न्गुएन थि डिन्ह (Nguyen Thi Dinh)
- भाद्र १२, २०८३
नयाँ वर्षको सुरुवातमा, ब्रिक्स सहयोगले नयाँ प्रगति गरेको छ । जनवरी १, २०२५ मा कजाकस्तान, मलेसिया, क्युवा, बोलिभिया र युगान्डालगायतका देशहरू आधिकारिकरूपमा ब्रिक्स साझेदार देश बने । जनवरी ६, २०२५ मा इन्डोनेसिया ब्रिक्सको पूर्ण सदस्य बन्यो ।
नयाँ थप सदस्यहरूले बृहत्तर ब्रिक्स सहयोगका लागि नयाँ युगको सुरुवात गरेको छ । ग्लोबल साउथको साझा हितको सेवा गर्दै बृहत्तर ब्रिक्स सहयोगले आर्थिक भूमण्डलीकरणको रूपान्तरण, विश्वव्यापी शासनको सुधार र विश्व शान्ति तथा विकासमा नयाँ योगदान पु¥याउन बाध्य छ ।
ब्रिक्स इतिहासले सिर्जना गरेको सङ्गठन हो र इतिहास पनि बनाइरहेको छ । ब्रिक्स सहयोग संयन्त्र उदीयमान बजार र विकासोन्मुख देशहरूको सामूहिक वृद्धिको बिचमा अस्तित्वमा आयो र बिस्तारै ग्लोबल साउथको ऐक्यबद्धता र सहयोग प्रवद्र्धनका लागि महत्वपूर्ण प्लेटफर्मको रूपमा विकसित हुँदै छ ।
ब्रिक्सको स्थापना भएको लगभग २० वर्ष भइसक्यो । आज ब्रिक्स देशहरूले विश्वव्यापी जनसङ्ख्याको लगभग आधा, विश्वव्यापी जीडीपीको ३० प्रतिशतभन्दा बढी र विश्वव्यापी आर्थिक वृद्धिमा ५० प्रतिशतभन्दा बढी योगदान गर्दछ । यो अन्तर्राष्ट्रिय मामिलामा राम्रोको लागि सकारात्मक र स्थिर शक्ति बनेको छ । ब्रिक्स परिवारको निरन्तर विस्तारले ब्रिक्स सहयोग संयन्त्रको ठुलो आकर्षण र प्रभावलाई पनि देखाउँछ ।
यो साझा खोज र शान्ति र विकासको व्यापक प्रवृत्तिको लागि ब्रिक्स देशहरू एकजुट भएका छन् । ब्रिक्स सहयोग संयन्त्रले आफ्नो स्थापनाकालदेखि नै आफ्नो भविष्यलाई ग्लोबल साउथको भाग्यसँग नजिकबाट जोडेको छ । ब्रिक्स देशहरू सधैँ बहुपक्षीयता, निष्पक्षता र न्याय र साझा विकासका लागि प्रतिबद्ध छन् ।
ग्लोबल साउथको सामूहिक उदयको ऐतिहासिक प्रवृत्तिको उज्यालोमा ब्रिक्स देशहरूले सहयोग संयन्त्रलाई विश्वव्यापी दक्षिणी देशहरूबिच एकता र सहयोग प्रवद्र्धन गर्न र विश्वव्यापी शासन प्रणालीको सुधारको प्रमुख शक्तिको रूपमा एक महत्वपूर्ण प्लेटफर्मको रूपमा निर्माण गर्न काम गरिरहेका छन् ।
ब्राजिलियन म्यागजिन फोरमको वेबसाइटमा प्रकाशित एउटा लेखले विश्व अर्थतन्त्रको गुरुत्वाकर्षणको केन्द्रलाई ग्लोबल साउथमा सार्दै २०२४ मा ब्रिक्स देशहरूले विश्वव्यापी आर्थिक वृद्धिको नेतृत्व गरेको कुरा औँल्याएको छ ।
बृहत् ब्रिक्स सहयोगको भव्य दृष्टिकोणले ब्रिक्स सहयोग संयन्त्रको विकास मात्र होइन ब्रिक्स देशहरू र ग्लोबल साउथको संयुक्त प्रगतिलाई पनि देखाउँछ ।
ब्रिक्स परिवार ठुलो र बलियो हुँदै जाँदा ब्रिक्स सहयोगको बारेमा अन्तर्राष्ट्रिय जनमतमा केही शङ्का र चिन्ताहरू उत्पन्न भएका छन् । यी आवाजहरू मुख्यतया ब्रिक्स सहयोग संयन्त्रविरुद्धको पूर्वाग्रहबाट उत्पन्न भएका हुन् ।
