भर्खरै :

निदानदेखि छलः क्यान्सर उपचार र चिकित्सा माफिया

निदानदेखि छलः क्यान्सर उपचार र चिकित्सा माफिया

धेरै दिनदेखि मनमा उब्जिएको अप्रिय शङ्कालाई दुःखद समाचारले बिराम दिएको छ । गत मङ्गलबार ४२ वर्षको उमेरमा प्राध्यापक सर्जिना बासुकलाको क्यान्सरबाट असामयिक निधनले एक दक्ष जनशक्ति ख्वप कलेजले गुमाउनुपरेको छ । विद्यार्थीलाई सुशिक्षित गर्न समर्पित, दयालु स्वभाव र शिक्षाप्रतिको अटुट प्रतिबद्धता राख्ने व्यक्ति आफ्नै तीन वर्षकी छोरीको भविष्य सुशिक्षित गर्ने समयमा संसारबाट बिदा लिनुप¥यो । हामी उहाँको परिवार, विशेषगरी उहाँकी तीन वर्षकी सानी छोरीप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।
उहाँको नियन्त्रणभन्दा बाहिरका परिस्थितिका कारण समत्न्दा अघि नै जीवन समाप्त हुनु अत्यन्तै दुःखद छ । नेपालजस्तो विकासोन्मुख देशमा रोगको ढिलो पहिचान, स्वास्थ्य सेवामा सहज पहुँचको अभाव र उपचारको आर्थिक बोझले बिरामीको लागि समस्या झनै जटिल बनाउँछ । परीक्षण रिपोर्ट भारत पठाउनुपर्ने बाध्यता र उपचारका लागि ठुलो रकमको कारण बिरामीलाई असहाय बनाउँछ । यो दुःखद घटनाले स्वास्थ्य सेवामा पहुँच सुधार्न र सहयोग प्रणाली निर्माण गर्नुपर्ने आवश्यकतालाई प्रस्ट पार्छ ।
थुप्रै क्यान्सरका बिरामीहरू औषधि र यसका उपचार विधि महँगो हुँदा खर्च गर्न नसकेरै अकालमा मृत्यु वरण गर्न बाध्य छन् । कोही बाँच्ने वा मर्ने भन्ने निर्णय आर्थिक अवस्थाले हुने व्यवस्था अस्वीकार्य छ । आर्थिक अवस्था जस्तोसुकै भए तापनि प्रत्येक व्यक्तिलाई उपचारमा पहुँच मौलिक अधिकार हुनुपर्छ । यो त्रासदीले हाम्रो स्वास्थ्य सेवा प्रणाली सुधार गर्न तत्काल कदम चाल्न माग गरेको छ । सरकार र नीति निर्माताहरूले आम जनताले आर्थिक अवस्थाको भयबिना समयमै उपचार पाउन सक्ने प्रणाली सिर्जना गर्नुपर्छ ।
क्यान्सर उपचारसँग सम्बन्धित धेरै समस्याको लागि औषधि कम्पनीहरू प्रमुख जिम्मेवार छन् । धेरै कम्पनीहरूको क्यान्सर औषधिको मूल्य अत्यधिक महँगो छ । विशेषगरी हाम्रोजस्तो गरिब देशका बिरामीहरूका लागि औषधि पहुँचबाट बाहिर छ । यो समस्या लामो पेटेन्ट अवधिको कारणले बढेको हो, जसले एकाधिकार सिर्जना गरेर सस्तो जेनेरिक विकल्पहरूको उत्पादनलाई रोकेको छ । क्यान्सरका थुप्रै औषधिहरू कहिल्यै जेनेरिक हुन नदिन महङ्खवपूर्ण अनुसन्धानमा लगानी गर्नुको सट्टा प्याटेन्ट सधैँभरि कायम राखिराख्न औषधिमा स–साना परिवर्तन गरिन्छ । यसले गर्दा बिरामीले महँगोमा औषधि किन्नुपर्ने हुन्छ । जेनेरिक औषधि भनेको ब्रान्ड–नाम औषधिको रूपमा समान सामग्री, प्रभावकारिता र सुरक्षा भएको औषधि हो तर ब्रान्ड नामको औषधिको प्याटेन्टको म्याद सकिएपछि उत्पादन लागत घट्न गई मूल्य कम हुन्छ ।
क्यान्सर औषधिको उच्च लागत मुख्यतया प्याटेन्ट संरक्षणको कारण हो, जसले औषधि कम्पनीहरूलाई २० वर्ष वा सोभन्दा बढीका लागि विशेष अधिकार प्रदान गर्दछ । एउटा सम्भावित समाधान जेनेरिक औषधिको उत्पादनमा छ, जुन प्याटेन्टको म्याद सकिएपछि सम्भव हुन्छ । जेनेरिक औषधि उत्पादनले ८५ प्रतिशतसम्म मूल्य घट्ने हुँदा विश्वव्यापीरूपमा उपचारलाई थप पहुँचयोग्य बनाउँछ ।
आविष्कारलाई बढावा दिन पेटेन्ट आवश्यक भए तापनि जीवन बचाउने उपचारको किफायतीलाई सम्बोधन गर्नु महङ्खवपूर्ण छ । नाफाको उद्देश्य र सार्वजनिक स्वास्थ्य प्राथमिकताबिच सन्तुलन राखेर सबैका लागि स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्नुपर्छ । डब्लुएचओजस्ता संस्थामार्फत संयुक्त राष्ट्र सङ्घले स्वास्थ्य असमानतालाई सम्बोधन गर्दै विश्वव्यापीरूपमा किफायती औषधि पहुँचयोग्य बनाउने प्रयासको नेतृत्व गर्नुपर्छ ।
सदस्य राष्ट्रहरूबाट स्रोतहरू परिचालन गरेर, संस्थाले पेटेन्टहरूबाट उत्पन्न आर्थिक अवरोधलाई हटाई आवश्यक औषधि विकास गर्न सक्छ । जेनेरिक औषधिको पहुँचलाई सहज बनाउने प्रमुख रणनीतिमा औषधि कम्पनीहरूसँग विश्वव्यापी इजाजतपत्र सम्झौताहरू, जेनेरिक औषधि अनुसन्धानको लागि विश्वव्यापी कोष स्थापना गर्नेजस्ता कार्य गर्नुपर्छ । यसको अतिरिक्त विश्व स्वास्थ्य सङ्गठनले विकासशील देशहरूलाई किफायती उत्पादन सुनिश्चित गर्न स्थानीय उत्पादन सुविधा स्थापना गर्न सहयोग गर्नुपर्छ ।
क्युवा औषधि विज्ञानमा अब्बल भएको संसारलाई थाहा छ तर अमेरिकी प्रतिबन्धले क्युवामा उत्पादित क्यान्सरको औषधि विश्वले आयात गर्न सकेको छैन । सिमा भाक्स ९ऋक्ष्ःब्खबह(भ्न्ँ० नामको इन्जेक्सनले फोक्सोको क्यान्सर हुनबाट बच्न सकिन्छ । तर, अमेरिकाको फर्मासिटिकल समूह यति शक्तिशाली छ जसले आफ्नो पक्षमा नीति बनाउनमा अमेरिकी सरकारलाई बाध्य पार्छ । अमेरिकी राष्ट्रपति बाइडेन अमेरिकी फर्मासिटिकलको मेडिकल रिप्रिजेन्टजस्तै भएर काम गरिरहेका छन् । यसकारण नेपालजस्ता देशहरूले उक्त औषधि आयात गर्न सक्दैनन् । यो प्रतिबन्धलाई हटाउन संयुक्त राष्ट्र सङ्घले पहल गर्नुपर्छ ।
विश्वव्यापी क्यान्सर उपचार र औषधि बजार वर्षैपिच्छे बढ्दै गएको छ । २०२४ मा विश्वव्यापी क्यान्सर थेरापी बजारको मूल्य लगभग अमेरिकी डलर १९४.६७ अर्ब थियो र २०३४ सम्म अमेरिकी डलर ४६९.३८ अर्ब पुग्ने अनुमान गरिएको छ । यो ९.२ प्रतिशतको कम्पाउन्ड वार्षिक वृद्धि दर हो । त्यसैगरी क्यान्सर औषधि र सम्बन्धित उपचार विश्वव्यापी बजार २०२४ मा अमेरिकी डलर २४२.१५ अर्बबाट २०३३ सम्म ५२१.६० अर्ब बढ्ने अपेक्षा गरिएको छ । यति ठुलो लाभ हुने बजारलाई यथास्थितिमा राख्न मुनाफाखोर औषधि माफिया लाग्नु स्वाभाविक हो तर समाज परिवर्तनको आव्हान गर्ने विश्व नेताहरूले विद्यमान व्यवस्थालाई खारेज गर्न पहल गर्नुपर्छ ।
विश्व जनसङ्ख्यामा वार्षिक ०.८५ प्रतिशत वृद्धि हुने दरको तुलनामा क्यान्सरका बिरामीहरूको ९ प्रतिशत वार्षिक वृद्धिको असमान वृद्धिबाट प्रस्ट हुन्छ हाम्रो जीवनशैलीमा वा विश्व व्यवस्थापनमा कुनै न कुनै गडबड छ । चिकित्सा निदानमा भएको प्रगति र जागरूकताका कारण क्यान्सरका केसहरूको प्रारम्भिक र धेरै पहिचान सम्भव भएको पनि हुनसक्छ । प्रशोधित खाना सेवन, गतिहीन जीवनशैली, धूमपान र मद्यपानजस्ता जीवनशैलीका परिवर्तनले क्यान्सरको जोखिमलाई बढाएको भनिन्छ ।
पूर्व क्रिकेटर र भारतीय राजनीतिज्ञ नवजीत सिंह सिद्धुले अनुशासित जीवनशैली र कागती पानी, काँचो बेसार, नीमका पातहरू र इन्टरमिटेन्ट फास्टिङजस्ता कडा आहारबाट उनकी पत्नी नवजोत कौर सिद्धुले, चौथो चरणको क्यान्सरलाई जितेको भनेका छन् । तर, चिकित्सा विज्ञहरूले यी दाबीहरूको आलोचना गरेका छन् । आहार परिवर्तनले समग्र स्वास्थ्यलाई सहयोग गर्न सक्छ, तर यी क्यान्सरजस्ता गम्भीर रोगहरूको मानक उपचारजस्तै केमोथेरापी र शल्यक्रियाको विकल्प हुन नसक्ने चिकित्सकहरूको भनाइ रहेको छ । नवजित सिद्धुुको भनाइलाई चटक्कै विश्वास गर्नुपर्छ भन्ने छैन तर यसबारेमा अनुसन्धान त गर्न सकिन्छ । यस्तो उपायले केही हदसम्म रोग निको हुने भए आमजनतालाई ठुलो राहत मिल्ने छ । जहिल्यै मेडिकल माफियाकै कुरा सुन्नुपर्छ भन्ने पनि छैन ।
यी विभिन्न कारणले गर्दा उपचारबाट वञ्चित हुने समाज व्यवस्थालाई परिवर्तन गर्न हामी प्रेरित हुनु नै उपचारको अभावमा जीवन गुमाउन पुगेका सबै मृतकप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।

(विभिन्न समाचार एजेन्सीको सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *