नेपाल–तिब्बत बाढी : के भयो, किन भयो र को हराइरहेका छन् ?
- भाद्र १३, २०८३
मानव सामजको विकासक्रममा आदिम साम्यवादी समाजपछिको कुनै पनि युगमा जीवन निर्वाहको निम्ति आवश्यक पर्ने वस्तुहरू उत्पादन गर्ने उत्पादनका साधनहरूको स्वामित्व समाजको अधीनमा रहेन । उब्जाएका वस्तुहरू पनि आवश्यकताअनुसार होइन, नाफा नोक्सानको आधारमा किनबेच र वितरण गर्ने प्रणाली चल्यो । समाजको सदस्य भएर पनि व्यक्ति नै सर्वेसर्वा भए । समाजको हित र अहितको ख्याल गरिएन । जसले गर्दा शोषण, उत्पीडन कायम रह्यो र मान्छे मान्छेबिच भेदभाव, असमानता र कलहको स्थिति रह्यो । हुर्कँदै गरेको नयाँ उत्पादक शक्ति मजदुरवर्ग समाजको सबभन्दा ठुलो हिस्सा भएर पनि मानव जीवनको निम्ति चाहिने वस्तुहरू उब्जाउने किसान–मजदुरले नै सधैँ अभाव खप्नुप¥यो । समाज समानरूपमा शान्तिपूर्वक अघि बढ्न सकेन । फलस्वरूप नयाँ समाज व्यवस्थाको माग हुन थाल्यो । मजदुरहरूले मालिकको लामो शोषणविरुद्ध सङ्घर्ष गरे । किसानहरू सामन्ती र जमिनदारी प्रथाविरुद्ध विद्रोहमा ओर्लिए । चिन्तनशील र परोपकारी व्यक्तिहरूले सिङ्गो मानव जातिको हित गर्ने नयाँ समाज व्यवस्थाबारे सोच्न थाले । मानव समाजको सबभन्दा सक्रिय, परिश्रमी र हुर्कँदो अवस्थामा रहेको मजदुरवर्गलाई शासकवर्गको रूपमा स्थापित गर्ने नयाँ समाज व्यवस्थाको परिकल्पना र व्याख्या गरे ।
काल्पनिक ढङ्गले प्रस्तुत गरिएको समानतापूर्ण, शोषणविहीन, समाज व्यवस्थालाई काल्पनिक समाजवाद भनिन्छ । वैज्ञानिक समाजवादको जन्म हुनुभन्दा अगाडि काल्पनिक समाजवादी विचारधाराको उदय भयो । काल्पनिक रूपरेखामा आधारित भएर प्रयोगात्मकरूपमा बस्ती बसाल्ने प्रयास पनि गरियो । बेलायतको आन्दोलन र फ्रान्सेली राज्य क्रान्तिका अनुभवहरू र मजदुरवर्गको वास्तविक जीवन, पुँजीपतिवर्गको शोषण, दमन, छल, प्रपञ्च र धोका मानव समाजमा विकसित भई आएका आर्थिक प्रणाली सबैको व्यापक र विस्तृत अध्ययन, विश्लेषण र परीक्षणबाट समाजवादको वैज्ञानिक आधारहरू तयार भयो ।
काल्पनिक दर्शनको दुनियाँमा सीमित काल्पनिक समाजवादलाई धेरै लामो गम्भीर अध्ययन र अनुसन्धानपछि विभिन्न तथ्यपूर्ण कारणसहितको सैद्धान्तिक आधारहरू प्रस्तुत गरी वैज्ञानिक समाजवादको सिद्धान्त प्रतिपादन गर्नुभयो । वैज्ञानिक समाजवाद प्राप्त गर्नको लागि क्रान्ति वा सशस्त्र सङ्घर्षको आवश्यक हुन्छ । यस किसिमको सङ्घर्ष बहुमत कामदार जनताको नेतृत्वमा हुने भएकोले व्यापक उत्पीडित कामदार जनता राजनीतिक र सैद्धान्तिकरूपले शिक्षित, सचेत र सङ्गठित हुनुका साथै बौद्धिक र सांस्कृतिक स्तर उठ्नु र उठाउनु आवश्यक हुन्छ । यिनै परिस्थितिको बिचमा आफ्नो अध्ययन र अनुसन्धानको क्रममा माक्र्स र एङ्गेल्सले अठारौँ शताब्दीको भौतिकवादी विचारधारा, पुँजीवादी प्रजातान्त्रिक क्रान्तिका अनुभवहरू, हेगेलको द्वन्द्ववादी पद्धति, फायरबाखको भौतिकवादी मान्यता, काल्पनिक समाजवादी विचारधारा र डेबिट रिकार्डो तथा एडम स्मिथको आर्थिक सिद्धान्तजस्ता विषयहरूको गहन अध्ययनले कार्ल माक्र्सलाई तीन प्रमुख