बेदकोटमा मुक्त कमैयाहरूको भेला एवं प्रशिक्षण
- आश्विन २८, २०८२
रसुवा, १८ पुस । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई रसुवा जिल्लाको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्यालले गाउँपालिकामा स्वागत गर्नुभयो । अध्ययन भ्रमणको क्रममा रसुवा पुग्नुभएका प्रमुख प्रजापतिसहितको टोलीलाई अध्यक्ष अर्यालले खादा ओढाइ गाउँपालिका कार्यालयमा स्वागत गर्नुभएको हो ।
भेटमा उहाँहरूबिच भक्तपुर र रसुवाको ऐतिहासिक, सांस्कृतिक, शैक्षिक एवम् सामाजिक विषयमा अनुभव आदानप्रदान गर्नुभयो ।
प्रमुख प्रजापतिले निर्वाचन घोषणापत्रबमोजिम भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्यमा जनताको सहज पहुँच पु¥याउन विभिन्न शैक्षिक संस्था सञ्चालन तथा १०० शय्याको ख्वप अस्पताल सञ्चालन गरी जनताको सेवा गरिरहेको बताउनुभयो ।
उहाँले भक्तपुर नपाले शैक्षिक ऋण र छात्रवृत्ति प्रदान गर्दै विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गर्दै आएको बताउँदै सामुदायिक शिक्षालाई गुणस्तरीय बनाउन सके जनताले सहजरूपमा उच्च शिक्षा हासिल गर्ने वातावरण तयार हुने धारणा राख्नुभयो ।
सोही क्रममा उत्तरगया गापाका अध्यक्ष अर्यालले भक्तपुरको सिकाइ उपलब्धि देशकै लागि नमुनाको रूपमा रहेको धारणा राख्दै भक्तपुरका जनप्रतिनिधिलाई स्वागत गर्न पाउँदा निकै गौरवान्वित महसुस भएको बताउनुभयो ।
उत्तरगया गापाले कृषिजन्य रैथाने बालीमा कृषकहरूलाई अनुदान दिने कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै उहाँले निर्वाचन घोषणापत्रअनुसार विकास निर्माणको गतिविधिलाई अगाडि बढाउँदै आएको बताउनुभयो ।
गाउँपालिकाले एमबीबीएस अध्ययन गर्ने विद्यार्थीलाई वार्षिक ३ लाख, इन्जिनियर अध्ययन गर्ने विद्यार्थीलाई १ लाख २५ हजार र हेल्थ एसिस्टेन्ट र स्टाफ नर्स अध्ययन गर्ने विद्यार्थीहरूलाई ५० हजारका दरले दुई दुई जना विद्यार्थीहरूलाई वार्षिकरूपमा आर्थिक सहयोग पनि गर्दै आएको उहाँले जानकारी दिनुभयो । त्यसको लागि भविष्यमा रू.५० लाखसम्म गाउँपालिकाले व्यहोर्ने सोचले त्यो कार्यक्रम अगाडि बढाएको बताउनुभयो ।
उक्त भेटमा रसुवाका उपाध्यक्ष चमेली गुरूङ, नेमकिपा केन्द्रीय सदस्य राजवीर डंगोल, भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलालगायतको उपस्थिति थियो । भेटमा उहाँहरूबिच नपाका प्रकाशनहरू आदानप्रदान भएको थियो ।
त्यस्तै भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले रसुवाको धुन्चेमा अवस्थित २५ शय्याको रसुवा अस्पतालमा बिहीबार निरीक्षण गर्नुभयो । प्रमुख प्रजापतिलाई रसुवा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट त्रिभुवनचन्द्र झाले अस्पतालमा स्वागत गर्नुभएको थियो ।
प्रमुख प्रजापतिले अस्पतालमा उपलब्ध विभिन्न सेवाहरूबारे जानकारी लिँदै अस्पतालका चिकित्सक, कर्मचारीहरूसँग भेटघाट गर्नुभयो ।
भेटमा उहाँले नेपालको संविधानले सुनिश्चितता गरेको आधारभूत स्वास्थ्य उपचार सबै ठाउँका जनताले पाउनुपर्ने धारणा राख्दै स्वास्थ्य क्षेत्रमा हुने अनियमितता र भ्रष्टाचार अन्त्य भएमात्र जनताले राम्रो उपचार पाउन सक्ने बताउनुभयो ।
उहाँले स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिले राम्रो सेवा दिन सके व्यापक जनताको सेवा हुने बताउनुभयो ।
ग्रामीण क्षेत्रका जनतालाई आधारभूत स्वास्थ्य सेवामात्र प्रभावकारी ढङ्गले दिन सकिए जनतालाई सहज हुने बताउँदै उहाँले भक्तपुर नगरपालिकाले अहिले स्वास्थ्यको उपचारको क्षेत्रमा प्रगति गरिरहेको जानकारी दिनुभयो ।
मेसु झाले रसुवा अस्पतालले उपलब्ध स्रोेत र जनशक्तिबाट जनतालाई सहजरूपमा सेवा दिने प्रयास गरिरहेको उल्लेख गर्दै २५ शय्याको रसुवा अस्पतालले धुन्चेका १२ हजार जनसङ्ख्यालाई मध्यनजर गर्दै सेवा प्रदान गर्दै आएको बताउनुभयो ।
प्रमुख प्रजापतिले मेसु झालाई नपाका प्रकाशनहरू उपहारको रूपमा प्रदान गर्नुभएको थियो ।
Leave a Reply