भक्तपुर नगरपालिका वडा नं. २ मा स्वास्थ्य शिविर
- बैशाख ३१, २०८३
भक्तपुर, २१ पुस । “समाज र सङ्गठनको कामलाई प्राथमिकता दिई इमानदारीपूर्वक जनताको सेवा गर्ने मानिस जनताको मनमा सदा स्मरणीय हुन्छ ।” उक्त विचार सङ्गम साकोसका सल्लाहकार, समाजसेवी तथा पूर्ववडाध्यक्ष कुमार चवालको श्रद्धाञ्जली सभामा वाग्मती प्रदेशसभाका सदस्य तथा नेमकिपाका केन्द्रीय सदस्य सुरेन्दराज गोसाईले व्यक्त गर्नुृभएको हो ।
परिवारलाई भन्दा समाजलाई पहिलो प्राथमिकता दिने दिवङ्गत चवालको व्यवहारबाट नयाँपुस्ताले शिक्षा लिनुपर्ने कुरा राख्दै सभासद् गोसाईले भन्नुभयो, “असल विचारले नेतृत्व गरेको सङ्गठन, निरन्तर आन्दोलन तथा सङ्घर्षको भावनाले प्रेरित भएरै कुमार चवाल बालकदेखि वृद्धसम्मको मनमा बस्न सफल भएको हो ।”
उहाँले नयाँपुस्ताले जिम्मेवारीका साथ सङ्गठनको मार्गदर्शनमा समाजसेवामा लाग्नुपर्ने विचार राख्नुभयो । आफू सक्रिय रहेको कुनै पनि क्षेत्रमा इमानदारीका साथ सेवा गर्ने र गलत प्रवृत्तिको विरोध गर्ने कुरा उहाँबाट सिक्न सकिने विचार उहाँले राख्नुभयो ।
संस्थाका सल्लाहकार न्हुछेराम भेलेले दिवङ्गत चवाल विद्यार्थी कालदेखि नै सङ्गठनमा सकृय भएको र पार्टीको निर्देशनअनुसार कठिन परिस्थितिमा पनि आफ्नो जिम्मेवारी पूरा गर्ने कार्यकर्ता रहेको बताउनुभयो ।
संस्थाका अर्का सल्लाहकार राजाराम चवालले दिवङ्गत चवाल असल सङ्गठनकर्ता र बालकदेखि वृद्धसम्म सबैलाई चित्त बुझाएर कुरा गर्नसक्ने व्यक्ति रहेको चर्चा गर्नुभयो । सङ्गम बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष रामप्रसाद सिंबन्जारले संस्था स्थापना र यसको सञ्चालन तथा समाजमा संस्थाप्रति विश्वासको वातावरण सिर्जना गर्न उहाँले निभाउनुभएको भूमिकाबारे चर्चा गर्नुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष बलराम सिबन्जारले मृतक चवालले पु¥याउनुभएको योगदानबारे चर्चा गर्नुभयो । कार्यक्रममा निवर्तमान अध्यक्ष कृष्णगोपाल छुस्याकी, सल्लाहकार न्हुछेरत्न खाइतु र संस्थाका सचिव विजय लोहलाले पनि श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्नुभएको थियो ।
Leave a Reply