त्रिशुली–३ कोे सुरुङबाट विदेशीसहित २०८ को उद्धार
- भाद्र १३, २०८३
नुवाकोट, १७ पुस । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बुधबार नुवाकोटको विदुर नगरपालिकाका प्रमुख, शिवपुरी गाउँपालिकाका अध्यक्ष र लिखु गाउँपालिकाका अध्यक्षसँग छुट्टाछुट्टै भेट गर्नुभयो ।
नगर प्रमुख प्रजापति र विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठबिच भएको भेटमा दुई स्थानीय तहबिच भएको कार्य सम्पादन, सेवा प्रवाह, सम्पदा पुनःनिर्माण, विकास निर्माणलगायतका क्षेत्रमा अनुभव आदानप्रदान भयो ।
ख्वप विश्वविद्यालय स्थापना गर्ने उद्देश्यले सोको लागि आवश्यक भौतिक पूर्वाधारहरूको निर्माणमा पनि नपाले जोड दिँदै आएको चर्चा गर्दै प्रमुख प्रजापतिले भक्तपुर नपाले विभिन्न जिल्लाबाट आएका विद्यार्थीहरूलाई सस्तोमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताउनुभयो ।
विदुर नपाका प्रमुख राजन श्रेष्ठले विदुर नगरपालिकाको ऐतिहासिक, सांस्कृतिक र नगरका आयोजनाहरूबारे प्रस्ट पार्नुभयो । भेटमा विदुर नपाका प्रमुख प्रशासकीय अधिकृत स्वागत पौडेलले १३ वटा वडामा विभाजित रहेको र २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त नुवाकोट दरबार पुनःनिर्माणको क्रममै रहेको बताउनुभयो ।
उहाँले विदुर नपामा सांस्कृतिक र ऐतिहासिक सम्पदाहरू धेरै रहेको र यस नपाको देवीघाटमा सुविधासम्पन्न वृद्धाश्रम पनि रहेको बताउनुभयो ।
विदुर नपामा साना र ठुला गरी ९०० वटा योजनाहरू सञ्चालन भइरहेको अवगत गराउँदै उहाँले नगरपालिकाले वार्षिक रु. ६ करोडको हाराहारीमा आन्तरिक आम्दानी गर्दै आएको बताउनुभयो ।
त्यस्तै, शिवपुरी गाउँपालिकाका अध्यक्षसँग भएको भेटमा प्रमुख प्रजापतिले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य क्षेत्रमा गरिरहेका असल अभ्यासबारे जानकारी गराउँदै क्षेत्रफलको आधारमा भक्तपुर देशकै सानो नगरपालिका भए पनि देशकै उत्कृष्ट शैक्षिक र पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास भइरहेको जानकारी दिनुभयो ।
प्रमुख प्रजापतिलाई स्वागत गर्दै शिवपुरी गापा अध्यक्ष गोविन्दप्रसाद थपलियाले भक्तपुर नपाको काम अन्य स्थानीय तहहरूको लागि पनि सिकाइको विषय भएको बताउनुभयो ।
शिवपुरी गापा कृषि, पशुपालन र फलफूल खेतीको प्रचुर सम्भावना भएको ठाउँ भएको जानकारी दिँदै उहाँले ज्येष्ठ नागरिकहरूको लागि स्वास्थ्य शिविर, गर्भवती महिलाहरूको लागि विशेष सुविधा र ६० वर्षमाथिका नागरिकलाई निःशुल्क औषधि वितरणजस्ता योजनाहरू अगाडि सारिरहेको बताउनुभयो ।
शिवपुरी गापाको आन्तरिक राजस्व न्यून रहेको उल्लेख गर्दै उहाँले कृषि प्राविधिकको अभावमा कृषि क्षेत्रको विकासमा अपेक्षाकृत काम गर्न नसकिएको बताउनुभयो । भेटको अवसरमा उपप्रमुख, प्रशासकीयलगायतका गाउँपालिकाका पदाधिकारीहरूको उपस्थिति थियो ।
त्यसैगरी भक्तपुर नगर प्रमुख प्रजापति र लिखु गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठबिच भएको भेटमा सिकाइ अनुभवबारे अनुभव आदानप्रदान भयो । भेटको क्रममा प्रमुख प्रजापतिले कृषि क्षेत्रको विकासले देशको दिगो विकास सम्भव भएको धारणा राख्दै सरकारले युवाहरूलाई नियोजितरूपमा विदेश जान बाध्य पारिरहेको बताउनुभयो ।
लिखु गापाका अध्यक्ष श्रेष्ठले ६ वटा वडामा विभाजित लिखु गापा कृषिको उर्वरभूमिको रूपमा रहेको बताउनुभयो । लिखु गापामा आलु उत्पादन प्रमुख बालीको रूपमा रहेको जानकारी गराउँदै उहाँले आफूहरू निर्वाचित भएर आएपछि यहाँका सामुदायिक विद्यालयको शैक्षिक सुधारमा विशेष जोड दिएर काम गरिरहेको बताउनुभयो ।
लिखुमा युवा विद्यार्थीको अभावमा यहाँका कलेजहरू बन्द हुने अवस्थामा रहेको छ । सरकारले कृषि क्षेत्रको विकासमा जोड दिनु आवश्यक छ, उहाँले भन्नुभयो ।
उक्त भेटमा नेमकिपाका केन्द्रीय सदस्य राजवीर डंगोल, नेमकिपा नुवाकोट जिल्ला अध्यक्ष रवीन्द्र डंगोल र भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलालगायतको उपस्थिति थियो ।
Leave a Reply