भर्खरै :

बैशाखी गाउँमा स्थानीय महिला तथा युवा भेला

बैशाखी गाउँमा स्थानीय महिला तथा युवा भेला

कञ्चनपुर, १३ माघ । नेपाल मजदुर किसान पार्टी बेलौरी नगरपालिका वडा नं. १ एकाइ समितिको आयोजनामा आइतबार बैशाखी गाउँमा स्थानीय महिला तथा युवा भेला सम्पन्न भयो ।
भेलामा पार्टीका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले राजनैतिक सचेतनाबिना समाज परिवर्तन सम्भव नभएको बताउँदै समाजमा धनी र गरिब दुई वर्गमा विभाजित भएको हुँदा महिलाहरू पनि वर्गमा विभाजित हुने प्रस्ट पार्नुभयो । उहाँले सहज र सम्पन्न जीवनको परिकल्पना गरेरमात्र नभई सङ्घर्ष गरेर साकार हुने बताउनुभयो ।
पार्टीका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले नेमकिपाको इतिहासबारे जानकारी दिँदै किसान र मजदुरबिच पार्टीका अग्रजहरूले राजनैतिक कक्षा सञ्चालन गरी सङ्गठित गरेर सामाजिक, आर्थिक, सांस्कृतिक तथा शैक्षिक प्रगति गरेको बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजूले भनपाले पार्टीको नीति र निर्देशनबमोजिम जनताको सेवा गरिरहेको बताउनुभयो ।
पार्टीका कैलाली जिल्ला अध्यक्ष रमेशकुमार रावलले धनी र शोषकहरूले गरिबहरूको हितमा काम नगर्ने हुँदा आफ्नो अधिकारको लागि गरिब जनता नै एकजुट हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
आयोजक समितिका अध्यक्ष कटबहादुर शाहीले गाउँमा पार्टीको गतिविधिबारे जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *