भर्खरै :

मेडिकल माफियाको ढ्याङ्ग्रो बजाउने रुसी आविष्कार : क्यान्सर भ्याक्सिन

मेडिकल माफियाको ढ्याङ्ग्रो बजाउने रुसी आविष्कार : क्यान्सर भ्याक्सिन

क्यान्सर उपचारबाट ठुलो नाफा कमाइरहेका लोभी क्यान्सर अनुसन्धानकर्ताहरू, ठुला स्वास्थ्य सेवा प्रदायकहरू र ठुला औषधि कम्पनीहरूको लागि नराम्रो समाचार रुसबाट आएको छ । विशेषगरी अमेरिकी फर्मास्युटिकलहरूको त आफूले टेकेको ठाउँको जमिन भासिएको हुनसक्छ । क्यान्सरबिना अमेरिका ? यो धेरै अमेरिकी औषधि व्यवसायहरूको लागि खराब अवस्था हुनेछ । क्यान्सर भ्याक्सिनमा महत्वपूर्ण सफलताले संयुक्त राज्य अमेरिकालगायत विश्वव्यापी मेडिकल बजारहरूलाई निश्चितरूपमा असर गर्नेछ ।
केही महिनाअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोमा भएको टेक्नोलोजी फोरमको क्रममा एक अचम्मको घोषणा गर्दै क्यान्सर अनुसन्धानमा महत्वपूर्ण सफलताको खुलासा गरेका थिए । उनले रुसी वैज्ञानिकहरू क्यान्सरको भ्याक्सिन बनाउने तयारीमा रहेको बताउँदै भने, “आशा छ कि यी आशाजनक भ्याक्सिनहरू चाँडै बिरामीहरूका लागि उपलब्ध हुनेछन्, सम्भावितरूपमा क्यान्सरविरुद्धको लडाइँमा एउटा महत्वपूर्ण कोसेढुङ्गा ठहरिने छ ।” यद्यपि, त्यतिबेला राष्ट्रपति पुटिनले यी भ्याक्सिनहरूद्वारा लक्षित क्यान्सरका प्रकारहरू वा तिनीहरूको कार्य गर्ने संयन्त्रहरूको बारेमा विशेष विवरणहरू प्रदान गरेका थिएनन् । तर, केही दिन अगाडि २०२५ बाट बिरामीलाई भ्याक्सिन उपलब्ध गरिने घोषणा गरिएको छ । २०२५ देखि नै बिरामीहरूलाई निःशुल्क वितरण गर्ने अपेक्षा गरिएको छ । क्यान्सर कोशिकाहरूलाई हटाउने प्रतिरक्षा प्रणालीको क्षमता बढाउन भ्याक्सिनले कृत्रिम बुद्धिमत्ता प्रयोग गर्दछ । यद्यपि, पश्चिमेली इष्र्यालु स्वभावअनुसार त्यहाँका वैज्ञानिक समुदायले भ्याक्सिनको प्रभावकारिता र यसको विकास प्रक्रियाको पारदर्शिताको बारेमा शङ्का गरेका छन् ।

