भक्तपुर नगरपालिका वडा नं. २ मा स्वास्थ्य शिविर
- बैशाख ३१, २०८३
भक्तपुर, २२ पुस । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग भक्तपुर नगरपालिकाको अध्ययन अवलोकनको लागि आएको दार्चुलाको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहरासहितको टोलीले भनपा सभाकक्षमा सोमबार भेट ग¥यो ।
भेटको क्रममा भनपा प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण र सरसफाइको क्षेत्रमा गरिरहेको कार्य देशकै निम्ति उदाहरणीय रहेको बताउँदै भक्तपुर नगरपालिकाले नगरलाई पर्यटकीय गन्तव्य बनाउन मङ्सिर २८ गतेदेखि पुस २ गतेसम्म भक्तपुर महोत्सव आयोजना गरी देश विदेशका करिब ८ लाख आन्तरिक र बाह्य पर्यटकहरूले महोत्सव अवलोकन गरेको जानकारी दिनुभयो ।
उहाँले स्थानीय तहअनुसार विविधता हुने बताउँदै भक्तपुर नगरको विशेषता सांस्कृतिक र ऐतिहासिक सम्पदायुक्त पर्यटकीय नगर भएकोले यहाँको प्रमुख आम्दानीको स्रोत पर्यटन रहेको बताउनुभयो ।
अपिहिमाल गाउँपालिकाका अध्यक्ष बोहराले अपिहिमाल गाउँपालिका क्षेत्रफलको हिसाबले भक्तपुरभन्दा ठुलो भए तापनि थोरै जनसङ्ख्या र हिमाली जडिबुटीको प्रचुर सम्भावना भएको गाउँपालिका भएको बताउनुभयो । उहाँले भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्यमा गरिरहेको कार्य अन्य स्थानीय तहको लागि उदाहरणीय रहेको बताउँदै भक्तपुर नपाले मौलिक शैलीमा पुरातात्विक सम्पदा निर्माण गर्न अपिहिमाल गापाका प्राविधिकहरूलाई सोसम्बन्धी तालिम दिई सहकार्य गर्न सकेमा उपयुक्त हुने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणमा गरिरहेको कार्यबारे जानकारी दिनुभएको थियो ।
कार्यक्रममा भनपा–९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व, भनपा–८ का वडाध्यक्ष कृष्णप्रसाद कोजू, भनपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईलगायत जनप्रतिनिधिहरूको उपस्थिति थियो ।
Leave a Reply