भर्खरै :

“समाजवादी व्यवस्था स्थापना नभएसम्म सङ्घर्ष जारी रहनेछ”

रौतहट, २२ पुस । नेपाल मजदुर किसान पार्टी रौतहट जिल्लाको आयोजनामा माधवनारायण नगरपालिकास्थित विसुनपुर्वामा सोमबार कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले नेमकिपा कामदार जनताको हक, अधिकार सुनिश्चित गराउनको लागि सङ्घर्षत रहेको बताउनुभयो ।
तराईको ऐतिहासिक किसान आन्दोलनबारे चर्चा गर्दै उहाँले भन्नुभयो, “विगतको किसान आन्दोलनको समीक्षा गर्दै अगाडि बढ्न सकेमा तराईको किसान समस्या समाधान गर्न सकिनेछ ।”
मधेसमा जातीय, क्षेत्रीय नारा लगाएर यहाँका शासकहरू आफ्नो आसन अझै कायम राख्न खोज्दै छन् । नेमकिपाले वर्गीय आन्दोलन अगाडि बढाउन जोड दिँदै आएको हो । समाजवादी व्यवस्था स्थापना नभएसम्म हाम्रो सङ्घर्ष जारी रहनेछ, उहाँले भन्नुभयो ।
नेमकिपा स्थापनाकालदेखि नै देश र जनतामा समर्पित पार्टी भएकोले सडक र सदनमा सधैँ नेमकिपा प्रखर प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको उहाँले स्पष्ट पार्नुभयो ।
केन्द्रीय सदस्य काफ्लेले भन्नुभयो, “तराईका जनताको समस्या समाधान जातीय र क्षेत्रीय राजनीतिले समाधान गर्न नसक्ने भएकोले वर्गीय आन्दोलन र विगतमा भएको किसान आन्दोलनलाई अगाडि बढाउनुपर्छ ।”
भारतीय विस्तारवादले नेपालको विभिन्न ठाउँमा सिमाना अतिक्रमण गरे पनि यहाँका शासक दलहरूले एक शब्द बोल्न नसक्ने भनेको यिनीहरू भारतीय विस्तारवादका दलालहरू रहेको स्पष्ट भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेमकिपा सर्लाहीका जिल्ला सदस्य रामाकान्त कापरले चुनावमा व्यक्त गरेका प्रतिबद्धताअनुसार नेमकिपाका निर्वाचितहरूले काम गरिरहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *