भक्तपुरमा तीनदिने ‘रोटरी पुस्तक प्रदर्शनी २०८३’ बिहीबारदेखि सुरु हुने
- कार्तिक ११, २०८३
भक्तपुर, माघ १ । भक्तपुर नगरपालिका वडा नं ७ मा अवस्थित हनुमानघाटमा मङ्गलबार भक्तपुर नगरपालिकाको आयोजनामा सरसफाइ कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा वातावरण समितिका संयोजक एवं भक्तपुर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष रवीन्द्र ज्याख्वले पञ्चायतकालदेखि नै सरसफाइलाई प्राथमिकता दिँदै आइरहेको जानकारी गराउनुभयो । भक्तपुर नगरपालिकाले संस्कार तथा अभियानको रूपमा प्रत्येक महिनाको १ र १५ गते पाक्षिक सरसफाइ कार्यक्रम निरन्तररूपमा गरिँदै आएको बताउँदै उहाँले हनुमानघाट धार्मिक दृष्टिले महत्वपूर्ण सम्पदा रहेकोले सरसफाइ अभियानले यसको सुन्दरता थपिएको बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष उकेश कवांंले हनुमानघाट प्रसिद्ध तीर्थस्थलको रूपमा रहेकोले यस क्षेत्रमा क्रमिकरूपले वातावरण सुधारका कार्यहरू भइरहेको जानकारी गराउनुभयो । हनुमानघाट क्षेत्रको संरक्षणको लागि स्थानीय निकायहरूसँग छलफलका कार्यक्रमहरू आवश्यक रहेको बताउँदै सरकारले खोला तथा नदी संरक्षण सुधारका लागि पहल नगरिरहेको अवस्थामा भक्तपुर नगरपालिकाले बजेट विनियोजन गरी थुप्रिएको माटो निकाल्ने कार्यहरू गरिँदै आएको उहाँले बताउनुभयो ।
कार्यक्रममा वडा नं ७ का वडा सदस्य हेरा ख्याजुले पनि बोल्नुभएको थियो ।
Leave a Reply