भक्तपुर नगरपालिका वडा नं. २ मा स्वास्थ्य शिविर
- बैशाख ३१, २०८३
भक्तपुर, २२ पुस । भक्तपुर महोत्सव २०८१ (मङ्सिर २८ गतेदेखि पुस २ गतेसम्म) मा सहभागी स्थानीय वडावासीहरूलाई भक्तपुर नगरपालिका वडा नं २ को आयोजनामा धन्यवादज्ञापन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणलगायतका क्षेत्रमा गरिरहेको कार्यको चर्चा गर्दै आन्तरिक र बाह्य पर्यटकहरूले गरेको महोत्सवको अवलोकनबाट उत्साह मिलेको विचार व्यक्त गर्नुभयो । भक्तपुरमा अवलोकनमा आउने आन्तरिक र बाह्य जनप्रतिनिधिहरूले भक्तपुर सिक्न, सिकाउन र हेर्नलायक भएको चर्चा गर्नुभएको पनि उहाँले व्यक्त गर्नुभयो ।
विकास निर्माणका हरेक कार्य उपभोक्ता समितिमार्फत गर्दा स्थानीय जनताको अधिक विश्वास र आत्मीयता बढेको चर्चा गर्दै उहाँले कसैको भर नपरी आफैले अग्रसर भएर काम गर्नुपर्ने बताउनुभयो । सार्वजनिक सम्पत्ति संरक्षण गर्न सम्पूर्ण जनता सचेत र सङ्गठित हुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भक्तपुर आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनका साथै परम्परागत सीप, कला, जीवनशैली निरन्तर जोगाइराख्नुपर्नेमा जोड दिनुभयो । भक्तपुर महोत्सवमा सम्पूर्ण भक्तपुरवासीले प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा अमूल्य योगदानको उच्च मूल्याङ्कन गर्दै उहाँले भक्तपुर नगरको मौलिकता संरक्षण र पर्यटन प्रवद्र्धनको लागि देश र समाजको सकारात्मक परिर्वतनमा सम्पूर्ण जनताको सक्रिय सहभागिता भएको बताउनुभयो ।
भक्तपुर महोत्सव सचिवालयका संयोजक गौतमप्रसाद लासिवाले भक्तपुर महोत्सव यहाँको कला, सीप, नाचगान, बाजागाजा, परम्परागत जीवनशैलीका सामग्रीहरू देखाउने र सोको अभिलेख तयार गर्न सघाउने महोत्सवको राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा सकारात्मक प्रचार रहेको चर्चा गर्नुभयो ।
भ.न.पा. वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पूर्ववडाध्यक्ष रवीन्द्र खर्बुजा, रत्नकाजी नातरी, वडा सदस्य श्यामसुन्दर मातां, मञ्जु लाखाजुले भक्तपुर महोत्सवबारे चर्चा गर्नुभएको थियो । कार्यक्रममा वडाका विभिन्न सहकारी, विद्यालय, दाफाभजन, स्थानीय महिला समूह, स्वयम्सेवकलगायत सम्पूर्णमा धन्यवाद प्रमाणपत्र वितरण गरिएको थियो ।
Leave a Reply