प्रजग कोरियाको भव्य परेडमा ‘सबैभन्दा शक्तिशाली’ क्षेप्यास्त्र प्रदर्शन
- आश्विन २५, २०८२
गाजा सिटी, १२ माघ (एएफपी) । प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास) ले शनिबारको कैदी आदानप्रदान कार्यक्रमअन्तर्गत चार जना इजरायली महिला बन्धकलाई रिहा गरेको छ ।
बन्धकहरूलाई सुपुर्दगी गरिएको गाजाको एक चोकमा रेडक्रसका चारवटा गाडीमा इजरायलतर्फबाट करिब २०० प्यालेष्टिनीलाई ल्याई उनीहरू र चार इजरायली बन्धक महिलाको आदानप्रदान गरिएको एएफपीका एक संवाददाताले बताएका छन् ।
इजरायली बन्धक र बेपत्ता परिवार फोरमका अनुसार रिहा हुनेमा करिना एरिभ, डानिएला गिल्बोआ, नामा लेवी र लिरी अल्बाग रहेका छन् ।
कैदमा रहँदा अल्बाग १९ वर्षका भए भने अन्य सबै २० वर्षभन्दा माथिका इजरायली हुन् ।
गाजामा हमाससँग भएको युद्धविराम सम्झौताअन्तर्गत इजरायली जेलमा आजीवन कारावासको सजाय काटिरहेका १२० सहित २०० प्यालेस्टिनी कैदीको बदलामा चार जना इजरायली बन्धक सैनिकलाई मुक्त गरिएको प्यालेस्टिनी स्रोतले जनाएको छ ।
यस विषयमा विषयमा सार्वजनिक रूपमा बोल्ने अधिकार आफुलाई नभएको बताउँदै नाम नबताउने शर्तमा स्रोतले भन्यो, यी कैदीहरूमध्ये १२० जना आजीवन कारावासको सजाय काटिरहेका छन् ।
इजरायलले घर फर्कन लागेका बन्धकहरूको नामहरूको सूची प्राप्त गरेको पुष्टि गरेको छ ।
योजनाअनुसार सबै कुरा भएमा इजरायली नजरबन्दबाट कति प्यालेस्टिनीहरूलाई रिहा गरिनेछ भनेर कुनै पनि पक्षले निर्दिष्ट गरेको छैन ।
कैदमा रहँदा अल्बाग १९ वर्षका भए भने अन्य सबै २० वर्षभन्दा माथिका इजरायली हुन् ।
यो आदानप्रदान इजरायल र हमासबिच गत आइतबारदेखि लागू भएको युद्धविराम सम्झौताको एक भाग हो, जसको उद्देश्य द्वन्द्वको स्थायी अन्त्यको मार्ग प्रशस्त गर्नु हो ।
मध्यस्थकर्ता कतार र संयुक्त राज्य अमेरिकाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सपथ लिनुभन्दा केही दिन अघि सम्झौताको घोषणा गरेका थिए ।
हमासको सशस्त्र शाखा इजेदिन अल–कासम ब्रिगेडका प्रवक्ता अबु ओबेदाले शुक्रबार टेलिग्राममा जारी विज्ञप्तिमा भन्नुभएको छ, “कैदी आदानप्रदान सम्झौताअन्तर्गत कासम ब्रिगेडले भोलि चार जना महिला सैनिकलाई रिहा गर्ने निर्णय गरेको छ ।”
इजरायलको जेल सेवाका अनुसार रिहा भएका प्यालेष्टिनीमध्ये केही प्यालेस्टिनी गाजा जानेछन् भने बाँकी वेस्ट बैङ्कमा फर्किनेछन् ।
इजरायलको इतिहासमै हमासले गरेको सबैभन्दा घातक आक्रमणपछि गाजामा बन्धक बनाइएका परिवारका सदस्यले १५ महिनाको पीडापछि आफ्ना प्रियजनको पुनरागमनको पर्खाइमा छन् ।
बन्धक बनाइरोद कोहेनकी आमा विक्की कोहेनले छोरीलाई बन्धक बनाएपछिको पीडा व्यक्त गर्दै भन्नुभयो, “यो सम्झौता अन्तसम्म कार्यान्वयन नहुने चिन्ता र डरले हामी सबैलाई पिरोलिरहेको छ ।”
गाजामा एक वर्षभन्दा लामो युद्धका कारण विस्थापित भएका परिवारहरू घर फर्कन चाहन्थे, तर धेरैले आफ्ना घरहरू भएको स्थान भग्नावशेष मात्र भटिएको बताएका छन् ।
विस्थापित महिला थेक्रा कासेमले एएफपीसँग भन्नुभयो, “हामीले फर्किने बारे सोच्यौँ भने पनि विनाशका कारण हामीले पाल टाँग्ने ठाउँ छैन ।”
तीन चरण
युद्धविराम सम्झौता तीन चरणमा लागू गर्ने सहमति भएको छ । गत आइतबारदेखि सुरु भएको पहिलो ४२ दिनको अवधिमा इजरायली जेलमा रहेका करिब एक हजार ९०० प्यालेस्टिनी कैदीको बदलामा ३३ जना बन्धकलाई फिर्ता गर्ने सम्झौतामा उल्लेख छ ।
बन्धक बनाइएका तीन इजरायली एमिली डामारी, रोमी गोनेन र डोरोन स्टेनब्रेचर घर फर्किसकेका छन् । बदलामा अधिकांश महिला र नाबालिकसहित ९० जना प्यालेस्टिनीलाई रिहा गरिएको थियो ।
अर्को चरणमा युद्धको थप स्थायी अन्त्यका लागि वार्ता हुनुपर्दछ, जबकि अन्तिम चरणमा गाजाको पुनर्निर्माण र मृत बन्धकहरूको शव वा उनीहरूको अवशेष फिर्ती हुनेछ ।
सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणका क्रममा हमासका लडाकुहरूले २५१ जनालाई बन्धक बनाएका थिए, जसमध्ये ९१ जना गाजामा जीबित अवस्थामा रहेका विश्वास गरिएको छ ।
इजरायलको तथ्याङ्कअनुसार उक्त आक्रमणमा परी एक हजार २१० जनाको मृत्यु भएको थियो ।
इजरायलको जवाफी कारबाहीमा गाजामा कम्तीमा ४७ हजार २८३ जनाको मृत्यु भएको हमासको नियन्त्रण रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कतारस्थित हमासको राजनीतिक ब्यूरोका सदस्य बासेम नईमले शुक्रबार एएफपीसँग कुरा गर्दै युद्धका कारण दक्षिणी गाजामा विस्थापित भएका प्यालेस्टिनीहरू शनिबारको रिहाईपछि उत्तरतर्फ फर्कन सक्ने बताउनुभएको छ ।
युद्धविराम सुरु भएयता सयौँ ट्रक सहायता गाजामा प्रवेश गरिसकेको छ, तर विनाशकारी क्षेत्रभित्र यसको वितरण अझै ठूलो चुनौती बनेको छ ।
इजरायलले युद्धविरामको पूर्वसन्ध्यासम्म एउटा ठूलो अभियान चलाएको विशेष गरी उत्तरी क्षेत्रमा इजरायली सेनाको आक्रमणका कारण जनजीवन अस्तव्यस्त भएको छ ।
पहिलेका विद्यालयहरूमा बनाइएका अस्थायी आश्रयस्थलहरू, बमबारी गरिएका घरहरू र चिहानहरूमा हजारौँ मानिसहरूले जाडोको वर्षा र हावाहुरीबाट बच्नका लागि प्लास्टिकको पालकोसमेत अभाव रहेको सहायताकर्मीहरूले बताएका छन् ।
Leave a Reply