भर्खरै :

भेनेजुयलाको राष्ट्रिय सभाद्वारा जनवरी १० मा शपथग्रहणका लागि राष्ट्रपति मादुरोलाई निमन्त्रणा

भेनेजुयलाको राष्ट्रिय सभाद्वारा जनवरी १० मा शपथग्रहणका लागि राष्ट्रपति मादुरोलाई निमन्त्रणा

कराकस, २२ पुस (टेलिसुर) । संरा अमेरिकी सरकारको हस्तक्षेपको धम्कीबिच भेनेजुयलाको राष्ट्रिय सभाद्वारा जनवरी १० मा शपथग्रहणको लागि राष्ट्रपति मादुरोलाई निमन्त्रणा गरेको छ ।
भेनेजुयलाको राष्ट्रिय सभाका अध्यक्ष (एएन) जर्ज रोड्रिग्वेजले आइतबार एक पत्रमा हस्ताक्षर गरी गणतन्त्रका राष्ट्रपतिमा पुनः निर्वाचित निकोलस मादुरोलाई जनवरी १० मा शपथग्रहण गर्नको लागि आमन्त्रण गर्नुभएको छ । संसद्का सदस्यहरूसमक्ष शपथग्रहणपछि २०२५–२०३१ को अवधिको लागि राष्ट्रपति मादुरो वैध हुनुहुनेछ र राष्ट्रपतिको नयाँ ६ वर्षे कार्यकालको सुरूवात हुनेछ । रोड्रिग्वेजले यो घटनाले संस्थागत निरन्तरताको प्रतीक हुने र जनमतसङ्ग्रहको बहुमत समान जनभावनाको कदर हुने बताउनुभयो ।
भेनेजुयलाको संविधानको अनुच्छेद २३१ को प्रावधानहरूको पालना गर्दै दिउँसो १२ बजेको लागि समारोह आयोजना गर्ने आधिकारिक सञ्चारको माध्यमबाट रोड्रिग्वेजले निमन्त्रणलाई औपचारिक रूप दिनुभयो ।
नतिजाहरू दुवै राष्ट्रिय निर्वाचन परिषद् र सर्वोच्च अदालतद्वारा मान्य भएको उल्लेख गर्दै राष्ट्रिय सभाका अध्यक्ष रोड्रिग्वेजले जुलाई २८, २०२४ का दिन चुनावी प्रक्रियाको वैधानिकतामा जोड दिनुभएको थियो । “राष्ट्रिय निर्वाचन परिषद् भेनेजुयलामा लोकप्रिय चुनाव पोस्टहरू घोषणा गर्न सक्षम एक मात्र निकाय हो”, रोड्रिग्वेजले भन्नुभयो ।
रोड्रिग्वेजले राष्ट्रिय सार्वभौमसत्ताको रक्षामा जोड दिँदै चुनावी प्रक्रियाको वैधतामाथि प्रश्न उठाउनेहरूको आलोचना गर्नुभयो । “बोलिभारियाली गणतन्त्रमा शान्तिको जगलाई कमजोर पार्ने प्रयासहरू सफल हुँदैनन्”, उहाँले भेनेजुयलाका संस्थाहरूलाई अस्थिर बनाउने उद्देश्यले ‘संशोधन’ भनेर वर्णन गरेको कुरालाई अस्वीकार गर्दै घोषणा गर्नुभयो ।
एक सदनात्मक विधायिकाका अध्यक्षले राष्ट्रपति मादुरोको लागि लोकप्रिय समर्थनलाई उजागर गर्दै भन्नुभयो, “लाखौंँ भेनेजुयालीहरू वर्तमान सरकारलाई समर्थन गर्दै आएका छन् । उहाँले देशको स्वतन्त्रता र सार्वभौमिकताप्रतिको प्रतिबद्धतालाई जोड दिँदै यी मूल्यहरूलाई ‘भेनेजुयाली समाजको अमर डीएनएको भाग’को रूपमा वर्णन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *