यासुकुनी मन्दिरको भ्रमण र आर्थिक प्रस्तावहरूले जापानको ‘शान्तिको देश’ मकुन्डो च्यात्छ
- कार्तिक १०, २०८३
एक्काइसौँ शताब्दी शान्ति, विकास, सहकार्य र आपसी हितको निम्ति एकले अर्काेलाई सहयोग गर्ने युग हो† हतियारको धाक देखाएर स्वतन्त्र र सार्वभौम मुलुकलाई ध्वस्त पार्ने, नरसंहार गर्ने युग होइन । संसारका सबै देशहरूले विकास गर्न सकून्, विकास गर्ने बाटो खोलून् भनेरै चिनियाँ सरकारले रेशम मार्गको बाटो अघि सारेको हो । एसियाली, युरोपेली र अफ्रिकी देशहरूलाई अझ नजिक ल्याउन र आपसी हितकारी सहकार्यलाई नयाँ उचाइमा पु¥याउन चीनले रेशम मार्गको अवधारणा ल्याएको हो । मानव समाजको साझा आदर्श र सुखलाई प्रतिबिम्बित गर्ने यो योजना अन्तर्राष्ट्रिय सहकार्य गर्ने भरपर्दाे बाटो हो । यसले एक अर्काबिच समझदारी, विश्वास र सम्मान गर्न सक्षम बनाउन र सद्भाव, शान्ति तथा समृद्धिको विकासमा साथ दिन्छ । एक अर्काे देशको सार्वभौमिकता र भौगोलिक अखण्डताप्रति आपसी सम्मान, एक आपसमा अनाक्रमण, एक अर्काको आन्तरिक मामिलामा अहस्तक्षेप, समानता, आपसी हित र शान्तिपूर्ण सहअस्तित्वको सिद्धान्तलाई पनि यस मार्गले आत्मसात गरेको छ ।
क्षेत्र र बाटो निर्माणको लागि लगानी र व्यापार सुविधाको सहजतामा तगारो हाल्ने देशहरूलाई राम्ररी चिन्नुपर्छ । जैविक वातावरणको रक्षा गर्न, जैविक विविधताको संरक्षण गर्न, जलवायु परिवर्तनको चुनौतीको सामना गर्न र रेशम मार्गलाई वातावरणमैत्री बनाउन हातमा हात राखी काम गर्नुपर्दछ भन्ने चीनको मान्यता हो । विज्ञान र प्रविधिको क्षेत्रमा सहकार्य बढाउने, अन्तर्राष्ट्रिय प्रविधि हस्तान्तरण केन्द्र तथा सामुदायिक सहकार्य केन्द्र स्थापना गर्ने, क्षेत्र र बाटोमा परेका देशहरूबिच युवा रोजगारी, व्यावसायिक तालिम, सीपमूलक दक्षताको विकास, सामाजिक सुरक्षा व्यवस्थापन, सार्वजनिक प्रशासन र व्यवस्थापनलगायत साझा चासोका विषयमा व्यवहारिक सहकार्यको विस्तार र विकास गर्ने पनि रेशम मार्गको अवधारणा रहेको छ ।
यो चीनको प्रस्ताव भए पनि क्षेत्र र बाटोको अगुवाइ यो मार्गमा परेका सबै देशहरूको साझा हितमा छ । सबै पक्षहरूको चासो र भावनालाई सम्मान गर्न चीन तयार छ । साझा लक्ष्य प्राप्तिको लागि सबै देशले साथ दिने र सहकार्य गर्ने चीनको विश्वास हो । चीनसँग पूर्ण दौत्य सम्बन्धको स्थापना गर्ने खाडी मुलुकमध्ये कुबेत पहिलो हो । चीनको राम्रो विदेश नीतिको कुबेतले बिनासन्देह समर्थन गरेको छ । दुई देशबिचको व्यापार बलियो बनाउने कुबेत र चीनको इच्छा हो । चीन र स्वीडेनबिचको कूटनीतिक सम्बन्ध पनि त्यतिकै घनिष्ठ छ । स्वीडिस जनतामा चिनियाँ संस्कृतिप्रति गहिरो सम्बन्ध छ । स्वीडिस पर्यटकहरूमा ग्रेटवाल हेर्ने इच्छामात्र होइन चिनियाँ जनतासँग भिज्ने चाहना छ । उनीहरू चिनियाँ संस्कृति, परम्परा, प्रथा र विचारप्रति अभिरुचि राख्छन् । चीन शान्तिको लागि स्वतन्त्र विदेश नीति, शान्तिपूर्ण सहअस्तित्वको सिद्धान्तलाई मान्यता दिन्छ । स्वच्छता र न्यायको पक्षमा अग्रसर चीन विकासशील मुलुकहरूको समग्र हित कायम राख्न र अन्तर्राष्ट्रिय सम्बन्धलाई प्रजातान्त्रीकरण गर्न जोड दिन्छ । २१ औँ शताब्दीको सामुदायिक रेशम मार्गको अवधारणाले चीनको विकासमात्र होइन वरपरका देशहरूको विकासको रणनीतिलाई एकाकार गर्छ । चीनले हरेक देशलाई आकार या समृद्धिको कुनै वास्ता नगरी समानतापूर्वक व्यवहार गर्ने र एकले अर्काको सार्वभौमिकता, स्वायत्तता, भूअखण्डता, विकासको मार्ग र मान्यताको सम्मान गरेको छ । चीनको अवधारणा द्वन्द्व र सैनिक हस्तक्षेपबाट टाढा रहेको छ ।
नयाँ कूटनीतिक अवधारणाले अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत नियमहरूको पालना र अहस्तक्षेपको नीतिमा अडिग हुनुपर्ने माग चीनको हो । चीनले आफूसँग लामो समयदेखि मैत्रीपूर्ण सम्बन्ध भएका तर हाल विकास कार्यमा कठिन परिस्थिति झेलिरहेका छिमेकी तथा विकासशील देशहरूको हितको निम्ति प्राथमिकता दिएको छ । यसले विश्वका देशहरूबिच असमाञ्जस्य होइन सामञ्जस्य कायम हुनेछ; असमझदारी होइन समझदारी, अविश्वसनीय होइन विश्वसनीय, विध्वंस, अशान्त होइन सिर्जनात्मक र शान्तिको सन्देश छर्नेछ । चिनियाँ सपना भनेको ‘विश्वव्यापी सद्भाव’ को लागि सबै देशहरूको एकता हो । चिनियाँ सभ्यताले कहिल्यै शक्तिको प्रदर्शन गरेन न त हस्तक्षेपकारी नीति नै अख्तियार गरेको देखिन्छ । चीनले ‘सद्भाव’ नै सर्वाेत्तम मूल्य हो भन्ने भावनालाई आत्मसात गरेको छ ।
चीनको राज्य परिषद् सूचना कार्यालयका प्रमुख मन्त्री काय मिङचाओले संसारलाई प्रभावित पार्ने एउटा सपना चिनियाँ सपना ठानेका छन् । चिनियाँ सपनाले उत्तम जीवनको लागि चिनियाँ जनताको चाहना र भावना, राष्ट्रिय पुनर्जागरणको कार्यान्वयन र चिनियाँ विशेषतासहितको समाजवाद निर्माणलाई जोड दिएको छ । चीनको लागि चिलीका राजदूत लुइस स्मीड मोन्टेसले चिली ल्याटिन अमेरिकी देशहरूमध्ये चीनको दोस्रो ठुलो व्यापार साझेदार देश बनेको बताए । चिनियाँ लगानीकर्ताहरूले चिलीमा मात्र होइन सम्पूर्ण ल्याटिन अमेरिकामा नजर लगाइरहेका छन् । चीनसँगको व्यापारमा फाइदा पाउन सकेकोमा चिली भाग्यमानी देश बनेको छ । चिनियाँ सपना विश्वको सपना हो; चीन आज संसारकै दोस्रो ठुलो आर्थिक शक्ति बनेको देश हो । पहिलो आर्थिक शक्ति बन्ने क्रममा छ भन्ने उनको विश्वास हो । रेशम मार्गमा पर्ने एसियाली देशहरूको चीनसँग आर्थिक तथा व्यापारिक सम्बन्धको लामो इतिहास छ ।
चिनियाँ तथा अफ्रिकी जनताका आधारभूत आवश्यकता परिपूर्तिमा मित्रतालाई मात्र सीमित नराखी नयाँ किसिमको साझेदारको रूपमा विकास गरिएको पाइन्छ । २१ औँ शताब्दीको प्रस्तावित सामुद्रिक रेशम मार्ग आसियान र चीनबिचको सम्बन्ध स्तरोन्नति गर्ने माग, चीनमा सुधार र खुलापनको नयाँ चरणको आवश्यकता र आधुनिक विश्व रणनीतिक अवस्थाले जन्माएको हो । रेशम मार्ग व्यापार र सांस्कृतिक स्थानान्तरण पथहरूको श्रृङ्खला हो । यी पथहरूको श्रृङ्खला एसियाली महादेशका विभिन्न क्षेत्रमा आर्थिक तथा सांस्कृतिक अन्तरक्रियाको केन्द्र थियो । चिनियाँ जनताको प्रयास र प्रतिबद्धतालाई प्रस्ट रूप र अर्थपूर्ण उद्देश्य दिने चीनको सुधारसम्बन्धी नीति नै चिनियाँ सपना हो । व्यापक ढङ्गमा मध्यमस्तरको समृद्ध समाज निर्माण गर्नु त्यसको प्राथमिकता हो । सुधारको प्रयासलाई व्यापकरूपमा अगाडि बढाउनु नै समृद्धि र सामाजिक उन्नतिको बाटो भएको चिनियाँ राष्ट्रपति सी चिनफिङको ठम्याइ रहेको छ । चीनले आधुनिक तथा प्रगतिशील विश्व समाजमा एउटा मध्यम स्तरको उन्नत समाज बनाउन चाहेको देखिन्छ । राष्ट्रपति सिद्वारा ल्याइएको एक क्षेत्र एक मार्ग छिमेकी मुलुकप्रति चीनको रणनीतिको लागि मार्गनिर्देशन भएको छ । चीनको एक क्षेत्र एक मार्ग योजना (रेशम मार्ग आर्थिक क्षेत्र र एक्काइसौँ शताब्दीको सामुद्रिक रेशम मार्ग) को लागि महत्वपूर्ण बिन्दुहरू हुन् । चीनले बङ्गलादेश–चीन–भारत र म्यानमार आर्थिक मार्गका साथै चीन–पाकिस्तान आर्थिक मार्गको पनि प्रस्ताव गरेको छ । फ्रान्सका भूतपूर्व प्रधानमन्त्री र फ्रान्सेली राज्यसभाका वर्तमान उपाध्यक्ष जिन पियेर राफा लिनले चिनियाँ सपनालाई फ्रान्समा ग्रहण गरिएको र यो कुनै आक्रामक महत्वाकाङ्क्षा नभएको न्यायसङ्गत छ भनेका थिए ।
रुसको पूर्वी क्षेत्र र चीनको उत्तरपूर्वी प्रान्तहरूबिच स्वस्थ आर्थिक र व्यापारिक आपसी सहयोग बढेको छ । दुई देशबिचको सिमाना क्षेत्रमा आपसी हित र आपसी सहयोगको अभिवृद्धि भएको छ । चीन र रुसबिचको सम्बन्ध शक्ति राष्ट्रहरूबिचको सम्बन्धमध्ये सबैभन्दा परिपक्व सम्बन्ध भएको छ । सन् २०११ मा चीन र रुसले असल छिमेकीपन र मित्रवत् आपसी सहयोग सन्धिमा हस्ताक्षर भएको थियो ।
चिनियाँ र रुसी जनताबिच आपसी अनुभव र विचार आदानप्रदान भएको छ । उदीयमान आर्थिक शक्तिहरूको रूपमा चीन र रुस एक अर्काका परिपूरक हुन् । अन्तर्राष्ट्रिय राजनीतिलाई प्रजातान्त्रीकरण गर्नु चीन र रुसको साझा इच्छा हो । चीनको संसारमै उपभोगको सबैभन्दा द्रुत वृद्धिदर रहेको छ । कजाखस्तानका राष्ट्रपति नूर सुल्तान नाजारबायेभले रेशम मार्ग आर्थिक कजाखस्तानको उज्ज्वल मार्गको नयाँ आर्थिक नीतिसँग मिलाएर लान तयार भएको बताएका थिए । रुसका राजदूत आन्ड्रे डेनिसोभका अनुसार लगातार पाँच वर्षमा चीन–रुसको सबभन्दा ठुलो व्यापार साझेदार भएको छ ।
चीन अहिले सुधार र खुलापनको आधारभूत राष्ट्रिय नीतिमा अडिग छ । चीन संसारको उत्पादन देशहरूमध्ये दोस्रो स्थानमा रहेको छ । सन् २०१२ मा चिनियाँ राष्ट्रपति सी चिनफिङले पहिलोपटक चिनियाँ सपनाको अवधारणा प्रस्तुत गर्नुभएको थियो । अहिले चीनमात्र होइन विश्वका मुलुकहरू चिनियाँ सपना र यसको प्रभावबारे चनाखो भएर ध्यान दिइरहेका छन् । चिनियाँ सपना बुझ्न चिनियाँ विशेषता भएको