भेनेजुयला भूकम्प अपडेट : सयौँको मृत्यु
- असार १२, २०८३
पर्सा, १३ माघ । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा नेपाल मजदुर किसान पार्टी पर्सा जिल्ला समितिले नेपाल मजदुर किसान पार्टीको ५१ औँ स्थापना दिवसको अवसरमा पर्साको पोखरियामा पार्टी कार्यकर्ता भेटघाट तथा प्रवचन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा उहाँले नेमकिपाले भक्तपुरमा मात्र नभई नेमकिपाबाट जितेका जिल्लाहरूमा पनि भक्तपुरमा जस्तै उदाहरणीय कार्यहरू गर्दै आएको बताउनुभयो ।
उहाँले कामदारवर्गलाई शासन सत्तामा पु¥याउने उद्देश्यले पार्टीको स्थापना भएको बताउनुभयो ।
भक्तपुर नपाले जनतालाई स्थानीय सरकारको अनुभूति हुने गरी शिक्षामा शिशुशालादेखि सात वटा कलेज सञ्चालन, स्वास्थ्यमा घरदैलो नर्सिङदेखि १०० शøयाको अस्पताल सञ्चालन, देशकै सफा र स्वच्छ नगरको रूपमा विकास, सम्पदा संरक्षण, विकास निर्माणमा जनसहभागिता र सीपमूलक तालिमहरू सञ्चालन गरी जनमुखी कार्यमा जोड दिँदै आएको प्रमुख प्रजापतिले बताउनुभयो ।
नेपालको तराई कृषि क्षेत्र विकासमा प्रचुर सम्भावना भएको ठाउँ भएर पनि यहाँका किसान आर्थिकरूपले पछाडि पर्नुमा सरकार नै दोषी भएको बताउँदै उहाँले सरकारले काठमाडौँकेन्द्रित विकासमा ध्यान दिँदा देशको सन्तुलित विकास हुन नसकेको बताउनुभयो ।
कम्युनिस्टहरू देशभक्त र अन्तर्राष्ट्रवादी हुने बताउँदै उहाँले नेमकिपाले संसद्देखि सडकसम्म देशघातीहरूको विरोध गर्दै आएको बताउनुभयो ।
नेता इमानदार भए जनता पनि इमानदार हुने बताउँदै उहाँले जनताले बिनालोभलालच इमानदार नेतालाई निर्वाचनमा मतदान गरेका भए असल राजनीतिकर्मीहरूले देशमा शासन गर्ने थिए भन्नुभयो ।
नेमकिपा पर्साका अध्यक्ष सरोजकुमार साहले नेपाल मजदुर किसान पार्टीले गरिब किसान र मजदुरलाई जिल्ला जिल्लामा राजनीतिकरूपमा सङ्गठित गर्ने काम गर्दै आएको बताउँदै निःस्वार्थ जनताको सेवा गर्नु नै पार्टीको मुख्य उद्देश्य भएको बताउनुभयो ।
Leave a Reply