भर्खरै :

माघीको अवसरमा राजनीतिक दलका प्रतिनिधिहरूसँग राष्ट्रपति पौडेल

काठमाडौँ, १ माघ । २०८१ माघीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र राजनीतिक दलका प्रतिनिधिहरूबिच राष्ट्रपति भवनको प्राङ्गणमा शुभकामना आदानप्रदान भयो ।
राष्ट्रपति पौडेलले सुशासन र शान्ति स्थापनाको उद्देश्य पूरा गर्न राजनीतिकर्मीहरू एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रपति पौडेलको सम्बोधनको बेला माइक नसुनिएको हुँदा सम्बोधनमा अवरोध भएको थियो ।
राजनीतिक दलका उपस्थित प्रतिनिधिहरूसँग राष्ट्रपति र प्रधानमन्त्रीको केही छलफल भएन । राष्ट्रपति र राजनीतिक दलबिच कुनै छलफल नहुँदा शुभकामना भेटघाटको औचित्य पुष्टि नभएको सहभागीहरूको मत रह्यो ।
सरकारले करोड हाराहारीको सङ्ख्यामा नेपाली युवालाई वैदेशिक रोजगारीमा पठाएको हुँदा जिल्ला जिल्लामा खेतीपाती धेरै घट्यो । राष्ट्रपतिले खुवाउनुभएको चाकु, सखरखण्ड, तिलको लड्डु बनाउन आवश्यक उखु र अन्न उत्पादन नेपालमा नभएकोे स्थितिमा सुशासन र शान्ति कसरी कायम होला ? केही सहभागीहरूबिच यो प्रश्न पनि उठ्यो ।
राष्ट्रपतिले राजनीतिक दलका प्रतिनिधिहरूसँगको भेटघाटलाई घ्यु–चाकुमा मात्र सीमित नगरी देश र देशबासीको दुःख पीडाबारे पनि छलफल गर्नु उपयुक्त हुने कतिपय सहभागीहरूको मत रह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *