क्रान्तिकारी महिलाको इतिहासबाट पाठ सिक्न आह्वान
- असार २२, २०८३
दैलेख, १३ पुस । नेपाल मजदुर किसान पार्टी ठाँटीकाधको आयोजनामा पार्टी गाउँ सम्मेलन शनिबार सम्पन्न भयो ।
१३१ औँ माओ जयन्तीको अवसर पारी भएको उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य जग्यबहादुर शाहीले कम्युनिस्ट भनिने शासक पार्टीहरू पुँजीवादी पार्टी भएको र विदेशीको दलाली गर्दै सत्तामा गइरहेको बताउनुभयो ।
सहकारी र विभिन्न बहानामा जनता र देशलाई लुट्ने काम शासकहरूबाट भइरहेको छ, उहाँले भन्नुभयो ।
नेमकिपाको उद्देश्य देश र जनताको इमानदारीपूर्वक सेवा गर्नुभएकोले पार्टी कार्यकर्ताहरू पनि इमानदार हुनुपर्ने केन्द्रीय सदस्य शाहीले बताउनुभयो ।
कार्यक्रममा निरकबहादुर शाही, सुरेन्द्र शाही, मनबहादुर बिक, नगेन्द्र काकी, लछु कठायत, झलक कठायत, मनराज थापा, हरिबहादुर रोकायल पनि बोल्नुभएको थियो ।
सम्मेलनले नवीनकुमार थापाको अध्यक्षतामा नेमकिपा ठाँटीकाध गाउँ समिति गठन गरेको छ ।
यसैगरी माओ जयन्तीकै अवसरमा चामुन्डाविन्द्रासेनी नगरपालिका वडा नं. १ मा पनि प्रशिक्षण कार्यक्रम भयो ।
कार्यक्रममा पार्टी केन्द्रीय सदस्य जग्यबहादुर शाहीले अध्यक्ष माओको योगदानबारे बताउनुभयो ।
गोरखबहादुर केसीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा खगेन्द्र शाही, विष्णु रेग्मी, वासुदेव आचार्य, थानबहादुर रानालगायतले बोल्नुभएको थियो ।
Leave a Reply