भर्खरै :

नेपाल राष्ट्र बैङ्कमा यो अराजकता किन ?

नेपाल राष्ट्र बैङ्कमा यो अराजकता किन ?

काठमाडौँ, १७ पुस । नेपाल राष्ट्र बैङ्कले २०८१ असोज ८ गते बैङ्कका पहिलो गभर्नर हिमालय शमशेर जबराबारे काठमाडौँस्थित हायात रिजेन्सी होटेलमा एउटा गोष्ठी आयोजना ग¥यो । उक्त कार्यक्रममा भारतीय रिजर्भ बैङ्कका गभर्नर शक्तिकान्त दासलाई आमन्त्रित गरिएको थियो ।
कार्यक्रममा दासले हिमालय शमशेरबारे वक्तव्य दिए । कार्यक्रमपछि नेपाल राष्ट्र बैङ्क बालुवाटारस्थित गभर्नरको कार्यालयमा दुवै देशका गभर्नरहरूबिच नेपाल–भारत सीमा वारपार हुने भुक्तानी पद्धतिलाई सहज र सरल बनाउन दुवैतर्फबाट उपयुक्त डिजिटल उपकरण सञ्चालन गर्ने विषयमा छलफल भयो । छलफलपश्चात् दासले नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीलाई महात्मा गान्धी अङ्कित सिक्का उपहार दिए । नेपालका गभर्नर अधिकारीले भारतीय गभर्नर दासलाई नेपालको टक्सारबाट टङ्कन गरिएका गाई अङ्कित दुई थान चाँदीका सिक्कासहित सानो निलो सन्दुक उपहार दिए ।
सोही अवसरमा निलो रङको सन्दुकमा आफ्नो भिजिटिङ कार्डसमेत राखेर गभर्नर अधिकारीले भारतीय रिजर्भ बैङ्कका गभर्नर दासमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गाई अङ्कित सिक्काहरू उपहार पठाए । भारत पठाइएका सिक्का खोटा र स्वरूप बिगे्रको केही दिनपछि सार्वजनिक भयो । त्यसपछि गभर्नर अधिकारीले आफ्ना उपनिर्देशक स्वेच्छा शाक्यलाई मुम्बई भ्रमण काजमा खटाएर खोटा सिक्काहरूको सट्टा नयाँ सिक्काहरू भारत पठाए ।
गभर्नर अधिकारीले भारतीय प्रम मोदीलाई उपहार पठाएको विषय कूटनीतिक आचारसंहिता, २०७७ को दफा ७ (१) आकर्षित हुने हुँदा आवश्यक छानबिन गरी कारबाही गर्नु जरूरी छ ।
यो यथार्थबारे राष्ट्र बैङ्ककै अधिकारीहरू असन्तुष्ट रहेको विवरण प्रम केपी ओलीसमक्ष पुगे पनि गभर्नर अधिकारीमाथि कारबाही नहुनुले राष्ट्र बैङ्कमा अराजकता बढ्दै जाने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *