यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, २ पुस । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले वरिष्ठ संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगः द्वारा लिखित ‘मै एक मै अनेक’ नामक निबन्धसङ्ग्रह पुस्तक भक्तपुर महोत्सवको पुस्तक प्रदर्शनीस्थल लामगालमा सोमबार एक कार्यक्रमबिच विमोचन गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले व्यक्तिको अभिव्यक्ति फरक फरक शैलीमा प्रतिबिम्बित हुने बताउँदै साहित्यकारहरुले शब्द, बिम्ब र प्रतिकको रूपमा साहित्यहरु सिर्जना गर्ने गरेको बताउनुभयो ।
साहित्यलाई प्रचारको माध्यमको रूपमा लिनुपर्ने कुरामा विशेष जोड दिँदै उहाँले प्रगतिशील साहित्यबाट देश र जनताको हितमा सेवा गर्नुपर्ने बताउनुभयो ।
उहाँले एक प्रसङ्गमा साहित्यकारहरु जनताको बिचमा जानुपर्ने र साहित्यकारहरु कहिल्यै पनि राजनीतिबाट अलग हुन नसक्ने चर्चा पनि गर्नुभयो ।
साहित्य देश र जनताको निम्ति लेख्नुपर्नेमा जोड दिँदै अध्यक्ष बिजुक्छेँले साहित्यकारले प्रत्यक्ष देखेको र भोगेको स्पष्ट रूपमा कथा, कविता, नाटक आदिमार्फत कलम चलाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको कला र संस्कृति प्रचारप्रसारमा साहित्यकार तेजेश्वर ग्वंगःको उल्लेखनीय योगदान रहेको र ग्वंगद्वारा लिखित भक्तपुरसम्बन्धी लेख रचनाले भक्तपुरको जीवन्त चित्रण गरेको बताउनुभयो ।
प्रमुख प्रजापतिले भक्तपुर कला र संस्कृतिको सहर भएकोले भक्तपुर महोत्सवमार्फत अध्ययन अनुसन्धानकर्ताहरुको लागि महोत्सव एउटा अवसरको रूपमा रहेको बताउँदै भक्तपुरमा रहेका मूर्त अमूर्त सम्पदा अन्तर्राष्ट्रिय जगतमा चिनाउन पनि महोत्सवले मद्दत पु¥याउने बताउनुभयो ।
कार्यक्रममा साहित्यकार तेजेश्वरबाबु ग्वंगःले विगतका आफ्ना साहित्य लेखनको अनुभव सुनाउँदैै आफूले नेपाल भाषा, नेपाली भाषा र अङ्ग्रेजी भाषामा सहित्य लेख्दै आएको समेत बताउनुभयो । उहाँले भक्तपुर नगरपालिकाले गरेको उदाहरणीय काम देशैभरका स्थानीय निकायहरुले पनि सिको गर्नुपर्ने र प्रत्येक स्थानीय तहले जनताको हकहितको लागि काम गर्नुपर्ने समेत बताउनुभयो ।
वरिष्ठ निबन्धकार एवं पुस्तकका सम्पादक श्रीओम श्रेष्ठ ‘रोदन’ को सभापतित्वमा सम्पन्न भएको पुस्तक विमोचन कार्यक्रममा सुन्दर स्वदेश प्रकाशनका अध्यक्ष ऋषिराम पाण्डे र प्रदिप सापकोटाले पनि बोल्नुभएको थियो ।
Leave a Reply