जापानको ‘अर्ध–गठबन्धन’ को खोजले क्षेत्रीय स्थिरतालाई जोखिममा पारेको छ
- भाद्र ९, २०८३
नेपाल मजदुर किसान पार्टीलाई समूल नष्ट गर्न २०४५ सालमा पञ्चायती राज्य नै लागेर रचेको षड्यन्त्र भक्तपुर काण्डको विरोध एवं भत्र्सना आज पनि उत्तिकै आवश्यक छ ।
नेपाल मजदुर किसान पार्टीलाई सिध्याउन भक्तपुर काण्ड नामको षड्यन्त्र रचेर पञ्चायती सरकारले भक्तपुरलगायत देशभरका न्यायप्रेमी देशभक्त जनतालाई दमन गरेको थियो । पञ्चायती राज्य लागेर गरेको त्यो दमन, त्यो अत्याचारबाट नयाँ पुस्तालाई बताएर सुसूचित गर्नु आवश्यक छ । घटनाबारे सही सूचना जानकारी सञ्चारमाध्यममार्फत साहित्य लेखेर, अनुभव लेखेर छोटो भिडियो बनाएर प्रसारण गरी नयाँ पुस्तालाई सचेत गर्नुपर्छ । यस्ता षड्यन्त्रहरू फेरिफेरि कुनै नाम या बहानामा हुन सक्छ । नेमकिपाले कम्युनिस्ट सिद्धान्तअनुसार आचरण, व्यवहारमा उत्रेर जनतालाई सचेत र सङ्गठित गरेको हुँदा विदेशी शक्ति, पुँजीवादी, साम्राज्यवादी, विस्तारवादीहरूका लागि असह्य भइरहेको छ, आँखाको कसिङ्गर भइरहेको छ । उनीहरूले लोभ र डर देखाएर जनताको आँखामा छारो हाल्ने दुष्प्रयास गरिरहेका छन् । यसप्रति सबै सचेत हुनु आवश्यक छ । कुनै लोभ र डरमा नफसी, नझुकिकन सबै एकढिक्का भएर प्रतिकारमा उत्रनु आवश्यक छ ।
देशघाती, प्रतिक्रियावादीहरूले पार्टी अध्यक्ष बिजुक्छेँको विरोधमा यतिसम्मको गलत, झूट प्रचार गरेका थिए कि पूर्वप्रधानमन्त्री टङ्कप्रसाद आचार्यसमेत त्यसको शिकार भए । बिजुक्छेँ र केही साथीलाई उनले चिनेनन् । पार्टी अध्यक्ष बिजुक्छेँले विस्तारै देश र विश्वको परिस्थिति, राजनीतिक इतिहासबारे सभ्य र शालीन तरिकाले कुरा उठाउन थालेपछि मात्र उनले चिने । साम्राज्यवादी, उपनिवेशवादी, विस्तारवादी, पुँजीवादीहरूले यस्तै गलत सूचना प्रवाह गरेर विश्वका साम्राज्यवाद, उपनिवेशवाद, विस्तारवाद, पुँजीवादविरोधी देशभक्त नेताहरूलाई षड्यन्त्र गरेर अनेक दुःख दिएका थिए ।
२०४५ सालको षड्यन्त्र भक्तपुर काण्डको बहानामा राज्यले टोल टोलमा गरेको दमन, अत्याचार, दुःख, पीडा र सङ्घर्ष, सुस्तालगायत देशभरको सीमा अतिक्रमण, भर्पाई आन्दोलन, महाकाली सन्धि, एमसीसीलगायतका देशघाती कदमबारे नयाँ पुस्तालाई बताउनुपर्छ । भोलि समाज र देश हाँक्ने योद्धा भनेकै नयाँ पुस्ता हो । शासक दलहरू भदौ २३ र २४ गतेको उपद्रोले गल हत्याउँदा पनि चेत खाएका छैनन् ।
फेरि प्रदेशसभामा शासकहरू पदको भागबन्डामा झगडा गर्दै छन् । नयाँ भनिएको दलमा पनि त्यही खरानी घस्ने जोगी भएर निस्केको कुरा जनताले अनुभव गर्दै छन् । जनता सचेत नभएसम्म देशमा यस्तै दलले शासन गरेर दुःख दिनेछन् । जनता सचेत र शिक्षित भएर लोभ र डरको अगाडि नझुक्न नजानेसम्म यस्तै दुःख जनताले पाइरहनेछन् ।
भक्तपुरको सांस्कृतिक गाईजात्रा सञ्चारमाध्यमबाट विश्वको जनताले हेर्ने हुँदा गाईजात्रालाई बाजाको ताल र सुरअनुसार नै कला, हाउभाउमा नाचेर देखाउनुपर्छ । गलत आवाज, हाउभाउ पोशाकमा नभइकन हाम्रो आफ्नै संस्कृति झल्किने गरी सांस्कृतिक पोसाक, गरगहना, नृत्यकलामा नाच्नुपर्दछ । क्रान्तिकारी महिला दिदीबहिनीहरूको सङ्घर्षशील एकता र बलले नै पञ्चायतको अन्त्य भयो । यस्तो एकतालाई बिनास्वार्थ सधैँ कायम गर्नु आवश्यक छ । सङ्घर्षशील भावना भयो भने मात्र हामीलाई प्रतिक्रियावादी देशी विदेशी शक्तिले अन्याय, अत्याचार गर्न, दुःख दिन सक्ने छैनन् ।
भक्तपुर काण्डको समयमा देशका विभिन्न ठाउँमा गएर भूमिगत, कष्टकर जीवन र सङ्घर्ष गर्नुप¥यो । सङ्कटको बेलाको मित्र असल मित्र हुन्छ । रगतको नाताभन्दा वर्गीय नाता न्यानो र असल नाता मित्र हुन्छ । भूमिगत बसाइँको क्रममा समेत वैचारिक सङ्घर्ष गर्नु पर्दछ ।
नेमकिपाले ‘पञ्चायतलाई उपयोग गरी त्यसको जरा काट्ने काम गरेको थियो । पञ्चायत पत्रिका निकालेर पञ्चायतको विरोध गरेको र माओ र स्तालिनजस्ता नेताहरूको जीवनी छापिएको थियो । घटनाक्रमले माओवादी भन्नेहरू विचार र सिद्धान्त त्यागेर पुँजीवादी पोखरीमा पौडी खेल्दा चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी भन्नेजस्ता भएको जनताले देखिरहेका छन् । ‘जो आगोसँग खेल्छ आगोमै मर्छ, जो पानीसँग खेल्छ पानीमै डुबेर मर्छ’ भनेजस्तै नेमकिपालाई सिध्याउन जसले षड्यन्त्र रच्यो, फुटाउने फोहरी खेल खेल्यो आज त्यसैको शिकार भएको घटना क्रमले प्रस्ट भइसकेको छ ।
नेमकिपाका कार्यकर्ताहरू विभिन्न ठाउँमा भूमिगत बसेको, जिल्लाबाहिर गएको, भूमिगत अवस्थामै कोही शिक्षक भएर काम गरेको कोही अन्य पेसामा लागेका थिए । कोही कार्यकर्ताहरू कानुनी व्यवसायी, मानव अधिकारवादी, पत्रकारहरूसँग भेटघाट गर्ने, सूचना, समाचार सम्प्रेषण गर्ने काममा लागेका थिए ।
अन्यायको विरोधमा क्रान्तिकारी महिला दिदीबहिनीहरूले मुठी कसेर राँको बालेर सङ्घर्ष गरे । त्यसैको परिणाम पञ्चायतको अन्त्य भयो ।
छोराछोरीहरूलाई समयसमयमा यस्तो षड्यन्त्र र अत्याचारबारे सुनाएर सचेत पार्नुको साथै त्यसको विरोधमा लड्न सङ्गठित हुन बताइरहनुपर्ने कुरा आजको आवश्यकता हो ।
Leave a Reply