भ्याक्सिन कसरी बन्छ ?
यो भ्याक्सिन व्यक्तिपिच्छे फरक हुने भएर यसलाई व्यक्तिगत (Personalized) क्यान्सर भ्याक्सिन भनिएको छ । यसको मतलब हरेक बिरामीको आनुवंशिक जानकारी, रोगको प्रकार र स्वास्थ्य अवस्थाका आधारमा भिन्न–भिन्न खालको भ्याक्सिन निर्माण गरिन्छ । हाल व्यक्तिगत (कस्टमाइज्ड) भ्याक्सिन बनाउन समय लाग्छ किनभने यो प्रक्रिया गणितीय तरिकाले म्याट्रिक्स विधि प्रयोग गरी निर्माण गरिन्छ । दिइएको जानकारीअनुसार, कृत्रिम न्युरल नेटवर्कको प्रयोगले व्यक्तिगत क्यान्सर भ्याक्सिन निर्माण गर्ने प्रक्रियाको समयलाई निकै छोटो बनाउन सक्ने कुरा गरिएको छ । यसमा इवानिकोभ इन्स्टिच्युटलाई समावेश गरिएको छ, जसले न्युरल नेटवर्क कम्प्युटिङ प्रयोग गर्दै यो प्रक्रिया आधा घण्टादेखि एक घण्टाभित्र पूरा गर्न सक्छ । एआई (कृत्रिम बुद्धिमत्ता) को भूमिका यहाँ भ्याक्सिन निर्माण गर्ने प्रक्रियालाई तीव्र र प्रभावकारी बनाउने हो । एआईले डेटा विश्लेषण गरेर बिरामीको आनुवंशिक जानकारी र रोगको प्रकारको आधारमा उपयुक्त भ्याक्सिनको डिजाइन तयार पार्दछ । न्युरल नेटवर्क कम्प्युटिङ ः एआईले गणितीय विधिहरू (जस्तै म्याट्रिक्स विधि) प्रयोग गरेर भ्याक्सिनको संरचना बनाउने प्रक्रिया धेरै छोटो समयमा सम्पन्न गर्न सक्छ । यसले गर्दा भविष्यमा एआईको मद्दतले क्यान्सरजस्ता गम्भीर रोगहरूको उपचार द्रुत, व्यक्तिगत र प्रभावकारी हुने सम्भावना बढेको छ ।
पुटिनको घोषणालाई वैज्ञानिक कूटनीतिको रूपमा हेर्न सकिन्छ । पुटिनको घोषणा रुसले उनलाई वैज्ञानिक नेताको रूपमा स्थापित गर्नेछ । क्यान्सर अनुसन्धानमा प्रगति देखाएर रुसले चिकित्सा नवाचारको क्षेत्रमा विश्वव्यापी स्तरमा प्रतिस्पर्धा गर्ने लक्ष्य राखेको छ । क्यान्सर अनुसन्धानमा रुसको प्रगतिलाई हाइलाइट गरेर, तिनीहरूले देशको वैज्ञानिक क्षमता प्रदर्शन गर्न र अन्तर्राष्ट्रिय सहयोग प्रवद्र्धन गर्ने लक्ष्य राख्छन् । यस्तो घोषणाले रुसको विश्वव्यापी छवि बढाउन र संयुक्त राज्य अमेरिकासहित अन्य देशहरूसँग सम्भावितरूपमा कूटनीतिक सम्बन्ध बलियो बनाउन सक्छ ।
भ्याक्सिनको विकास र वितरण विश्वव्यापी स्वास्थ्य कूटनीतिको महत्वपूर्ण पक्ष बनेको छ । भ्याक्सिनहरू सफलतापूर्वक विकास गर्ने र साझेदारी गर्ने देशहरूले प्रभाव र सद्भाव प्राप्त गर्छन् । नेताहरूले प्रायः आफ्नो घरेलु तथा अन्तर्राष्ट्रिय स्थिति बलियो बनाउन वैज्ञानिक उपलब्धिहरू प्रयोग गर्छन् । पुटिनको घोषणाले वैज्ञानिक प्रगति र स्वास्थ्य सेवालाई प्राथमिकता दिने नेताको रूपमा उनको छवि बनेको छ । यसले पुटिनलाई रुसी जनतासँग अझ बढी सामीप्यता बढाउने छ भने विश्वमा आक्रमक नेताको रूपमा मात्र नभई सौम्य र कोमल हृदय भएको नेताको रूपमा चिनाइने छ । यसले चिकित्सा अनुसन्धानमा अन्य देशहरूको प्रभुत्वलाई चुनौती दिँदै आफूलाई वैज्ञानिक महाशक्तिको रूपमा स्थापित गर्ने रुसको मनसायलाई पनि सङ्केत गर्छ । क्यान्सर भ्याक्सिन विकासमा पुटिनको संलग्नताले स्वास्थ्य सेवा र वैज्ञानिक प्रगतिलाई प्राथमिकता दिने नेताको रूपमा उनको छविलाई सुदृढ बनाउँछ ।
निःशुल्क वा कम लागतमा भ्याक्सिन प्रदान गरेर रुसले प्राप्तकर्ता राष्ट्रहरूसँग सम्बन्ध सुदृढ गर्दा अन्तर्राष्ट्रिय स्वास्थ्य नीति प्रभावित हुनेछ । विश्वव्यापी राजनीतिक कोणबाट हेर्दा सफल क्यान्सर भ्याक्सिनले रुसको ‘सफ्ट पावर’ बढाउन सक्छ । रुसको विश्वव्यापी छवि र प्रभावलाई बढावा दिनेछ । पश्चिमी राष्ट्रहरूसँग गठबन्धन परिवर्तन गरेर विश्वका विभिन्न देशहरूले भ्याक्सिनमा पहुँच खोज्ने क्रममा ख्वपले भूराजनीतिक प्रतिस्पर्धालाई गहिरो बनाउने छ । यस विकासले हरेक चिजको विकास निजी क्षेत्रबाट मात्र सम्भव छ भन्नेहरूबिच पनि बौद्धिक सम्पत्ति, स्वास्थ्य सेवा र विश्वव्यापी स्वास्थ्य कूटनीतिमा राज्य–सञ्चालित नवप्रवद्र्धनको भूमिकामा पनि बहस सुरु हुनेछ ।
वैज्ञानिक कूटनीतिको माध्यमबाट रुसको क्यान्सर भ्याक्सिनले रुसको वैज्ञानिक प्रगतिहरू प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय सहयोगलाई बढावा दिन एक उपकरणको रूपमा काम गर्न सक्छ । यसले सम्भावित भूराजनीतिक तनावलाई कम गर्दै संयुक्त अनुसन्धान पहल र साझेदारीका लागि ढोका खोल्नेछ । तर, पश्चिमाले रुसको प्रगतिमिाथि इष्र्या गरेर विश्वव्यापी वैज्ञानिक मापदण्डजस्ता अनेक निहुँ झिकेर भ्याक्सिनको विकासको पारदर्शितामाथि प्रश्न उठाइने छ ।
क्यान्सर भ्याक्सिन सहायतामार्फत भूराजनीतिक लाभ रुसको पक्षमा हुनेछ । भूराजनीतिक कोणबाट हेर्दा किफायती स्वास्थ्य सेवा समाधान खोज्ने विकासशील राष्ट्रहरूमा रुसको क्यान्सर भ्याक्सिनले गठबन्धन र शक्ति गतिशीलतालाई पुनः आकार दिनेछ । यसले विश्वव्यापी स्वास्थ्य र व्यापारमा संयुक्त राज्य अमेरिका र पश्चिमी प्रभावलाई चुनौती दिनेछ । रुसलाई चिकित्सा नवप्रद्र्धनमा नेताको रूपमा विश्वले मान्ने छ । यस भ्याक्सिन रणनीतिक क्षेत्रहरूमा भू–राजनीतिक लाभ उठाउनको लागि एक उपकरण बन्न सक्छ ।
छोटकरीमा भन्नुपर्दा, पुटिनको घोषणा मुख्यतया वैज्ञानिक प्रगतिमा केन्द्रित भए पनि यसले राजनीति, कूटनीति तथा विश्वव्यापी स्वास्थ्यमा व्यापक प्रभाव पार्छ । दुवै वैज्ञानिक र भूराजनीतिक आयामहरूलाई विचार गर्दै संयुक्त राज्य अमेरिका र अन्य देशहरूले सम्भवतः रुसको प्रगतिमाथि अनेक निहुँ झिक्नेछन् । पुटिनको घोषणा वास्तविकतामा परिवर्तन भएमा यसले संयुक्त राज्य अमेरिकाको नेतृत्वमा रहेको क्यान्सर औषधि उत्पादन माफियालाई प्रत्यक्ष असर गर्नेछ ।

स्रोत : विभिन्न एजेन्सीहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *