नेपाल–भारत मैत्रीको एक उदाहरणः कोसी योजना
- कार्तिक १९, २०८३
राजनीतिक र वैचारिकरूपले सुसूचित तथा सङ्गठित जनसमुदायले मात्र आमूल परिवर्तन गर्न सक्छ भन्ने मान्यताको आधारमा आस्थाको पत्रिका प्रकाशित गरिएको हुन्छ । यही मान्यताभित्र रहेर पत्रिकाले आदर्श समाज स्थापना गर्न समाजमा भइरहेका विकृति र विसङ्गति अन्त्य गर्न कलम चलाउनुपर्छ । आय–आर्जनको निम्ति चलाइएको पत्रिकाले समाज राम्रो होस्, नहोस् मतलब राख्दैन । त्यस्तो पत्रिकाले आर्थिक अनियमितता, भ्रष्टाचार, कमिसन, कालाबजारीहरू अन्त्य गर्ने लेख छाप्दैन या कलम चलाउँदैन । समाजमा देखिएको शोषण र थिचोमिचोबारे प्रचार प्रसार गरिँदैन । कुनै शक्ति राष्ट्रले स्वाधीन र सार्वभौम देशमा आक्रमण गरे, सीमा मिचे पनि, आर्थिक नाकाबन्दी गरे पनि मतलब राख्दैन ।
पत्रिकाको काम सूचना प्रवाह गर्नु हो; जनतालाई सूसुचित पार्नु हो । जनअधिकार प्राप्तिका लागि जनतालाई आन्दोलित बनाउने, जनविरोधी कामको खबरदारी गर्ने र देश र जनताको पक्षमा अभिमत राख्ने काम पत्रिकाले गर्नुपर्छ । समाजमा देशका ठुलठुला पत्रिकाले प्रगतिशील विचार प्रवाह गर्न नसकेकै कारण गलत विचारले ठाउँ पाएको हो† भ्रष्टाचार र कमिसनले ठाउँ पाएको हो । विकासको बजेटमा व्यापक चुहावट छ । दण्डहीनता बढ्दो छ । महिला बेचबिखन रोकिएको छैन । सही चिन्तन र समर्पणको कमीले नेपाली जनता भारतीय विस्तारवादले नेपाली भूमि मिचे पनि टुलुटुलु हेर्न बाध्य छन् । तर, शासकहरूलाई मतलब छैन ।
पार्टी पैसा कमाउने र कार्यकर्ता पाल्ने केन्द्र होइन । पद र पैसाको निम्ति राजनीतिमा लागेको कारण राजनीतिक दलका नेता तथा कार्यकर्ताको छबि बिग्रिएको हो । गलत विचार बोकेको र सीमितवर्गको प्रतिनिधित्व गरेको दलले समृद्ध नेपाल र सुखी नेपाली बन्दैन । देश र जनताको चिन्ता नगर्ने, जनताको विचारबारे नलेख्ने पत्रिकाले आमूल परिवर्तनको बाटो खोज्दैन । सरकारको गैरजिम्मेवारी र बेवास्ताले गर्दा भारतीय शासक वर्गले भूमि मिचे पनि नेपाल–भारत सीमामा रहेका स्तम्भहरू फाले पनि, नेपाली जनता उठिबास गरे पनि, अन्तर्राष्ट्रिय मूल्य र मान्यताविपरीत नेपाल–भारत सीमामा बाँध तथा तटबन्ध निर्माण गरे पनि सरकार बेखबरजस्तै भइरहेको छ । नेताहरूमा रहेको दास मानसिकता र आत्मसमर्पणको भावनाले देश गए गुज्रँदै गइरहेको स्थिति छ ।
कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलनलाई धोका दिने, बदनाम गर्ने, सार्वभौम र स्वतन्त्र देशहरूमा साम्राज्य र प्रभुत्व फैलाएर मौन रहने र त्यसलाई सघाउनेविरुद्ध पत्रिकाले छ्यास्नुपर्ने हो । देशको स्वतन्त्रता, मुक्तिको निम्ति कलम चलाउने अन्तर्राष्ट्रवादी पत्रकारहरू अन्ना लुइस, जोनरीड, एड्गर स्नोजस्ता सञ्चारकर्मीहरूको स्मरण गर्नु समय सान्दर्भिक हुन्छ । सङ्घर्षका पाटा र मोडहरूलाई विश्वमा चिनाउन अनुभवले सँगालेका स्मरणहरूलाई पत्रिकामा छापेर, पुस्तक प्रकाशन गरेर देश र जनताको निम्ति गरेको उनीहरूको योगदान अनुकरणीय छ ।
पत्रकारिता सङ्गठन निर्माण गर्न मात्र होइन राज्य सञ्चालनको निम्ति पनि महत्वपूर्ण मानिन्छ । सरकारको नीति, कार्यक्रम र योजनालाई टीकाटिप्पणीसहित जनतासमक्ष लैजाने र जनताका इच्छा, आकाङ्क्षा र प्रतिक्रियाहरूबारे सरकारको ध्यानाकर्षण गर्ने, गलत नीति र कार्यको खबरदारी गर्ने एउटा भरपर्दाे माध्यम आस्थाको पत्रिका हो । देश र जनतामा समर्पित विचार प्रधान ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकले आस्थाको पत्रिका निर्वाह गरिरहेको छ । यस्तै पत्रिका यसअघि स्वदेश विदेशमा भूमिगत र अर्धभूमिगत बस्दा पनि निस्केको कुरा हामीले भुल्नु हुँदैन । यसरी कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार जनतामाझ पु¥याउने काम अग्रज नेता तथा कार्यकर्ताहरूले गरेका थिए । यसै सिलसिलामा ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिक पनि प्रकाशित भयो । यो पत्रिका निरन्तर चलिरहेको छ । यो एउटा सिद्धान्त र विचार बोकेको पत्रिका हो । यो श्रमजीवीवर्गको प्रतिनिधित्व गरिएको पत्रिका हो । यो पत्रिका समाजको निम्ति आवश्यक छ ।
Leave a Reply