भर्खरै :

लोकेश्वर साकोसको १९ औँ साधारणसभा तथा छैटौँ अधिवेशन

लोकेश्वर साकोसको १९ औँ साधारणसभा तथा छैटौँ अधिवेशन

भक्तपुर, १७ असोज । लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को १९ औँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशन शनिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष राजन जतिको सभापतित्वमा सम्पन्न कार्यक्रम संस्थाका ज्येष्ठ सदस्य जगतलाल खर्बुजाले उद्घाटन गर्नुभयो ।
सभामा अध्यक्ष जतिले समुदायमा आधारित सहकारीहरूलाई प्रोत्साहन गर्दै सहकारीको मर्मविपरीत सञ्चालन हुने संस्थालाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो ।
उहाँले सहकारीले आर्थिकसँगै सामाजिक तथा सांस्कृतिक विकासमा योगदान पु¥याउनुपर्ने र युवा पुस्तालाई सीपमूलक तालिममार्फत आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभयो ।
संस्थाका संस्थापक एवं निर्वाचन समितिका संयोजक रवीन्द्र खर्बुजाले सहकारी क्षेत्रमा देखिएका विकृति र विसङ्गतिप्रति सदस्यहरू सजग हुनुपर्ने बताउँदै देशमै रासायनिक मल उत्पादन गर्नुपर्ने धारणा राख्नुभयो ।
भोटेकोसी नदीमा आएको बाढीबाट भएको धनजनको क्षतिप्रति उहाँले दुःख व्यक्त गर्नुभयो ।
भक्तपुर नगरपालिका सहकारी अनुगमन समितिका सदस्य श्यामसुन्दर माताङले भक्तपुरका विभिन्न किसान तथा सामाजिक आन्दोलनको योगदान स्मरण गर्दै नगरपालिकाले सहकारी क्षेत्रको नियमित अनुगमन गर्दै आएको बताउनुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घका प्रतिनिधि राजकुमार लघुले साधारणसभा संस्थाको वार्षिक कार्यसम्पादन समीक्षा गर्ने महत्वपूर्ण मञ्च भएकोले सदस्यहरूले सक्रिय सहभागिता जनाउनुपर्ने बताउनुभयो ।
सभामा वार्षिक प्रगति प्रतिवेदन, भावी नीति तथा कार्यक्रम, आर्थिक प्रगति प्रतिवेदन, बाह्य लेखापरीक्षकको प्रतिवेदन तथा आ.व. २०८३÷८४ को अनुमानित बजेट प्रस्तुत भई पारित गरिएको थियो ।
असल ऋणी, नियमित बचतकर्ता, बाल बचतकर्ता, अधिक सदस्यता वृद्धिकर्ता तथा अधिक शेयर खरिदकर्ता सदस्यहरूलाई सम्मान गरिएको थियो ।
छैटौँ अधिवेशनबाट प्रनेश बाटीको अध्यक्षतामा आठ सदस्यीय सञ्चालक समिति र सुरेन्द्रभक्त सुवालको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्वाचित भएको घोषणा निर्वाचन मण्डलका संयोजक रवीन्द्र खर्बुजाले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *