धर्म, परम्परा र विज्ञान : कर्मकाण्डको भीडमा हराउँदै गरेको चेतना
- जेष्ठ २, २०८३
भक्तपुर ६, पुस । शुभ–लाभ बचत तथा ऋण सहकारी संस्था लि. छालिङको १७ औँ वार्षिक साधारणसभा शनिबार छालिङस्थित गणेश माविको प्राङ्गणमा सम्पन्न भयो ।
महालक्ष्मी बाजा तथा भजन खलको धिमेबाजाको धुनसँगै कार्यक्रम उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले धेरै पैसा तथा सम्पत्ति हुँदैमा मान्छे राम्रो नहुने भएकोले सहकारीले आफ्ना सदस्य र सदस्यका छोराछोरीलाई कुलतबाट बचाएर सुसंस्कृत बनाउनेतर्फ पनि ध्यान दिनु जरुरी रहेको उल्लेख गर्नुभयो ।
“केटाकेटी राम्रो बनाउन अभिभावकको व्यवहार पनि राम्रो हुनुपर्दछ । नेपालमा अहिले पनि ६ लाख केटाकेटी विद्यालय जानबाट वञ्चित छन् । प्रजग कोरियामा किम इल सुङले शासन सम्हालेपछि सबै बालबालिकालाई अनिवार्य विद्यालय पठाइएको थियो । कोरियामा माछा मारेर जीविकोपार्जन गरेका एक गरिब बच्चा स्कूल भर्ना भएर पछि नेपालमा राजदूतसमेत बनेर आएको प्रसङ्ग उल्लेखनीय छ । अहिले प्रजग कोरियाको दरबारजस्तो विद्यालयहरूमा केटाकेटीलाई योग्य बनाउन शिक्षा दिइन्छ” सांसद सुवालले चर्चा गर्नुभयो ।
भक्तपुर नगरपालिकाले नयाँ पुस्ता राम्रो बनाउन ख्वप कलेजहरू सुरु गरेको उल्लेख गर्दै सांसद सुवालले ख्वप विश्वविद्यालय सञ्चालन गरेर जनताका छोराछोरीलाई उत्पादन श्रमसँग जोडिएको शिक्षा दिने उद्देश्य राख्दा पनि शासक दलहरूले विश्वविद्यालयको विधेयक संसद्बाट पारित गर्न नदिएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले उच्च शिक्षा हासिल गर्न चाहने ७५१ जना विद्यार्थीलाई ५ लाखको दरले शैक्षिक ऋण उपलब्ध गराएको चर्चा गर्दै हरेक स्थानीय तहले विद्यार्थीलाई शैक्षिक ऋण उपलब्ध गराएर पढ्न उत्साही गराउनु आवश्यक रहेको बताउनुभयो ।
“तत्कालीन वीरेन्द्र राजाले भक्तपुरका जनताको सल्लाघारीस्थित १०८ रोपनी जग्गा सस्तोमा लिएका थिए । राजतन्त्र समाप्त भएपछि उक्त जग्गा हाल नेपाल ट्रस्टको नाममा छ । सो जग्गा भक्तपुरकै जनताको भएको हुँदा सरकारले जनताका छोराछोरी पढाउने ख्वप विश्वविद्यालय सञ्चालन गर्न भक्तपुर नगरपालिकालाई फिर्ता गर्नु जरुरी छ ।” सांसद सुवालले बताउनुभयो ।
“मनुस्मृति, रामायण, महाभारत, बाइबललगायतका धर्मग्रन्थहरूमा महिलालाई पुरुषको अधीनमा रहेर दासी बन्नु पर्ने उल्लेख गरिएको कारण महिलाले विश्वमै हेलाहोचो सहनु परेको छ । यस्तो असमान परम्परालाई तोड्नु पर्छ ।” सांसद सुवालले बताउनुभयो ।
सांसद सुवालले थप्नुभयो, “हरेक मानिसले आफ्नो घरमा राम्रो बुहारी भित्रिऊन् भन्ने सोचेको हुन्छ । बुहारी राम्रो पाउन आफ्नो घरको छोरीलाई पनि राम्रो शिक्षादीक्षा दिनु जरुरी छ । महिला राम्रो भए परिवारै राम्रो हुन्छ, परिवार राम्रो भए समाज राम्रो हुन्छ ।”
“पहिले पहिले विश्वमै राजालाई परमेश्वरको प्रतिनिधिको रूपमा प्रचार गरिएको थियो । नेपालमा पनि राजालाई विष्णु भगवानको अवतारको रूपमा मानिन्थ्यो । तर, जनताको विरुद्ध गएका बेलायतका राजालाई ज्यान सजाय दिइएको उदाहरण छ भने फ्रान्समा राजाको टाउको जनताले फूटबल खेलेका थिए ।” सांसद सुवालले उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी चाँगुनारायण नगर समितिका अध्यक्ष न्हुछेभक्त फोजुले ज्येष्ठ नागरिकको सेवाको निम्ति टोल–टोलमा आदर निकेतनको बन्दोबस्त गर्नुपर्ने, सामाजिक सुरक्षा भत्ता घरघरमै पु¥याउनुपर्ने, किसानहरूलाई नयाँ नयाँ बीउ–बिजन, रासायनिक मल समयमै उपलब्ध गराउनुपर्ने, घरदैलो नर्सिङ सेवा प्रदान गर्नुपर्ने, गरिब विद्यार्थीलाई शैक्षिक ऋण उपलब्ध गराउनुपर्ने, बालबालिकाको निम्ति ठाउँ ठाउँमा बालोद्यानको व्यवस्था गर्नुपर्ने, पुष्पखेती, पशुपालन, तरकारी खेतीजस्ता उत्पादनमूलक कार्यलाई अघि बढाउन चाँगुनारायण नपाको ध्यानाकर्षण गराएको बताउनुभयो ।
उहाँले सहकारीले आफ्ना सदस्यलाई उत्पादनमूलक क्रियाकलापमा सहभागी गराउन तालिमको व्यवस्था गर्नु जरुरी रहेको बताउनुभयो । सहकारीले स्तन क्यान्सर, मुटु, मिर्गौलालगायतका रोगविरुद्धको स्वास्थ्य शिविर पनि राख्नु जरुरी रहको आवश्यकता पनि उहाँले औँल्याउनुभयो ।
संस्थाका निवर्तमान अध्यक्ष मिनबहादुर बाटाले धेरै ब्याजको लोभ देखाएर ठगहरूले जनताको बचत ठगिरहेको उदाहरण प्रस्तुत गर्दै सदस्यहरू सचेत हुनु जरुरी रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा सिद्धि गणेश साकोसका विष्णुप्रसाद दुमरु, नौलो साकोसका साधुराम गैँडाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष सूर्यबहादुर फोजूको सभापतित्वमा सम्पन्न उक्त वार्षिक साधारणसभामा लेखा सुपरिवेक्षण समितिका सानुकाजी दथेपुथेले लेखा प्रतिवेदन, सचिव लक्ष्मीनारायण लिगलले संस्थाको प्रगति प्रतिवेदन, कोषाध्यक्ष श्रीप्रसाद त्यातजुले आर्थिक प्रतिवेदन पेस गर्नुभएको थियो भने सानुमाया लागेजु र हरिकृष्ण लागेजुले पनि बोल्नुभएको थियो ।
Leave a Reply