाहरू सुनाउनुबाहेक अर्को विकल्प छैन,” अलारेरले एक पटक लेखेका थिए ।
आफ्नो देशका मानिसहरूलाई कसरी लुटियो र उनीहरूको अधिकार खोसियो भन्ने कथाहरू सुन्दै उनी हुर्केका थिए र संसारलाई कथाहरू नभन्नु ‘स्वार्थी र विश्वासघाती’ हुने महसुस उनले गरे ।
“यदि मैले कथालाई रोकेँ भने, म मेरो विरासत, मेरी आमा, मेरी हजुरआमा र मेरो जन्मभूमिलाई धोका दिनेछु । मेरो निम्ति कथा बताउनु प्यालेस्टिनी समुदायको स्थिरताको निम्ति एक सामग्री हो,” अलरेरले लेखे ।
“कथाहरूले जीवन सिकाउँछ भलै कथाका नायक नायिकाले असह्य दुःख भोग्नुपर्छ वा अन्त्यमा मृत्युवरण पनि गर्नुपर्छ । प्यालेस्टिनीहरूका लागि, कथाहरू बताउनु जीवन बाँच्नको लागि धेरै जरुरी प्रतिभा हुन् ।”
प्यालेस्टिनी कवि अररेर इजरायली शासनको २०१४ आक्रामकतापछि गाजामा थालनी भएको गैर–लाभकारी संस्था ‘वी आर नट नम्बर्स’ (WANN) का संस्थापकहरूमध्ये एक थिए ।
अलरेरको लागि, ‘वी आर नट नम्बर्स’ (WANN) प्यालेस्टिनी जीवनलाई चिसो तथ्याङ्कमा सीमित गर्ने विचारको प्रतिरोध गर्ने तरिका थियो । उनले विश्वास गरे कि इजरायली शासनद्वारा मारिएका सबैलाई विस्मृतिमा पठाउनु हुँदैन र तिनीहरूका कथाहरू सुनाउनुपर्छ ।
कथाहरू सुनाउनु मेरो प्रतिरोध गर्ने तरिका थियो । यो मैले गर्न सक्ने सबै थियो । तब २००८–९ मा गाजामा इजरायली आक्रमणपछि मैले निर्णय गरेँ कि यदि म बाँचेको छु भने, म आफ्नो जीवनको धेरैजसो प्यालेस्टिनका कथाहरू सुनाउन, प्यालेस्टिनी कथाहरूलाई सशक्त बनाउन र युवा आवाजहरूको जगेर्नामा समर्पित गर्नेछु । उनले आफ्नो पुस्तक ‘लाइट इन गाज ा राइटिङ्स बर्न अफ फायर’ मा लेखेका छन् ।
अलरेरका विद्यार्थी र सहकर्मीहरू प्यालेस्टिनी कथालाई संसारमा लैजाने उनको चाहनाबाट सचेत थिए । उनको यो चाहना पूरा गर्न उनीहरूले पनि भूमिका खेलेका थिए ।
रेफातले आफ्नै कथा साझा गर्ने इच्छा व्यक्त गरे । उनले आफ्नो अध्यायको शीर्षक दिए, ‘गाजा सोध्छ : यो कहिले बित्छ ?’ प्यालेस्टिन सेन्टरका कार्यकारी निर्देशक जेहाद अबुसलिम लेख्छन्, यसले विपत्ति, हानि वा कठिनाइको समयमा ‘यो समय बित्नेछ’ भन्ने वाक्यांशको साथ गाजाका मानिसहरूले कसरी हुर्कँदै गएका छन् भन्ने विवरण दिएका छन् ।
“तथापि, गरिबी र बेरोजगारीको बिचमा आफ्ना प्रतिभाशाली विद्यार्थी, साथीहरू र छिमेकीहरूको निराशाको साक्षी दिँदै रेफातले यस आश्वासनको रेखालाई बाहिरी संसारमा खडा भएको प्रश्नमा परिणत गरे ।”
क्यालिफोर्निया विश्वविद्यालयको अङ्ग्रेजी विभागमा साहित्यिक र सांस्कृतिक अध्ययनका लेखक र प्राध्यापक रहेकी बर्नाडेट एन्ड्रिया लेख्छिन्, “उनको सम्पादित सङ्ग्रहहरूमार्फत, ‘गाजा पुनः लेख्छ : प्यालेस्टिनका युवा लेखकहरूबाट छोटो कथाहरू’ (जस्ट वल्र्ड बुक्स, २०१४) र गाजा अनसिलेन्स्ड (जस्ट वल्र्ड बुक्स, २०१५), मार्फत उनले कथाहरूको खेती गर्न खोजे । प्यालेस्टिनी युवाहरूको आवाज स्मृतिको यस सामूहिक परियोजनाको लागि आवश्यक छ ।”
अररेर विश्व र तुलनात्मक साहित्यका प्राध्यापक थिए र गाजाको इस्लामिक विश्वविद्यालयमा रचनात्मक लेखन पनि पढाउने गर्थे ।
“उनको लागि, अङ्ग्रेजी सिकाउने र सिक्ने पेसाले लगाएको भौतिक, बौद्धिक, शैक्षिक र सांस्कृतिक अवरोधहरू तोड्ने अवसर प्रदान गर्यो । उनले अङ्ग्रेजीलाई प्रतिरोध र अवहेलनाको कार्यको रूपमा हेरे,” अल अररेरको अध्यापनअन्तर्गत एक वर्षको अङ्ग्रेजी भाषा कार्यक्रममा भाग लिएका अबुसलिमले एक लेखमा लेखे ।
प्यालेस्टिनी प्रोफेसर अररेरले आफ्ना कक्षाहरू उनका विद्यार्थीहरूको लागि एक उपचार थियो । उनले सत्रहरूलाई आकर्षक बनाउन नयाँ तरिकाहरू प्रयोग गर्ने गर्थे ।
“साहित्यले जवाफभन्दा धेरै प्रश्नहरू गर्न सिकाउँछ र उक्साउँछ,” उनी भन्थे । “म तिमीलाई जवाफ दिनेछैन, तिमीले आफ्नो लागि यो आफै गर्नुपर्छ । यो जादुमय भयो कि दिक्क लाग्ने, दुई घण्टाको कक्षा कसरी एक मिनेटजस्तो लाग्छ जब ती लेक्चररले यसरी पढाउनुहुन्छ,” आलिया कसबले अल–जजीराको लागि लेखमा लेखिन् ।
अलारेरका विद्यार्थीहरूले उहाँलाई विश्वविद्यालयको पोडियम पछाडिको औपचारिक व्यक्तिको तुलनामा कक्षामा फरक व्यक्तिको रूपमा सम्झन्छन् ।
“उनी आफ्ना सबै विद्यार्थीहरूसँग खुला र मित्रवत थिए । उनले हामीलाई साहित्य, लेखन र अनुवादको बारेमा सबै कुरा सिकाए,” कसाबले अगाडि लेखिन् ।
प्रतिरोधी प्रोफेसर
२०१४ मा इजरायलले उनीहरूको परिवारको घर ध्वस्त पार्दा उनको भाइ मोहम्मदको हत्यासहित ठुलो क्षति सहनुपर्दा पनि अलेररले आफ्नो मनलाई कमजोर हुन अनुमति दिएनन् र आफूले आफ्नो लागि तय गरेको बाटोमा अघि बढ्न जारी राखे ।
उनले आफ्नो पीएचडी शोध प्रबन्ध, ‘अनफ्रेमिङ जोन डनस् ट्रान्सग्रेसिभ पोएटिक्स इन लाइट अफ बाख्टिनस् डायलजिक थ्योरी’ लाई आफ्ना मारिएका भाइ मुहम्मदप्रति समर्पित गरे । त्यस्तै अलरेरले ‘गाजा अनसिलेन्स्ड’ पत्रिकाको सह–सम्पादन गरे र ‘गाजा राइट्स ब्याकः सर्ट स्टोरीज फ्रम य¬ राइटर्स इन गाजा, प्यालेस्टिन’ पुस्तकको सम्पादन गरे । उनले ‘लाइट इन गाजाः राइटिङ्ग्स बर्न अफ फायर’ को लागि लेखकको रूपमा पनि योगदान दिए ।
आफ्नो मृत्यु हुनुभन्दा दुई दिनअघि, अलरेरले सियोनिस्ट (इजरायली शासन) को कब्जाविरुद्ध प्यालेस्टिनी प्रतिरोधप्रति हार्दिक श्रद्धासहितको लेख लेखे ।
“अधिक डरलाग्दो इजरायली बमबारीहरू … हामी आज बिहान मर्न सक्छौँ । म स्वतन्त्रता सेनानी भएको हुनाले मेरो छिमेकी र मेरो सहरमा आक्रमण गर्ने इजरायली नरसंहारका पागलहरूको विरूद्ध लड्दै म मर्न सक्छु,” उनले लेखेका थिए ।
अलरेरले आफ्नो जीवन निर्दयीरूपमा छिनिएको एक दिनअघि एक अन्तर्वार्तामा इजरायली कब्जाको प्रतिरोध गर्ने दृढ इच्छा व्यक्त गरेका थिए ।
“हुन त म एक प्राज्ञ हुँ । त्यसैले मसँग घरमा भएको सबैभन्दा गा¥हो चीज एक्सपो मार्कर हो । तर, यदि इजरायलीहरूले आक्रमण गरे र हामीमाथि आक्रमण गरे, हामीलाई नरसंहार गर्न ढोका–ढोका खोले, म त्यो मार्कर इजरायली सिपाहीहरूमा फ्याँक्न प्रयोग गर्नेछु, चाहे त्यो अन्तिम चीज हो जुन म सक्षम हुनेछु । यही गर्ने सङ्कल्प गरौँ,” उनले भनेका थिए ।
गाजा–आधारित कवि, मोसाब अबू तोहाले आफ्नो मित्र अररेरको निम्ति एक सुन्दर श्रद्धाञ्जली लेख लेखे ।
“मलाई थाहा छैन रेफातको मृत्यु कसरी भयो, उनको मृत्यु हुनुअघि उनले जोन डनको कविता पढिरहेका थिए वा आफ्नै कविता सम्पादन गर्दै थिए मलाई थाहा छैन । उनको घरमा बम विस्फोटपछि उनको शरीरमा के भयो, उनको चस्मा भाँचियो कि नरम औँलाहरू कलममा टाँसिए वा फूलमा टाँसिए ?” उनले विश्व समुदायलाई गाजामा सहायता पठाउन आग्रह गर्दै लेखेका थिए ।
एक वर्ष बितिसक्दा पनि, अबु तोहा अल अररेरको हत्या भइसकेको स्वीकार गर्न असमर्थ छन् र भन्छन्, “म अझै पनि मूर्खतापूर्वक आशा गर्छु कि रेफात प्यालेस्टिनीहरूको लागि शान्तिमय संसार, नाकाबन्दी र कब्जाको अन्त्य र युद्धविराम ल्याउनका लागि फर्कन सक्छन् । भोकाएका र रगत बगिरहेका बालबालिका र आमाहरूलाई पानी र खाना वितरण गर्न खट्न सक्छन् ।”

– प्रेस टीभी अनलाइनबाट
अनुवाद : प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *