सार्वभौम र स्वतन्त्र प्यालेस्टिनी राज्यको नेतृत्व गर्नुपर्छ
- आश्विन २३, २०८२
न्युयोर्क, २३ असोज (क्यूएनए) । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले इजरायलले शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरेको र प्यालेस्टिनी इस्लामिक प्रतिरोध आन्दोलनरत समूह (हमास) ले मध्यस्थकर्ताहरूको प्रयासको प्रशंसा गरेकोमा स्वागत गर्नुभएको छ ।
सामाजिक सञ्जाल एक्समा गुटेरेसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको प्रस्तावको आधारमा भएको गाजामा युद्धविराम र बन्धक मुक्तिको लागि सम्झौताको घोषणालाई स्वागत गर्नुभएको हो । यसै क्रममा उहाँले संयुक्त राज्य अमेरिका, कतार, इजिप्ट र टर्कीे लगायतका मध्यस्थकर्ताको कूटनीतिक प्रयासलाई अत्यन्त मर्यादित र आवश्यक सफलताको आधार भनी प्रशंसा गर्नुभएको छ ।
गुटेरेसले सम्बन्धित पक्षलाई प्यालेस्टिनी जनताको आत्मनिर्णयको अधिकारलाई मान्यता दिँदै, इजरायली र प्यालेस्टिनीहरूलाई शान्ति र सुरक्षा प्रदान गर्न दुई–राज्यबिच युद्ध अन्त्यको विश्वसनीय राजनीतिक मार्ग स्थापना गर्न यो महत्वपूर्ण अवसरको उपयोग गर्न आग्रह गर्नुभएको छ ।
Leave a Reply