तातिरहेको पृथ्वी र रुख बिरुवा
- भाद्र ११, २०८३
पौराणिक कथाअनुसार सङ्गीतको उत्पत्तिः
सृष्टिको प्रारम्भिक कालमा श्री ब्रम्हा विभिन्न जीवहरूको रचना गर्दै थिए । उनी आफ्नो सृष्टिसँग सन्तुष्ट हुन सकेनन् । उनलाई सृष्टिमा भएको कमीका कारण चारैतिर मौनता छाएको महसुस हुन्थ्यो । विष्णुसँग अनुमति लिएर ब्रह्माले आफ्नो कमण्डलुबाट पानी झिकेर पृथ्वीमा छरे । जलकण छरिनेबित्तिकै पृथ्वीमा कम्पन हुनथाल्यो । यसपछि वृक्षहरूका बिचबाट एक अद्भूत शक्तिको उत्पत्ति भयो । यो प्राकट्य एक चतुर्भुजी सुन्दर स्त्रीको थियो जसको एक हातमा वीणा तथा अर्को हातमा वर मुद्रा थियो, बाँकी दुई हातमा पुस्तक र माला थिए ब्रह्माले देवीसँग वीणा बजाउने अनुरोध गरे । जब देवीले वीणाको मधुरनाद गरिन्, संसारका समस्त जीव–जन्तुहरूलाई वाणी प्राप्त भयो । जलधारामा कोलाहल व्याप्त भयो । हावा चल्दा सरसर आवाज आउन थाल्यो अथवा शब्दको प्रादुर्भाव भयो । तब ब्रह्माले ती देवीलाई वाणीकी देवी सरस्वती भने । सङ्गीतको उत्पत्ति गरेको कारण यिनी सङ्गीतकी देवी पनि हुन् भनिन्छ ।
आयुर्वेदको अनुसार दोष एवं धातुको सन्तुलन बिग्रिने स्थितिमा नै शरीरमा रोग उत्पन्न हुन्छ । कुनै पनि चिकित्सा पद्घतिले यसैलाई सन्तुलित गर्छ । सङ्गीत चिकित्सा यसमा बढी उपयोगी हुन्छ । सङ्गीत हाम्रो प्राचीन उपचार विधिको मौलिक अङ्ग हो ।
सङ्गीतको धुन बाल, जवान र वृद्ध सबैलाई मन पर्छ । बाल अवस्थामा बाल सङ्गीत, जवानलाई मायाप्रीतिका र बुढाबुढीलाई भक्ति–भजन मन पर्ने गर्छ । हाम्रो स्वास्थ्यमा सङ्गीतले गहिरो सम्बन्ध स्थापित गरेको हुन्छ । आफ्नो इच्छाअनुसारको सङ्गीत सुनेर जीवनमा पर्ने प्रतिकूल असरलाई पनि कम गर्न सकिन्छ । सङ्गीत चिकित्सा शारीरिकभन्दा पनि मानसिक बिरामीका लागि बढी लाभदायक हुन्छ । सङ्गीतमा मनको हरेक भागलाई स्पन्दित गर्ने अथाह शक्ति भएकोले मानसिक रोगीहरू उत्साही वा आनन्दित हुन्छ ।
सङ्गीत मानव हृदयको राग–विरागमयी भावनाको रूप हो, मानवको एक स्वाभाविक प्रवृत्ति हो तथा यसको उत्पत्ति त्यो समयदेखि मानिआएका छन् । जुन समयदेखि मानवले आफ्ना भाव अभिव्यक्त गर्न सुरु गरे । ‘नाद’ र ‘गीत’ सङ्गीतको दुई मुख्य तत्व प्रकृतिबाटै प्राप्त भएको हो । नाद र गीतको परिमार्जित रूप ‘स्वर’ र ‘लय’ को रूपमा प्रस्फुटित भए । स्वर र लयको व्यवस्थित रूप धारण गर्दा जुन कलाको प्रादुर्भाव हुन्छ, त्यही ‘सङ्गीत’ हो । यसमा गायन–वादन–नृत्यलाई समावेश गरिएको छ ।
गीतले त्यतिबेला पूर्णता प्राप्त गर्छ, जतिबेला त्यसले सङ्गीतको सहारा पाउँछ । सङ्गीतको मिलन नभएसम्म गीत केवल कविता र श्लोकमा सीमित रहन्छ ।
सङ्गीतको चिकित्सीय गुण
सङ्गीतको मूलभूत उपकरण नाद अथवा सङ्गीतोपयोगी ध्वनि नै हो । सङ्गीतको प्रभाव मनुष्यको केन्द्रीय स्नायु प्रणालीमा पर्छ । सङ्गीतको ध्वनिले शरीरमा एक विशेष कम्पन हुन्छ जसले जैवकोल्ड बनाउँछ । वैज्ञानिकहरूको भनाइअनुसार सङ्गीतमा विद्यमान सूक्ष्म ध्वनि तरङ्गले मनुष्यको मनोदशामा गहिरो प्रभाव पार्छ । यी ध्वनि तरङ्गले शरीरको अन्तः स्रावी ग्रन्थि सक्रिय हुन्छ र त्यसबाट निस्किने हार्मोनले मानसिक स्थितिमा परिवर्तन गर्दछ । यसले तान्त्रिकामा लाभदायक प्रभाव पारेको हुन्छ, जुन विज्ञानसँंग सम्बन्धित छ ।
सङ्गीत चिकित्साको प्रयोगबाट टाउकोको दुखाइ, रूघाखोकी, मानसिक तनाव, मनोरोग आदिको उपचार हुन्छ । यस चिकित्साका माध्यमबाट पिट्युटरी ग्रन्थिलाई उत्प्रेरित गर्न सकिने भएकोले शरीरका कोषिकामा हुने कम्पनले बिरामीको समस्यामा सुधार ल्याउँछ । सङ्गीत चिकित्सामा शारीरिक तथा मानसिक दुवै पक्षमा सकारात्मक प्रभाव पार्ने शक्ति भएका कारण रोगीको रूचिअनुसारको सङ्गीत सुनाएर शारीरिक तथा मानसिक समस्या समाधान गर्न सकिन्छ ।
घरायसी होस् या अन्यत्र, सङ्गीतमय वातावरणले हाम्रो दिनचर्यामा महत्व राख्छन् । घरायसी वातावरणदेखि कार्यालय, होटेल, यात्रा जहाँसुकै होस्, मनलाई आनन्दित, शान्त र खुसी तुल्याउन सङ्गीत हाम्रो अगाडि आउँछ । सङ्गीतको धुनले एकत्रित गरी मनलाई शान्त बनाउँँछ, र हाम्रो मानसिक मात्र नभएर शारीरिक स्वास्थ्यमा समेत लाभ पु¥याउँ छ । शास्त्रीय सङ्गीतका प्रधान वैशिष्ट्य ’राग’ हो । स्वरको एक विशेष अवस्थालाई राग भनिन्छ । स्वर एवं लय विश्वको कुनै पनि सङ्गीतमा मिल्छ, तर रागको अवधारणा शास्त्रीय सङ्गीतको निजी विशेषता हो । रागको विशिब्ट तत्वमा स्वर, लय÷तालको विशेष महत्व हुन्छ । रोग उपचारमा यी विशिष्ट तत्वको भूमिका निर्विवाद छ ।
आर्युवेदअनुसार शरीरको तीन स्तम्भ वात्, पित्त र कफ मानेका छन् । यीमध्ये यदि कुनै एक तत्वमा विकृति आएमा मनुष्य रोगी हुन्छ । स्वस्थ रहनको लागि उचित आहारको आवश्यकता हुन्छ र त्यस्तै विहारको लागि ऋतु र समयअनुसार विभिन्न प्रकारको राग–रागिनि सुन्नु फलदायी हुन्छ । आयुर्वेदको प्रमुख ग्रन्थ चरक संहिता, सुश्रुत संहितामा सन्निपात, ज्वर, दम, मधुमेह, हृदय रोग, टी.बी. आदि रोगमा मन्त्रबाट उपचारबारे उल्लेख गरेको पाइन्छ । सामवेदमा ऋचाको गायनद्वारा रोग मुक्ति महात्म्य बताएका छन् । सङ्गीताचार्य तुम्बरूले ’सङ्गीत स्वरामृत’मा ध्वनिले शरीरमा भएकोे त्रिदोषों (वात् पित्त र कफ) सँगको सम्बन्धबारे बताएका छन् । जस्तैः— उच्च स्तरको रूक्ष लाग्ने ध्वनि वातको हो, गम्भीर गहिरो धनशीलस्य ध्वनि पित्तको हो तथा स्निग्ध भाव सुकुमार र मधुर ध्वनि कफको हो । यी तीनैको सन्तुलनको लागि विभिन्न रागको संयोजन गरी मानव प्रवृत्तिको सही निदान र उपचार गर्न सकिन्छ ।
गन्धर्व वेदअनुसार सङ्गीतमा सात स्वर हुन्छन् । यिनै सात स्वरको सम्मिश्रणबाट सबै प्रकारका रागको निर्माण हुन्छ । यसबाट शरीर र मन स्वस्थ रहन्छ । यी सात स्वरमा सा, रे, ग, म, प, ध, नि पर्दछ । हारमोनियम, गितार, सारङ्गी, बाँसुरीजस्ता प्रायः वाद्यवादनमा यिनै स्वरका आधारमा सङ्गीत सिर्जना गरिन्छ ।
राग सङ्गीतको मुख्य उपादान स्वर हो । स्वरमा पांँच स्वर विकृत पनि हुन्छन् । अतःशुद्ध र विकृत मिलाएर कुल १२ स्वर हुन्छन् । स्वरको कोमल–शुद्ध अवस्थाको आधारमा नै असङ्ख्य रागको निवारण हुन्छ । प्रत्येक रागमा लाग्ने स्वर नै राग हुन्छ । शास्त्रमा स्वरको रंग, देवता, वर्ण, कुल, ऋषि इत्यादि वर्णन गरेका छन् । साथै स्वरको रस र स्वभावको पनि वर्णन छन् । जुन प्रभाव शरीरमा पर्छन् । रोगको प्रकृतिअनुसार नै स्वरको प्रयोगको वर्णन छन् अर्थात् कुन स्वर कुन प्रकृतिको रोगमा प्रयोग हुन्छ ।
सङ्गीतको सात स्वरको देवता उत्पत्ति स्थान तथा स्वास्थ्यमा पर्ने प्रभाव यस प्रकार छन्–
१) क्षड्ज (सा):
यो स्वरको उत्पत्ति स्थान नाभि प्रदेश हो, मयुरको आवाज, देवता अग्नि हो तथा यो स्वरले पित्त रोग शमन गर्छ ।
२) ––ऋषभ (रे)
यो स्वरको उत्पत्ति स्थान ह्दय प्रदेश हो । पपीहा (कोहिली) (चातक) को आवाज, यसको देवता ब्रह्मा हो तथा यो स्वरले कफ एवं पित्त प्रधान रोगको शमन गर्छन् ।
३) गान्धार (ग)
यो स्वरको उत्पत्ति स्थान फोक्सो हो, बोकाको आवाज, देवता सरस्वती हो तथा यो स्वरले पित्त रोगको शमन गर्छ ।
४) मध्यम (म)
यो स्वरको उत्पत्ति स्थान कण्ठ हो । सारसको आवाज यो स्वरको देवता महादेव हो । यो स्वरले वात र कफ रोगको शमन गर्छन् ।
५) पञ्चम (प)
यो स्वरको उत्पत्ति स्थान मुख हो, कोइलीको आवाज, देवता लक्ष्मी हो तथा यसले कफ प्रधान रोगको शमन गर्छ ।
६) धैवत (ध)
यो स्वरको उत्पत्ति स्थान तालु एवं मुख हो, मेढकको आवाज । देवता गणेश हो, यसले पित्त प्रधान रोगको शमन गर्छ ।
७) निषाद (नि)
यो स्वरको उत्पत्ति स्थान नासिका हो । हस्तिको आवाज । देवता सूर्य हो, यो स्वरलेवात्त प्रधान रोगको शमन गर्छ ।
सङ्गीतमा स्थित सात स्वरमा मध्यम, धैवत, निषाद राग वात बिकारको लागि फाइदा हुन्छ । यसमा मध्यम एवं धैवतवादीत्व रागले बातलाई साथै कफप्रधान रोगमा पनि उपचारात्मक प्रभाव पार्दछ । जस्तैः राग बहार, बागेश्री, भैरवी र वसन्त इत्यादि । राङ्गको चयन गर्दा रागको प्रकृति एवं रसको पनि ध्यान दिन आवश्यक छ । बात बिकारमा रागको करूण रस अथवा श्रृङ्गार रस प्रधान हुन आवश्यक छ । साथै समप्रकृति तालको पनि प्रयोग हुनुपर्छ, जस्तैः झपताल, रूपक ।
ऋषभ, गान्धार वादीत्व राग पित्तको कारणबाट हुने बिकारलाई नाश गरिन्छ । ऋषभ वादी स्वर पित्तको साथै कफ विकारमा पनि प्रभावी हुन्छ । जस्तैः – राग खमाज, दरबारी कान्हर, बिहाग तथा पूर्वी थाट उत्पन्न गान्धारवादी राग– पूर्वी, पुरिया, पुरिया कल्याण तथा यमन थाटबाट उत्पन्न गान्धार वादी राग–यमन, भुपाली, इत्यादि पित्त रोगको चिकित्सामा प्रभावकारी हुन्छ । यसको साथै श्रृङ्गार रस प्रधान ताल जस्तै –तीन ताल, कहरवा, दादराको आवश्यक हुन्छ । कफ बिकारको चिकित्साको लागि वीर रस प्रधान स्वर पञ्चम, ऋषभ, मध्यम र धैवत वादी राग प्रभावी हुन्छन् । राग मालकौंस, काफी, केदार, तिलक कामोद तथा भैरवी थाटको राग भैरव इत्यादि कफ बिकारबाट उत्पन्न रोगलाई नाश गर्छन् । साथै वीर रस प्रधान तालको संयोजन प्रभावकारी हुन्छ । जस्तै – चौताल, एकताल, रूद्रताल इत्यादि । स्रोत्रः —(डा. सिन्हा ज्योति सङ्गीत चिकित्साक में सहायक राग के विशिष्ट तत्वों की भूमिका )
समाप्त
Leave a Reply