विषयमा खोजबिन र निचोड निकाल्न प्रेरित ग¥यो । यसरी दर्शनशास्त्र, राजनीतिशास्त्र र अर्थशास्त्रजस्ता प्रमुख विषयमा अध्ययनकेन्द्रित रहँदै माक्र्सले समाजमा सबभन्दा ठुलो सङ्ख्यामा रहेको उत्पादन शक्ति मजदुर–किसान श्रमजीवी जनसमुदायको आन्दोलनहरूको लेखाजोखा गर्नुभयो । एङ्गेल्सले प्रकृतिको द्वन्द्ववादबारे गहन अध्ययन गर्दै समाज विकासको ऐतिहासिक रूपरेखा कोर्नुभयो । डार्विनको खोजलाई पुष्टि गर्दै परिवार र राज्यसत्ताको उत्पत्तिबारे निचोड निकाल्नुभयो । तत्पश्चात् वैज्ञानिक समाजवादसम्म पुग्ने मार्गदर्शनको रूपमा माक्र्सले वर्गसङ्घर्ष, द्वन्द्वात्मक भौतिकवाद, अर्थशास्त्रमा अतिरिक्त मूल्यको सिद्धान्तलगायतका सैद्धान्तिक आधारहरू अगाडि सार्नुभयो । यसरी माक्र्स र एङ्गेल्सले समाजवादलाई आदर्श कल्पनाको तहबाट वैज्ञानिक धरातलमा उभ्याउनुभयो । लेनिनले त्यसलाई सर्वप्रथम व्यावहारिक जीवनमा लागु गरी रुसको भूमिमा समाजवादी व्यवस्था स्थापना गर्नुभयो ।
पुँजीवादी व्यवस्था अल्पमतले बहुमतमाथि शासन गर्ने व्यवस्था हो भने समाजवादी व्यवस्था बहुमत जनताको हितमा सर्वहारावर्गको नेतृत्वमा हुने शासन व्यवस्था हो ।
वैज्ञानिक समाजवादी व्यवस्था माक्र्सवादी सिद्धान्तअनुरूप सर्वहारावर्गले बलपूर्वक सशस्त्र सङ्घर्षको माध्यमबाट सामन्ती र पुँजीवादी व्यवस्थालाई ध्वस्त गरी राज्यसत्ता कब्जा गरिन्छ र आफ्नो हुकुम चलाउँछ । मूलतः समाजवादी व्यवस्थामा सर्वहारावर्गको अधिनायकत्व लागु हुन्छ र व्यापक कामदारवर्गको हितमा राज्यको शासन सत्ता सञ्चालन हुन्छ । यो व्यवस्थाले गरिब, शोषित, उत्पीडित र शासित कामदार जनताको हित (मुक्ति) को निम्ति उत्पादनका मुख्य मुख्य साधनहरूलाई सामाजिकीकरण गरिन्छ । व्यक्तित्व विकासमा समान अवसर राज्यले प्रदान गरिन्छ । शिक्षा, स्वास्थ्य पूर्णरूपमा निःशुल्क, शारीरिक श्रम र बौद्धिक श्रमबिचको भेदको अन्त्य, रोजगारीको सुनिश्चित गर्न राज्यले उद्योग, कलकारखानाको स्थापना गरी राज्यकै स्वामित्वमा सञ्चालन गरिन्छ । कुनै कारणवश राज्य प्रदत्त रोजगारीबाट कोही वञ्चित भएमा त्यसलाई बेरोजगारी भत्ताको बन्दोबस्त गरिन्छ । योग्यता, क्षमता र गुणअनुसारको काम र सोहीअनुसारको ज्यालाको बन्दोबस्त गरिन्छ । वर्ग भेद हटाउन अर्थात् वर्गीय खाडल पुर्नको लागि शोषणरहित आर्थिक समानतासहितको समाज व्यवस्थाको निम्ति प्रगतिशील कर प्रणाली लागु गरिन्छ । बैङ्क, ठुलठुला उद्योगधन्दा, वायुसेवा, यातायातलगायतका साधनहरू राष्ट्रियकरण गरिन्छ । किसानहरूको हितमा क्रान्तिकारी भूमिसुधार लागू गरिन्छ ।
दलाल पुँजीपतिवर्गलाई दण्डित गर्दै विदेशी पुँजी विस्तारै–विस्तारै विस्थापित गरिन्छ । आम गरिब, शोषित र पीडित कामदारवर्गको ऋणलाई सहुलियत वा छुट गर्दै प्रतिक्रियावादी सरकारले देश र जनतामाथि थोपरेको ऋण नवगठित क्रान्तिकारी सरकारले नतिर्ने खुलमखुला घोषणा गरिदिन्छ । देशलाई स्वाधीन र सार्वभौम ढङ्गले अगाडि बढाउन स्वावलम्बी र आत्मनिर्भरताको अर्थतन्त्रको विकास गरिन्छ ।
माक्र्सवादको क्रान्तिकारी धारलाई बङ्ग्याउने र खत्तम पार्ने उद्देश्यले माक्र्सकै चेला एडुअर्डो बर्नस्टिनले प्रतिपादन गरेको वर्ग समन्वयमा आधारित क्रान्तिविरोधी सिद्धान्त संशोधनवाद हो । संशोधनवाद पुँजीवादभित्रको अवसरवादी विचार हो । अवसरवाद भनेको दीर्घकालीन मूल लक्ष्यलाई छोडेर क्षणिक स्वार्थपूर्ति गर्नेतर्फ लाग्नु हो । अवसरवाद पनि दुई किसिमको हुन्छ वामपन्थी अवसरवाद र दक्षिणपन्थी अवसरवाद । क्रान्तिको परिस्थिति तयार नहुँदै क्रान्ति गर्न खोज्नु वामपन्थी अवसरवाद हो भने क्रान्तिको परिस्थिति तयार भएर पनि क्रान्ति गर्न नखोज्नु दक्षिणपन्थी अवसरवाद हो । यसले वास्तविक कम्युनिस्ट आन्दोलनलाई अगाडि बढ्न दिँदैन र दिशाहीन बनाउने कुचेष्टा गर्छ । सिद्धान्तको कसीमा घोटेर हेर्दा नेपालमा पनि जनताको बहुदलीय जनवाद (जबज) लाई अङ्गीकार गरेको नेकपा एमाले कम्युनिस्ट पार्टी होइन अर्थात् कम्युनिस्ट नै होइन । किनकि गैर–माक्र्सवादीहरू कम्युनिस्ट हुन सक्दैनन् । एमालेको जबज स्वतः बर्नस्टिनको वर्ग समन्वयमा आधारित वर्गसङ्घर्षविरोधी संशोधनवादी सिद्धान्त हो । कम्युनिस्टहरूले क्रान्ति र वर्गसङ्घर्षमा विश्वास गर्छन् । वर्गसङ्घर्ष र क्रान्तिलाई त्याग्नेहरू कम्युनिस्ट हुन सक्दैनन् । तसर्थ, देशमा क्रान्तिको वस्तुगत परिस्थिति तयार नहुँदै भारतीय विस्तारवादी शासकवर्गको निर्देशनअनुसार हातहतियार ल्याएर, उतैबाट तालिम लिएर देशमा जनयुद्ध र सशस्त्र सङ्घर्षको नाममा बमबारी गर्दै उपद्र मच्चाउने माओवादी पनि कम्युनिस्ट होइनन्, वामपन्थी अवसरवादी हो । सशस्त्र सङ्घर्ष गर्ने सबै कम्युनिस्ट हुँदैनन् तर कम्युनिस्टहरू सशस्त्र सङ्घर्षमा विश्वास गर्छन् । अर्थात्, ‘माओवाद’ भन्ने शब्दै गलत हो । माओ त्सेतुङको कुनै वाद छैन, माओ त्सेतुङको विचार मात्रै हो । वाद र विचारमा फरक हुन्छ । माओवाद भन्ने शब्द चिनियाँ कम्युनिस्ट पार्टी र माओ त्सेतुङ स्वयंले अस्वीकार गरेको शब्द हो ।
व्यवहारतः सरकारमा गएर शोषित कामदार जनताको हितमा माओवादी र एमाले दुवैले काम गरेका छैनन् । सरकारमा गएर कामदार जनताको नाममा कामदारवर्गलाई नै शोषण गरेर पुँजीपतिवर्गलाई पोसेर व्यापक कामदारवर्गको अहितमा विविध ऐन, कानुन र नीति कार्यक्रमहरू बनाउँदै आएको यथार्थ घामजतिकै छर्लङ्ग छ । कम्युनिस्टहरूले समाजवादी अवधारणाअनुरूपको राज्यको स्वामित्वमा उत्पादन र वितरण गर्ने काम गर्छ । तर, माओवादी र एमाले दुवैले समाज र राज्यको स्वामित्वमा उद्योग, कलकारखानाहरू खोल्ने, योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको बन्दोबस्त दिने, शिक्षा स्वास्थ्य निःशुल्क गर्ने, क्रान्तिकारी भूमिसुधार लागु गर्ने, उत्पादनका साधनहरू सामाजिकीकरण गर्ने र गरिबहरूको ऋण छुट गरेर ऋणबाट मुक्त गरिदिनेलगायतको समाजवादसँग सम्बन्धित क्रान्तिकारी सरकारले गर्नुपर्ने यी कामहरू गरेनन् । त्यसैले यी दुवै पार्टीहरू कम्युनिस्ट होइनन् । यस्तो छद्मभेषी र नक्कली कम्युनिस्टहरूविरुद्ध सैद्धान्तिक तथा वैचारिकरूपमा स्थापनाकालदेखि सडक र सदनमा नेमकिपा सङ्घर्षरत छ ।
Leave a Reply