आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
दैलेख, ४ माघ । नेपाल मजदुर किसान पार्टीको ५१ औँ स्थापना दिवसको अवसरमा नेमकिपा दैलेख जिल्ला समितिको आयोजनामा शनिबार कार्यकर्ता प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
चामुण्डा नगरपालिका चामुण्डामा आयोजित कार्यक्रममा नेमकिपाका अग्रज कार्यकर्ताहरुले आफ्नो अनुभव तथा विश्लेषण राख्नुभएको थियो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेशका संयोजक सरोजराज गोसाईले नेमकिपाले कर्णाली प्रदेशमा सबभन्दा पहिला क्रान्तिकारी झन्डा उठाएको उल्लेख गर्दै विभिन्नखालका प्रतिक्रियावादविरुद्ध सङ्घर्ष गर्दै नेमकिपा खारिँदै आएको विचार राख्नुभयो ।
पार्टीको क्रान्तिकारी इतिहास नयाँ पुस्तालाई हस्तान्तरण गर्न पुराना पुस्ताले इतिहास लेखनमा सहयोग गर्नुपर्ने भन्दै नेमकिपाले पञ्चायती निरङ्कुश व्यवस्थाविरुद्ध सबभन्दा बलियो आन्दोलन उठाएको धारणा राख्नुभयो । महाकाली सन्धिविरोधी आन्दोलन, लाउडा र चेज एयर काण्डलगायत भ्रष्टाचारविरोधी आन्दोलनको नेतृत्व गरेको भन्दै केन्द्रीय सदस्य गोसाईले वैदेशिक हस्तक्षेपको विरोधमा नेमकिपाले देशव्यापी आन्दोलन सञ्चालन गरेको विचार राख्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य जग्यबहादुर शाहीले नेमकिपाले माओवादी अराकतावादी गतिविधि सञ्चालन गर्दा नेमकिपाले सैद्धान्तिकरूपमा आलोचना तथा विरोध गरेर राजनीतिक सङ्घर्ष गरेको तर्क राख्नुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नर्मा गुरुले शासक दलहरुले विकास निर्माणका गतिविधिमा भेदभाव राखेको भन्दै नेमकिपाविरुद्धका षड्यन्त्र कहिल्यै पूरा नहुने विचार राख्नुभयो । उहाँले महिला सङ्गठनको विकास नभई महिला आन्दोलनको विकास नहुने भएकोले प्रत्येक कार्यकर्ताले आफ्नो परिवारलाई राजनीतिक गतिविधिमा सक्रिय हुन उत्साहित गर्नुपर्ने विचार राख्नुभयो ।
नेमकिपाका पूर्व केन्द्रीय सदस्य उदयजंग शाहीले सङ्गठनका आदेशको पालना गर्ने र पार्टी साहित्यको अध्ययन गरेर आफूलाई सदा तत्पर राख्नुपर्ने धारणा राख्नुभयो ।
नेमकिपा दैलेख जिल्ला समितिका अध्यक्ष जगत ओलीले प्रतिगमनविरोधी आन्दोलनको क्रममा गाउँगाउँका जनतालाई राजनीतिकरूपमा सचेत बनाउन नेमकिपाले गरेका गतिविधि स्पष्ट पार्नुभयो ।
कार्यक्रममा आयोजक समितिका उपाध्यक्ष लक्ष्मी विक, बमबहादुर सिंह, निरकबहादुर शाही, केशेन्द्र कार्की, सौरे कामी, डिल्लीप्रसाद शर्मा, भक्तबहादुर शाही, बासुदेव कँडेल, बलबहादुर मलाइ, गोरख केसी, हिरालाल तारामीलगायतले आफ्नो अनुभव तथा विचार राख्नुभएको थियो ।
Leave a Reply