समाजवादको पक्षलाई आत्मसात गर्नुपर्छ । राष्ट्रपति सीका अनुसार चिनियाँ सपना बुझ्ने पहिलो सर्त भनेको चिनियाँ विशेषता भएको समाजवादमा अडिग रहनु हो । सीले प्रस्तुत गर्नुभएको चिनियाँ सपनाको उद्देश्य चीन र संसारका देशहरूबिच सौहार्द र परस्पर लाभ होस् भन्ने नै हो । चिनियाँ सपना विश्वकै प्रगति, शान्ति र स्थायित्व भएको सपना हो । चीन भारतलाई प्रचुर सम्भाव्यता भएको बजार र लगानीको लागि उत्तम गन्तव्यको रूपमा लिन्छ ।
माल्दिभ्स र श्रीलङ्काका जनताले रोजेको आफ्नो देशको माटो सुहाउँदो राजनीतिक प्रणाली र विकासको मार्गलाई चीनले सम्मान गरेको छ । चीनले माल्दिभ्सको आर्थिक विकासमा सहयोग र समर्थन गरेको छ । राष्ट्रको स्वतन्त्रता, राजनीतिक र सामाजिक स्थिरतालाई उल्लङ्घन गर्ने कुनै पनि मुलुकको व्यवहारको विरुद्धमा रहेको चीनले प्रस्ट पारेको छ ।
पाकिस्तान एक चीन नीतिको बलियो समर्थक हो । दुई देशबिचको सम्बन्ध सामान्य कूटनीतिक परिधिभन्दा फराकिलो छ । राष्ट्रपति सीले पुनः जागरणको चिनियाँ सपनाको दूरदर्शी घोषणाले चिनियाँ जनतालाई मात्र प्रेरित गरेको छैन बरु संसारभरका विकासशील देशहरूलाई उत्साहित बनाएको पाकिस्तानको भनाइ रहेको छ । सुधार र खुलापन लागु भएदेखि चीन र म्यानमारबिच राजनीति, अर्थतन्त्र, संस्कृति, धर्म र लागुपदार्थविरुद्धको अभियानजस्ता क्षेत्रमा उच्च तहको र सर्वपक्षीय आदानप्रदान र सहयोग भइरहेको छ । आज चीन म्यानमारको ठुलो व्यापार साझेदार हो । चीनले बङ्गलादेश–चीन–पाकिस्तान आर्थिक मार्गको पनि प्रस्तान गरेको छ । यसरी चीनको विश्वका अधिकांश देशहरूसँग राम्रो सम्बन्ध कायम हुँदै छ । एक आपसको परस्पर सम्बन्धले विकासमा ठुलो साथ मिलेको छ । चीनको विभिन्न देशहरूसँगको सम्बन्धले गर्दा नेपालको विकासमा पनि थप टेवा मिल्ने विश्वास गर्न सकिन्छ । यस हिसाबमा यो पुस्तक समय सान्दर्भिक छ, पठनीय छ । प्राचीन रेशम मार्गको राजमार्गले २१ औँ शताब्दीको विज्ञान र प्रविधिको फाँटलाई अझ चौडा बनाउने छ र मानव जातिकै समृद्ध, जीवनमा योगदान पुग्नेमा शङ्का छैन ।
यो अति उपयोगी पुस्तक हो । चीनको सपनाबारे अध्ययन, अनुसन्धान गरी शोधग्रन्थ तयार गर्नेहरूको निम्ति नभई नहुने पुस्तक हो । नेमकिपा, वर्कर्स पब्लिकेसन र जनवर्गीय सङ्गठनहरूले प्रकाशित गरेका कृतिहरू कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारसित सम्बन्धित हुन्छन् । यी प्रकाशनहरूमा विस्तारवाद, साम्राज्यवाद, पुँजीवाद, सामन्तवादविरोधी स्वर सल्केको हुन्छ । देशको अखण्डता र स्वाधीनताको निम्ति आवाज उठाउने देश विदेशका शोषितपीडित जनताको आन्दोलनबारे पुस्तक प्रकाशन गरेर जनतालाई सुसूचित पार्ने हरेक कम्युनिस्ट पार्टी र देशभक्त जनताको दायित्व हो । चिनियाँ रेशम मार्ग र वैदेशिक नीतिसम्बन्धी लेख तथा अन्तर्वार्ता सङ्गालोको ‘चिनियाँ सपना’ पुस्तक पनि त्यसैको एउटा सिलसिला हो ।
Leave a Reply