खुलापन, समावेशीता र विजयी सहयोगको भावनामा, ब्रिक्स सहयोग संयन्त्रले कुनै पनि तेस्रो पक्षलाई लक्षित गर्दैन । यसले शान्तिपूर्ण विकास र साझा सुरक्षाको लागि प्रयास गर्छ र साझा विकास र साझा समृद्धिलाई प्रवद्र्धन गर्ने लक्ष्य राख्दछ । ब्रिक्स देशहरूले प्रतिनिधित्व गरेको ग्लोबल साउथको उदयले अन्तर्राष्ट्रिय सम्बन्धमा विश्वव्यापी बहुध्रुवता र बृहत्तर प्रजातन्त्रलाई प्रवद्र्धन गर्न मद्दत गर्नेछ, जसले गर्दा थप न्यायपूर्ण र समतापूर्ण अन्तर्राष्ट्रिय व्यवस्थाको लागि काम गर्नेछ ।
एक विद्वान्ले अवलोकन गरेअनुसार, ब्रिक्स देश र ग्लोबल साउथ देशहरू गैर–पश्चिमी छन्, तर पश्चिमविरोधी होइनन् । सबै देशहरूले ब्रिक्स सहयोग संयन्त्रलाई खुला, सकारात्मक र दीर्घकालीन दृष्टिकोणबाट हेर्नु, विश्वव्यापी चुनौतीहरूलाई संयुक्तरूपमा सम्बोधन गर्न, शान्ति र विकासको संरचना विस्तार गर्न र सम्पूर्ण मानवताको साझा हितलाई अभिवृद्धि गर्न ब्रिक्स राष्ट्रहरूसँगको सहकार्यलाई बलियो बनाउन आवश्यक छ ।
ब्रिक्स सहयोगमा चीनको योगदान
ब्रिक्स सहयोगको वकालत गर्ने एक देशको रूपमा चीन ब्रिक्स सहयोगमा अझ गहिरो र ठोस प्रगति गर्न र ग्लोबल साउथको ऐक्यबद्धता र बलियोपनलाई प्रवद्र्धन गर्न सधैँ प्रतिबद्ध रहेको छ । चीनले शान्ति, नवप्रवर्तन, हरित विकास, न्याय र जनताबिचको नजिकको आदानप्रदानका लागि प्रतिबद्ध ब्रिक्स निर्माण गर्ने घोषणा गरेको छ र ब्रिक्स राष्ट्रहरूलाई साझा सुरक्षाको रक्षक, उच्च गुणस्तरीय विकासका अग्रगामी, दिगो विकासका प्रवद्र्धकको रूपमा काम गर्न आह्वान गरेको छ । विश्वव्यापी शासन सुधारमा अग्रदूतहरू र सबै सभ्यताहरूबिच सामञ्जस्यपूर्ण सहअस्तित्वका लागि वकालत गर्दछ ।
यी प्रयासहरूले ब्रिक्सलाई विश्वव्यापी दक्षिण राष्ट्रहरूबिच एकता र सहयोगलाई सुदृढ पार्न र विश्वव्यापी शासन सुधारलाई अगाडि बढाउनको लागि एक प्रमुख माध्यमको रूपमा निर्माण गर्ने मार्ग तय गरेको छ ।
बृहत् ब्रिक्स सहयोगको उच्च गुणस्तरीय विकासले विश्व शान्ति र विकासको लागि बललाई निरन्तर विस्तार गर्नेछ । त्यतिमात्र होइन चीन खुलापन, समावेशीता र जीत–जीत सहयोगको भावनालाई अँगाल्न र बृहत्तर ब्रिक्स सहयोगको उच्च गुणस्तरको विकासलाई अगाडि बढाउन सबै ब्रिक्स देशहरूसँग मिलेर काम गर्न तयार छ । समान र व्यवस्थित बहुध्रुवीय विश्व र विश्वव्यापीरूपमा लाभदायक र समावेशी आर्थिक भूमण्डलीकरणको संयुक्त वकालत गरेर ब्रिक्स देशहरूले मानवजातिको साझा भविष्य भएको समुदाय निर्माण गर्न ठुलो योगदान गर्नेछन् ।
– पिपुल्स डेली अनलाइनबाट
अनुवाद : प्रकाश
Leave a Reply